ताजा समाचार
प्रदेश सभा सदस्यको शपथ ग्रहण व्यापार संघमा || ‘मैथिली भाषाको पाठ्यपुस्तक उपलब्ध छैन्’ || कवि उदयको कृति प्रर्दशनी हुने || समानुपातिकमा मुस्लिम, दलितलाई नराखेकोमा गठबन्धनको आपति || इङ्गलिस प्रियिमर लिगमा आज आठ खेल हुँदै || जनकपुरधामलाई राजधानी तोकिएपछि नगरमा दीपावली || जब श्रद्धाले भनिन्–‘म पनि अब ध्यान गर्छु !’ || राष्ट्र बैंकले गेष्टहाउस दिएन् || मधेशवादी दलको सरकार निश्चित : राजपा नेता यादव || बलिदानी दिवसमा नेत्रदान || राजपा अध्यक्ष मण्डलको बैठक आज || कांग्रेस बैठकमा देउवामाथि आक्रोशः ‘सभापति हुँ भन्दैमा धम्क्याउने ?’ || अध्यक्ष महन्थ ठाकुरको बुझिनसक्नुको सम्धी-सम्धिनी मोह || सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकाको संकेत, रुस र चीन जस्ता || France - Germany || अलमलमा उपत्यकाका यातायात कं || चिसोपीडित परिवारलाई कम्बल || दुवै आँखा दान गर्ने घोषणा || तीन महिला सगरमाथा चढ्ने || हिमालय युवा क्लवको सप्ताहव्यापी साधारणसभा अन्तर्गत सरसफाई सम्पन्न || डा. केसीले स्वास्थ्य जाँचसँगै न्यानो वाँड || गरुडा खानेपालीको पहिलो साधारण सभा सम्पन्न || सत्याग्रह पुरुष डा. केसीले रौतहटमा बाँडे न्यानो कपडा || परिवारका सबै रोगी भएपछि रामपरिको बिचल्ली || चार जना सुरुङ्ग चोर सहित पाँच पक्राउ || सप्तरीमा भएको ट्रक दुर्घटनामा पाँच जना गम्भिर घाइते || झुटकीका दलित समुदायलाई ब्लायाङ्गकेट वितरण || सप्तरीमा चिसोबाट कठयाङ्गिएर मुखियाको मृत्यु || प्रदेश नम्बर २ मा काँग्रेस सहितको सरकार || साँसद यादवव्दारा ५ हजार बढी कम्बल वितरण || बन्द खुल्यो || प्रदेश प्रमुखलाई नयाँ सरकारले हटाउने ओलीको संकेत || काँग्रेसपनि सरकारमा आउन सक्छ : अध्यक्ष यादव || न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु || पृथ्वी दिन प्रतिदिन तात्दै गएको वैज्ञानिकहरुको दावी || पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या || रियाल मड्रिड विजयी भएपछि प्रशिक्षक जिदानले भनेः 'रियालको खराब समय || दुर्घटनामा ३ जनाको मृत्यु, १० जना घाइते || भक्तपुरमा एउटै ट्याक्सीमा दुई मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, तीनजना घाइते || छेलामा बेवारिसे शव फेला ||
चुनावको सेरोफेरो

भाद्र ११, २०७४

 


  • किशोर नेपाल


मधेशमा समावेशी लोकतन्त्रको प्रयोग धेरैको चाहना छ । तर, सत्ता प्राप्तिका लागि जातीय समीकरणको नारापनि दिने गरिएकोछ । जातीय समीकरण समावेशी लोकतन्त्रको दुश्मन हो । जातीय समीकरणले जोडिदै गएको समाजलाई छुट्याउँदै लैजान्छ । समावेशी लोकतन्त्रको लागि मधेशी जनतामा देखिएको उत्कट अभिलाषाको कार्यान्वयन नै नेपालका लागि उत्कृष्ट प्रयोग हुनेछ । यो विषयलाई कांग्रेस, एमाले, माओवादी लगायतका ठूला पार्टीहरुले पनि उत्तिकै पछ्याउनु पर्दछ ।


प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँ दिल्लीमा आफनो राजकीय भ्रमणको कामकाज सकेर धर्मपत्नी डा.आरजु देउवाका साथ तीर्थव्रतका लागि तिरुपति र वोधगयातिर लागेका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग ‘अचानक’ भेटबाट शुरु भएको प्रधानमन्त्रीको यो भ्रमण सरकारी र औपचारिक भाषामा फलदायी रहेकोछ ।

फलदायी भ्रमणको नतीजाका लागि वृक्षमा फल लागुन्जेल पर्खिनु पर्दछ । यो प्रकृतिको सामान्य नियम हो । प्रधानमन्त्री देउवाको अहिलेको भारत भ्रमण आपसी सदभाव र सौजन्य अभिवृध्दिका लागि थियो । सवै भ्रमण लेनदेनका लागि मात्र हुँदैनन । लेनदेन, सन्धी–सम्झौता, वार्तालाप कूटनीतिका अनिवार्यता हुन । तर, छिमेकीहरु वीचको सम्वन्ध सँधै कूटनीतिक मात्र हुँदैन ।

विगत डेढ वर्षदेखि नेपाल र भारतको सम्वन्धमा निकै ठूलो विचलन आएको थियो । कांग्रेस सभापति स्व. सुशील कोइरालाको उत्तराधिकारीका रुपमा केपी ओली देशका प्रधानमन्त्री भएका वेला सम्वन्ध निकै चीसोे भयो । ओलीले गणतन्त्र स्थापनापछि पहिलो पटक विपरित नीति अवलम्वन गरे ।

उनले आफनो सरकार चीनतिर लहसिएको देखाएर राष्ट्रवादको झण्डा गाडे । चीनसंगको पारवहन सम्झौता सहज उपक्रम थियो जसलाई निकै वढी महत्व दिइयो । विकासका अरु कुरामा पनि चीनियाँ आश्वासन आए । त्यसलाई नारा वनाएर ओली सरकार अगाडि वढ्यो ।

नेपाल–भारत सम्वन्धमा आएकोयो विचलन दुवै देशका हितमा थिएनन । तर, यसका लागि नेपाल र भारतका दुवै सरकार जिम्मेवार थिए ।

यो पूरै प्रकरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकै वदनामी भयो । शायद, उनले पनि भारतको स्थायी सरकार र सुरक्षा निकायहरुको कुरा काट्न सकेनन ।

नेपाल–भारत बीचको सम्वन्ध विश्वास र भाइचाराको नभएर अविश्वासको पोको वनेकोछ । आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक र सामाजिक सवै क्षेत्रमा यो अविश्वास छाएकोछ ।

निश्चय पनि क्षेत्रीय शक्तिका रुपमा स्थापितहुन लागेको भारतका सुरक्षा सरोकारहरु वढी होलान । त्यसलाई दक्षिण एशिया क्षेत्रका सवै राष्ट्रले आ–आफनै हिसावले स्वीकार गरेका छन ।

यो स्वीकार्यता नै भारतीय सुरक्षाको प्रत्याभूति हो । भारत यसभन्दा अगाडि वढेर आफनो सुरक्षाको आधार विस्तारगर्न चाहन्छ भने उसले आफना छिमेकीहरुलाई अप्ठेरो नपर्नेगरी त्यसो गर्न सक्दछ ।

छरछिमेकका जनताले भारतले यसो गर्यो र उसो गर्यो भन्ने गुनासो र गनगन जति धेरै गर्दछन भारतका लागि त्यति नै अप्ठेरो परिस्थितिको सिर्जना हुन्छ ।

त्यस्तो परिस्थिति उत्पन्न हुनदिनु भारत आफनै लागि पनि वान्छनीय हुँदैन । प्रम देउवाको भारत भ्रमण नेपाल र भारत वीच सदभाव निर्माणका हिसावले उपयोगी वनेकोछ ।  यसलाई भारतीयहरुले वुझेरमात्र पुग्दैन, नेपाली जनताले पनि वुझनु आवश्यकछ ।


नेपालमा संविधान जारी हुँदा सुशील कोइराला प्रधानमन्त्री थिए । तर, संविधान कार्यान्वयनका क्रममा ओली, प्रचण्ड र वर्तमान प्रम देउवा सहित तीनजना नेता प्रधानमन्त्री भै सकेका छन ।

ओली सरकारले स्थानीय तहको निर्वाचनको ‘गम्भीर’ चर्चा गरेपनि उसको प्राथमिकतामा निर्वाचन परेन । चुनावको चासो कांग्रेस–माओवादी गठवन्धन सरकारले नै देखाएको हो ।

गठवन्धन सरकारको नेतृत्वले देशका सातमध्ये छ प्रदेशमा स्थानीय तहको चुनावसम्पन्न गराइ सकेको छ । मधेश प्रदेशको रुपमा चिनिएको दुइ नम्वर प्रदेशमा असोज दुइगते निर्वाचन हुँदैछ ।

मधेशका वृहत्तर आवश्यकता र मांगलाई संविधानले संवोधन नगरेकोमा व्यक्त भइरहेको आक्रोश अव निर्वाचनको माध्यमव्दारा अभिव्यक्त हुनेछन । अव मधेशको मुद्दा सरकार र ठूला भनिने पार्टीहरुको नाभीस्थलमा गाडिएको छ ।

मधेशको हितमा संगठित राष्ट्रिय जनता पार्टीले चुनावमा भागलिने भएपछि सरकारका धेरै समस्या समाधान हुने आशा राजनीतिक वृत्तमा चाखराख्ने सवैले राखेका छन ।  
चुनावको मुखैमा आएको वाढीको विपत्तिले मधेशका जनता थप संकटमा परेका छन । वास्तवमा, मधेशमा आएको वाढीले पहाडपनि वगाएर ल्याएको छ ।

मधेशका सवै गाउँ डुवानमा परेका छन । ती सवै गाउँमा राहत पुर्याउनु पनि कठिन छ । तर, सरकारका प्रधानमन्त्री र सरकारी संयन्त्रले यसपटक मधेशको उपेक्षा गरेका छैनन । प्रधानमन्त्रीको प्रत्यक्ष नीरिक्षणले राहत वितरणमा केही तदारुखता पक्कै थपेको छ ।

यतिवेला चुनावको दिनसम्म वातावरण सामान्य भइसक्ने अपेक्षा राखिएकोछ । अधिकार प्रयोगका मामिलामा नेपालका जनता निकै अगाडि छन । त्यसमा पनि, नेपाली प्रजातन्त्र र लोकतन्त्रको प्रयोगभूमि रहेको मधेशका जनताले भोटको महत्व थाह पाइ सकेका छन ।

यो  पटक स्थानीय तहको निर्वाचनमा उनीहरुले कुन पार्टी रोज्नेछन ? अहिले अनुमानगर्ने वेला भै सकेको छैन ।  मधेशमा समावेशी लोकतन्त्रको प्रयोग धेरैको चाहना छ । तर, सत्ता प्राप्तिका लागि जातीय समीकरणको नारापनि दिने गरिएकोछ ।

जातीय समीकरण समावेशी लोकतन्त्रको दुश्मन हो । जातीय समीकरणले जोडिदै गएको समाजलाई छुट्याउँदै लैजान्छ । समावेशी लोकतन्त्रको लागि मधेशी जनतामा देखिएको उत्कट अभिलाषाको कार्यान्वयन नै नेपालका लागि उत्कृष्ट प्रयोग हुनेछ । यो विषयलाई कांग्रेस, एमाले, माओवादी लगायतका ठूला पार्टीहरुले पनि उत्तिकै पछ्याउनु पर्दछ ।

स्थानीय तहको चुनावका लागि जनता जति उत्साहित छन त्यत्ति नै सतर्कता आवश्यक छ राजनीतिक दलहरुको । मधेशमा सीके राउत पक्षले स्थानीय चुनाव विथोल्ने नीति लिएको छ ।

मतपत्रमा छाप नहान्ने वा मतपत्र लिएर वूथबाट वाहिरिने रणनीति लिएका लोकतन्त्र विरोधी र विभाजनवादी वागीहरुको यो कार्यक्रम एउटै मात्र वूथमा सफल भयो भने पनि त्यो खतरनाक संकेत हुनेछ । त्यतापट्टी मुख्य खेलाडीका रुपमा रहेका राजनीतिक दलका अभियन्ताहरुले ध्यान पुर्याउनु आवश्यक छ ।

मधेशमाथिको विभेद, केन्द्रीय संकीर्णता, स्थानीय नेताहरुको स्वार्थप्रेरित क्रियाकलापका कारण मधेशी युवाहरुमा आक्रोश छ । यो आक्रोशको निकासदिन सरकार र राजनीतिक दलहरुले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्दछ ।

राजपाले निर्वाचनमा भागलिने निर्णय गरेर मधेशमा परिवर्तनका लागि आफनो ढोका खुला राखेकोछ । अरु पार्टीहरुले पनि राजपाको यो नीति अपनाउनु उचित हुनेछ ।

विद्रोह, वगावत, अविश्वास र अनमेल राजनीतिका कारण पछाडि परेको मधेशलाई स्थानीय, प्रादेशिक र प्रतिनिधिसभासम्मको चुनावको सिलसिलाले एकपटक फेरी पूर्तिलो वनाउने आशा सवैले राखेका छन । देशमा अहिले निर्माण भएका सातवटा प्रान्त भोलि दश प्रान्तमा विस्तारित पनि हुन सक्दछ वा पाँच प्रान्तमा खुम्चिनपनि सक्दछ ।

मधेश, पहाड र हिमाल सवै क्षेत्रले आ–आफनो मौलिक चरित्र बोकेका छन । त्यो मौलिकचरित्रलाई संरक्षित र सुरक्षित गरेर सवै थरी नेपालीहरु एकसाथ अघि वढने हो भने चुनौतिहरुको सामनागर्नु अप्ठेरो छैन ।राजनीतिमा चुनाव सँधै उत्सव हो । जनताको महोत्सव ।

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्यहरुलाई जनकपुर...

जनकपुरधाम । धनुषाको सामुदायिक विद्यालयहरुमा स्थानीय भाषाको पाठ्यक्रम उपलब्ध गराउनुपर्ने...

जनकपुरधाम । कवि उदय राजको अमरकृति सत्यमेव जयते प्रर्दशनी हुने...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिक कोटामा मुस्लिम दलितलाई...

काठमाडौ । इङ्गलिस प्रियिमर लिगअन्तर्गत आज आठ खेल हुँदै छन्...

जनकपुरधाम : जनकपुरधामलाई प्रदेश न. २ को अस्थायि राजधानी वनाउने...

काठमाडौं । भारत, नयाँदिल्लीको पाँचतारे होटल ‘द ललित’को विशेष...

प्रदेश प्रमुख होटेलमा रहने, जचुकालि बंगलाको मर्मत सुरु टुडे समाचारदाता जनकपुरधाम ।प्रदेश...

महेश सिंह महतो , सिरहा । राष्टिय जनता पार्टी नेपालका...

लहान ।सहिद रमेश महतोको बलिदानी दिवसको अवसरमा शुक्रवार मधेश आन्दोलनका...

काठमाण्डु । प्रदेश र प्रतिनिधि सभाको समानुपातिक तर्फ समावेशी नगरेको...

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर...

काठमाडौं । ‘मरे तो मुक्ति जिए त मधेस’ यो भनाइ...

काठमाडौं । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत...

France's President Emmanuel Macron, right, and German...

काठमाडौँ : काठमाडौँ उपत्यकाका यात्रुलाई सस्तो, सुलभस्तरीय र भरपर्दो नगर...

लहान : शीतलहरका कारण पीडित विपन्न परिवारलाई सप्तरीको खड्ग नगरपालिकाले...

लहान : मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी...

काठमाडौँ : वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई...

धनुषा । हिमालय युवा क्लब नक्टाझिज धनुषाको २७औँ र हिमालय...

चन्द्रपुर । पटक पटक अनसन बसेर चर्चामा आएका डा. गोबिन्द...

रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ४ को...

रौतहट । सत्याग्रह पुरुषको उपनाम प्राप्त गरेका डा. गोविन्द केसीले...

सप्तरी । परिवारका चार जना सदस्यको मानसिक सन्तुलनमा समस्या...

सप्तरी । श्रृंखलाबद्ध चोरी तथा लुटपाटका घटनाले आजित भएको...

सप्तरी । बाक्लो हुस्सुका कारण चालकले बाटो ठम्याउन...

सप्तरी । विगत केही समय यता सप्तरी सहित तराई...

सप्तरी । विगत दुई सात्तादेखि बढेको अत्यधिक चिसोका कारण...

जनकपुरधाम । प्रदेश नम्बर २ मा काँग्रेस सहित फोरम राजपा...

लहान । राष्ट्र्यि जनता पार्टी (राजपा)नेपाल अध्यक्ष मण्डलका सदस्य एवं...

वीरगञ्ज ।प्रदेशको राजधानी मागगर्दै विहिवार आव्हान गरिएको बन्द साँझबाट खुलेको...

काठमाण्डु । प्रदेशको अस्थायी राजधानीको विषयमा आन्दोलन चर्किन थालेपछि एमालेले...

काठमाण्डु । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले...

बर्दिबास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ मा बिहीबार न्यानो...

लन्डन । मानवीय ज्यादतीका कारण पृथ्वी दिन प्रतिदिन तातिँदै...

काठमाडौं । पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ता मारिएका...

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलमा रियाल मड्रिडले लेगानेजालाई...

बाह्रबीसे । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–६ सखुवामा बिहीबार साँझ...

भक्तपुर । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु...

कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला...