Sun, 15 Jul 2018
ताजा समाचार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति || बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो || कमला बेसिनमा सरोकारबालालाई सक्रिय पार्न कार्यशाला || चन्द्रपुरमा ट्राफिक अस्तव्यस्त || हिंसा न्यूनीकरणका लागि 'एप्स’ || नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड || ‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष || अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए || सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह || अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल || ठूलीभेरीको बजेट २९ करोड || राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन || उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता || पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु || तीसहजार घुससहित साह नियन्त्रणमा || संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित || धान लाग्ने रोगका कारण किसान हैरान || छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु || भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु || सिरियामा १७ लडाकू मारिए || बेलायतले अफगानिस्तानमा थप सेना पठाउने || आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा || मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन || प्रदेश नं - ५ : दुई विधेयक प्रमाणीकरण ||
‘एक्लै हिँडिरहेको तर बलियाहरुले मास्न नसकेको मान्छे हुँ’

०, ०

 

तपाईं वामपन्थी राजनीतिको सम्पर्कमा लामो समय रहनुभयो, राजनीतिलाई केन्द्रमा राखेर लेख्दै पनि आउनुभएको छ । वामपन्थी विचारधारा राख्नेहरुले लेख्दै आएको प्रगतिशील र प्रगतिवादी साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?

– मेरो लेखनको आधारभूत भावना राजनीति नै हो । चाहे त्यो मौलिक रचना होस्, चाहे अनुवाद र अखबारी लेखन होस् । तैपनि म साहित्यको विद्यार्थी भएको र साहित्यको शिल्प र कलाबारे सजग भएकोले प्रत्यक्ष रुपमा राजनीतिमा बाक्लै संलग्नता हुँदाहुँदै पनि मेरो लेखनको कलात्मकतामा राजनीतिको त्यति ठूलो भार र हस्तक्षेप भएन ।

साहित्यको विषयवस्तु जेसुकै भए पनि उन्नत स्तरको शिल्प भएन भने त्यो साहित्य हुँदैन । राजनीतिक दस्तावेजमा कोरा नारा हुन्छ, धारणा र कार्यक्रम हुन्छ । त्यो सबै चिज साहित्यमा अटाउँछ, तर साहित्यको आफ्नै भाषा हुन्छ । कम्युनिष्ट वा प्रगतिशील भन्नेहरुको ठूलो समस्या के हो भने, साहित्य र राजनीतिको अलग भाषा हुन्छ भन्ने बोध उनीहरुलाई कहिल्यै भएन । साहित्यका नाममा राजनीतिक नाराहरू हल्लाउँदै मान्छेहरु बूढा भए । यसो म हेर्छु, कतिपय वयस्क नभईकन बाल्यकालमै बूढा भएका कम्युनिष्ट र प्रगतिशीलहरु थुप्रै देखेको छु । ती वयस्कै भएनन् ।

राजनीतिक नारालाई साहित्यमा पस्किनासाथै बिग्रिने हो त ?

– त्यसो हैन । माक्सिम गोर्कीको उपन्यास ‘आमा’ हेरौं । त्यो किताब मेरो साहित्यिक जीवनमा सबभन्दा बढी प्रभाव पार्ने कृति हो । ‘आमा’ भनेको प्रारम्भदेखि अन्त्यसम्म त्यो जम्मै नारा हो, समाजवादको नारा । तर, त्यो भव्य कलात्मक नारा हो । त्यसको विशिष्ट उद्देश्य छ, त्यो हो समाजवादी कार्यक्रम । त्यसको प्रयोजन भनेको रुसी समाजमा सर्वहारावादी चेतना फैलाउनु हो । आफ्नो जीवनलाई फेर्नका निम्ति नयाँ राज्यको निर्माण गर्न मानिसलाई जागृत, संगठित र आन्दोलित गराउनु त्यसको उद्देश्य हो । विषयवस्तु र उद्देश्यको हिसाबले त्यो विशुद्ध राजनीति र नारा हो । तर, यस्तो भव्य ढंगले लेखियो, अद्भूत चिज बन्यो ।
हामीकहाँ गोर्कीको ‘आमा’ लाई गीता जस्तो जपिरहनेले पनि गोर्कीको कला चाहिँ सिकेनन् । भजन चाहिँ गाइयो, त्यसलाई ग्रहण भने गरिएन ।

प्रगतिशील साहित्यमा क्रियाशील लेखकहरुमध्ये धेरैको लेखन कोरा खालको देखिन्छ । तिनको प्रभावकारिता कत्तिको देख्नुहुन्छ ?

– धेरै प्रतिभासम्पन्न लेखक र साधकहरुलाई पनि साहित्य/कलाको स्वरुप र अभिव्यक्तिको भेद थाहा छैन । त्यसो हुँदा तिनको प्रतिभा व्यर्थ भए जस्तो लाग्छ । साहित्यको माध्यमले यो जीवनलाई सुन्दर बनाउन मान्छेहरु इमान्दारीसाथ र समर्पित भएरै लागेका छन् । तर, राजनीति र साहित्यको सूक्ष्म भेदहरुको बारेमा गम्भीर चेत नभएकोले धेरैको प्रयत्नहरु व्यर्थ भएका हुन् ।

मैले ‘अजम्मरी गाउँ’ अनुवाद गरेको छु, राम्रो छ त्यो । त्योभन्दा बढी चिनियाँ साहित्यकार याङ मोको उपन्यास ‘युवाहरुको गीत’ त माओवादी आन्दोलनमा खुब पढिएको किताब हो । त्यो उपन्यास पढेर मान्छेहरुले आवेग प्राप्त गरे, क्रान्तिकारी साहस-दुस्साहस ग्रहण गरे, त्यसको आधारमा धेरै आन्दोलन पनि भए होलान् । तर, साहित्यकारहरुले त्यसको शिल्पबाट सिकेको जस्तो चाहिँ लाग्दैन । त्यसैले वामपन्थी-प्रगतिशीलहरुमा ठूलो समस्या छ ।

कस्तो समस्या देख्नुहुन्छ ?

– अखिल प्रारम्भिक कमिटिका किशोरकिशोरी र युवायुवतीले कविताको नाममा नारा लगाए भने त्यसमा अन्यथा मान्नु पर्दैन । ती सिक्दै छन् र सिक्नको निम्ति तिनको लामो आयु छ । तर, केश फुलिसकेकाहरु पनि अखिल प्राक कै भाषा बोलिराखेका छन् । त्यो चाहिँ विडम्बना हो । सबै कुरा सिकिने हो, भाषा पनि अभ्यासबाट सिक्दै जाने कुरा हो । कला चेतना र सौन्दर्य पनि अभ्यासबाटै सिक्ने हो ।

कोरा साहित्यको कुनै प्रभाव हुँदैन । त्यसको त आवश्यकता नै छैन । त्योभन्दा राम्रो त कम्युनिष्ट पार्टीको दस्तावेज नै छ नि ! अरु किन चाहियो ?

प्रसंग बदलौं, तपाईं सोसल साइटमा पनि सक्रिय हुनुहुन्छ । के-के चलाउनुहुन्छ ?

– म ट्विटरमा बढी सक्रिय छु । फेसबुकमा पनि मेरो पेज छ । फेसबुक चाहिँ मेरो शुभचिन्तकले चलाइदिनुभएको छ । त्यसमा उहाँले मेरो ट्विट र छापिएका लेखहरु राख्दिनुहुन्छ ।

सामाजिक सञ्जालमा के उद्देश्य बोकेर छिर्नुभयो ?

– खासमा सोसल मिडियामा छिर्ने मेरो इच्छै थिएन । प्राविधिक रुपमा म धेरै कमजोर मान्छे पनि हुँ । समय बिताउन मसँग पत्रिका छ, पुस्तक छ, कलम छ, सामाजिक अभियानहरु छन् । मलाई सामाजिक सञ्जाल चाहिएकै थिएन । एक-दुई जना मित्रले कर गरे । सामाजिक सञ्जाल भनेको आफ्नो विचार व्यक्त गर्ने, समाजसँग सम्पर्क र सरसंगत गर्ने बडो प्रभावकारी माध्यम हो, त्यसलाई उपयोग गरौं भन्ने कुरा गरे । मैले आवश्यक छैन भन्दै बडो आनाकानी गरिरहेँ ।

पछि के पनि सुझाए भने, सबै समय रचनात्मक काम त गरिँदैन । सधैं न पढिन्छ, न लेखिन्छ, न त गम्भीर विचार नै गरिन्छ । क्षणक्षणमा खाली-खाल्साहरु हुन्छन् । त्यो खाली समयमा साथी हुन्छ भने उनीहरुले । त्यो सोच्दा मलाई हो कि जस्तो लाग्यो । ठट्टैठट्टामा मित्रले एकाउन्ट खोलिदिए र चलाउन पनि सिकाए ।

चलाउँदाको अनुभव कस्तो छ ?

– चलाउँदै गएपछि त त्यो नशा जस्तो हुँदो रहेछ । अब त मलाई डर लाग्छ । कहिलेकाहीँ त तीन-चार दिनसम्म म हेर्दै हेर्दिनँ । सामाजिक सञ्जालको गम्भीर रुपमा अध्ययन गर्नेहरुले त्यसलाई ‘नार्सिसिज्म’ साग जोडेर हेर्छन् । आत्ममुग्ध हुने माध्यम । मैले लेखेकोमा कति जनाले प्रशंसा गरे, म कहाँ-कहाँ देखिएँ भनेर चासो हुने रहेछ ।

उमेर पाको हुँदै गएपछि समय धेरै हुँदो रहेछ । आँखाको कारणले, क्षमताको कारणले लामो समय लेखपढ गर्न सकिँदैन । गम्भीर समयका लामो समय सोच्न र नोट बनाउन पनि सकिँदैन । त्यो बीचको खाली-खाल्सामा सामाजिक सञ्जाल साथी हुने रहेछ । ट्विट आफैं चाहिँ केही महत्वपूर्ण लाग्दैन । एक वाक्यमा केही भनेर वैचारिक विमर्शमा त्यसले कति प्रभाव पार्छ होला, मलाई थाहा छैन । तर, त्योसँगै जोडिएर ठूल्ठूला लेखका लिङ्कहरू आउँछन्, त्यो चाहिँ मजा लाग्छ । अहिले त्यो रमाइलो बसिबियाँलो भएको छ ।

सामाजिक सञ्जालमा निकै गाली खानेमध्येमा पर्नुहुन्छ नि !

– त्यहाँ गाली गर्नेहरु दुईथरी छन् जस्तो लाग्छ । एकथरी, प्रायोजित रुपमा झुन्डहरु बनाइएका छन् । ती पार्टीबाट परिचालित छन् । सामाजिक सञ्जालमा कुनै सेन्सर र बन्देज छैन । अर्काथरी चाहिँ अपरिपक्व र झल्ला स्वभाव भएका मानिसहरुको झुन्ड छ । ती चाहिँ अबोध हुन् ।

प्रायोजित झुन्डले तपाईंले कसैसँग असहमत भएर त्यो कुरा व्यक्त गर्नुभयो भने सन्दर्भ मिल्दा पनि नमिल्दा पनि तपाईंलाई गाली सिबाय कहिल्यै केही गर्दैनन् । मेरा प्रायः ट्विटहरु इतिहासको दैनिकी र राजनीतिसँग प्रत्यक्ष रुपमा सम्बन्धित हुन्छन् । कहिलेकाहीँ त्योभन्दा फरक जीवन-मृत्युको बारेमा, प्रेमको बारेमा, इण्द्रेणीको बारेमा पनि लेख्छु । त्यस्तो बेलामा मलाई गाली गर्न कसैले मेसो नै पाउँदैन । केही पनि भन्दैनन् (हाँसो) ।

कस्तो विषयमा बढी गाली आउँछ ?

– स्वाभाविक हो, समसामयिक राजनीतिको विषयमा ट्विट गर्दा । राजनीतिमा त लोकमान भन्यो भने समर्थन र विरोध छ । केपी ओली वा पुष्पकमल भन्यो भने पनि समर्थन-विरोध छ । अहिले चाहिँ गाली गर्नेहरु अलि कम छन् कि जस्तो लाग्छ । त्यसो त एकचोटि ट्विट गरेपछि त्यसमा कसले के लेखे भनेर त्यति पछ्याइरहन्नँ । कहिलेकाहीँ यसो सर्र हेर्ने हो ।

कस्ता-कस्ता गाली खाएको अनुभव छ ?

– एकथरी नबुझेर गुनासो गर्नेहरु हुन्छन् । अर्काथरी चाहिँ आशयवश खनिन्छन्, जसको कामै निन्दा गर्नु हो । तपाईंले कसैले लेखेको विषय बुझेर त्यो विषयलाई सन्दर्भित गर्ने गरी असहमति जनाउनुभो वा निन्दै गर्नुभो भने पनि धेरै फरक पर्दैन । तर, धेरैले विषयसँग सम्बन्धित नै नभईकन ठाडै गाली गर्छन् ।

गाली पनि कस्तो गर्छन् भने, ‘ए ! लैनचौरले पैसा पठाउन छोड्यो कि के हो ?’, ‘लाजिम्पाटबाट आएको पैसो सकियो कि के हो ?’

यहाँसम्म त लौ ठीकै छ । कसैले त यतिसम्म लेख्छन्, ‘ए ! अहिलेसम्म नमरेको तँ ?’ (लामो हाँसो)

यसरी असीमित गाली खेप्नुपर्दा कस्तो लाग्छ ?

– सिक्न र सिकाउनको निम्ति अत्यन्त उदार लोकतान्त्रिक परिपाटी र संस्थामा पनि केही न केही सीमा र बन्देजहरु हुनु आवश्यक छ जस्तो लाग्छ । तपाईं प्रिन्ट मिडियामा जानुहुन्छ भने न्यूनतम स्तर नभईकन तपाईं छापिनुहुन्न । परिचयको भरमा, प्रभावको भरमा र नाताकै भरमा छापिए पनि तपाईंको भाषाको संरचना केही हुनुपर्ला । विचारलाई व्यक्त गर्ने अभिव्यक्तिका केही ढाँचा तपाईंलाई थाहा हुनुपर्ला । केही तर्क पद्धति थाहा हुनुपर्ला । त्यसले लेखकलाई अभ्यास गर्न बाध्य गराउँछ । सिकाउँछ । सामाजिक सञ्जालमा त्यो पर्दैन ।

सामाजिक सञ्जालका अहिलेका छाडाहरु अबको ५० वर्ष बाँचेमा ५० वर्षपछि पनि ती छाडै रहन्छन् । किनकि उनीहरुलाई कुनै बन्देज नै छैन । जे लेखे पनि यसै त्यहाँ छापिने भएपछि मर्यादा सिक्नु परेन, अभिव्यक्तिको सौन्दर्य सिक्नु परेन, तर्क पद्धति सिक्नु परेन, मूल्य प्रणालीमा प्रतिबद्ध हुनु परेन । मलाई निन्दा गरेकोमा मलाई केही आपत्ति छैन, तिनले कहिल्यै सिक्ने भएनन् भन्नेमा मलाई चिन्ता छ ।

गम्भीर खालका पाठकहरुले पनि खगेन्द्र संग्रौला पहिला राम्रै लेख्ने भए पनि पछिल्लो समय अन्ठसन्ठ लेख्छन्, लेखाइ पनि भुत्ते हुँदै गएको छ भन्ने गरेको पाइन्छ । तपाईंको लेखाइमा त्यस्तो बदलाव आएको हो र ?

– यसमा बुझिने कुरा छ । राजदरबार हत्याकाण्ड र ज्ञानेन्द्रको फौजी कालमा सम्पूर्ण नेपालीको प्रहारको निशाना राजतन्त्र थियो । त्यसबेला राजनीतिक दलहरुको बीचमा कुनै असहमति र दूरी थिएन । सबै सँगै थिए । त्यसबेला म राप्रपाको बाहेक माओवादी, कांग्रेस, एमाले लगायत सबैको प्रिय र अच्छा लेखक थिएँ । त्यसै क्रममा राजतन्त्र फालियो । सडकमा एकमुष्ठ भएका मान्छेहरु त्यसपछि आ-आफ्नो गुँडमा फर्किए । कांग्रेसकाहरु कांग्रेसमा, एमालेकाहरु एमालेमा र माओवादीकाहरु माओवादीमा फर्कियो । विकासे एनजीओकाहरु एनजीओमा फर्किए ।

परिवर्तनको आँधी लिएर माओवादी आएको थियो, मैले उतिबेला माओवादीको एजेण्डालाई समर्थन गरेँ । त्यसमा समर्थन गर्ने बित्तिकै म एमाले र कांग्रेसको त प्यारो रहिनँ । भएको यही हो । पहिला ठीक थिइस्, अहिले मति बिग्रियो । किनकि माओवादीको एजेण्डामा समर्थन गरिस् । त्यो एजेण्डालाई समर्थन गर्नु भनेको एमाले वा कांग्रेस विरोधी हुनु हो । इतिहासको सन्दर्भ-सन्दर्भमा व्यक्तिको संलग्नताबाट को कसको नजिक र टाढा भनेर मित्र-शत्रु छुट्टिने हो । परिस्थितिले निर्धारण गर्ने कुरा हो ।

उसो भए पहिलेको ‘बेलाको बोली’ अहिले कुबेलाको बोली भएको होइन ?

– होइन । म सधैं पार्टीको सदस्या लिएर पार्टीलाई लेबी तिरेर पार्टीको आदेश मान्ने काम मैले जिन्दगीमा कहिल्यै पनि गरिनँ । मैले आफ्नो आदेश सधैं आफैं बनाएँ । मैले के कांग्रेस, के एमाले, के माओवादी, जुन समयमा जसले परिवर्तनको मुद्दा उठायो, मैले समर्थन गरेँ ।

म त वामपन्थी हुँ, वामपन्थी त सकेसम्म कांग्रेस हिँडेको बाटोमा पनि हिँड्नु हुँदैन । तर, मैले संविधानसभा निर्वाचनको बेला नरहरि आचार्यको चुनावको मञ्चमै पुगेर भाषण गरेँ । गगन थापाको घरदैलो अभियानमा पनि म डुलेँ । मैले उनलाई किन समर्थन गरेँ भने आफूलाई कम्युनिष्ट भन्नेहरु जति परिवर्तनको पक्षमा थिए, यी दुई जना मान्छे तीभन्दा कम परिवर्तनको पक्षमा थिएनन् । त्यसैले निधारमा कसको कुन वादी लेखिएको छ, त्यो मेरो सरोकारको विषय होइन । कसको एजेण्डा के हो, इतिहासलाई आवश्यक परेको र संकटको बेलामा को कहाँ उभियो, मैले त्यो हेरेँ ।

आफैंले समर्थन गरेको पात्र वा संस्थामा विचलन आएको देखेपछि, आफ्नै आदर्शको विरुद्धमा त्यो उभिएको मलाई लागेपछि मैले त्यसलाई परित्याग गरेँ । एमाले छोडेँ, कांग्रेस छोडेँ, अहिले त माओवादी पनि छोडिदिएँ । त्यसैले म चाहिँ ‘एकला चलो’ सिद्धान्तमा छु । म एक्लो मान्छे हुँ । एक्लै हिँडिरहेको तर बलियाहरुले मास्न नसकेको मान्छे हुँ ।

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर ...

जनकपुरधाम ।महिला हिंसा रोक्न प्रदेश नम्बर २...

वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई ...

फलेवास, पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख...

काबुल : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही...

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको...

डोल्पा : ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत...

काठमाडौँ : नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं...

नुवाकोट : यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा...

काठमाडौँ : बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार...

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि...

ललितपुर : नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले...

राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु...

भक्तपुर : अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...

बग्दाद : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक...

लण्डन : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने...

इस्लामावाद : यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै...

बुटवल : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट...