Sun, 15 Jul 2018
ताजा समाचार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति || बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो || कमला बेसिनमा सरोकारबालालाई सक्रिय पार्न कार्यशाला || चन्द्रपुरमा ट्राफिक अस्तव्यस्त || हिंसा न्यूनीकरणका लागि 'एप्स’ || नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड || ‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष || अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए || सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह || अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल || ठूलीभेरीको बजेट २९ करोड || राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन || उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता || पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु || तीसहजार घुससहित साह नियन्त्रणमा || संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित || धान लाग्ने रोगका कारण किसान हैरान || छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु || भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु || सिरियामा १७ लडाकू मारिए || बेलायतले अफगानिस्तानमा थप सेना पठाउने || आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा || मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन || प्रदेश नं - ५ : दुई विधेयक प्रमाणीकरण ||
कान्तिले सबै प्रदेशमा विशेषज्ञ सेवा दिनेछ : डा. रायमाझी

०, ०

२०१९ सालमा स्थापना भई २०२६ सालमा बाल अस्पतालमा रुपान्तरण भएको कान्ति बाल अस्पतालले सेवा विस्तार गरिरहेको छ । बालरोग विशेषज्ञ डाक्टर उत्पादन, जटिल बाल रोगको उपचार र देशका अन्य भागमा पनि विशेषज्ञ सेवा विस्तार गरी तीन क्षेत्रमा कान्तिले आफ्नो दायरा बढाउने योजना बनाएको छ । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरुमा बालरोग विशेषज्ञ सेवा विस्तार गर्ने चुनौती पनि कान्ति अस्पताललाई छ । यसै सेरोफेरोमा अस्पतालका निर्देशक डा. अजित रायमाझीसँग गरिएको कुराकानीः

कान्ति अस्पतालको पछिल्ला गतिविधि के–कस्ता छन् ?

हालै मात्र १८ वटा आइसियूलाई ५२ बेडमा विस्तार गरेका छौं । यसका लागि कम्तिमा एक सय ५० जनशक्ति आवश्यक पर्नेमा हामीसँग ६९ जना मात्रै छन् । थप जनशक्तिका लागि मन्त्रालयमा गृहकार्य भइरहेको छ । हालको आइसियूलाई भने स्टेप टु आइसियू अर्थात् इन्टरमिडियट केयरका रुपमा विकास गर्ने सोचाइ छ । इन्टरमिडिएट आइसियूलाई बेडमा भन्दा सुविधासम्पन्न तर आइसियूमा भन्दा कम सुविधा भएको मध्यम खालको संयन्त्रका रुपमा विकास गर्न खोजिएको हो ।
यसबाहेक निरोधात्मकतर्फ खोप, एचआइभी उपचार लगायतका काम गरिरहेका छौं । मातृ तथा शिशु स्वास्थ्य क्लिनिक पनि हामीले सञ्चालन गरिरहेका छौँ । अनमी र प्यारामेडिक मार्फत हामीले काम गरिरहेका छौं । खोप प्रभावकारी नै भइरहेको छ । खाना, पोषण, सरसफाइ लगायतका काममा विभिन्न नर्सिङ तथा मेडिकल कलेजका विद्यार्थीमार्फत जनचेतनाको काम गरिरहेका छौँ ।

बिरामीको चापको तुलनामा सेवा विस्तारका लागि अस्पतालसँग कस्ता योजना छन् ?

कान्ति अस्पतालमा आइसियूका लागि बिरामीहरुको निकै चाप र दवाब थियो । बिरामीको अवस्था गम्भीर हुनासाथ देशका विभिन्न ठाउँबाट चित्किसकहरुले आइसियूका लागि कान्तिमा रिफर गर्छन् । बिरामी लिएर धमाधम कान्तिमा आउने, अनि आइसियू नपाएर विभिन्न अस्पतालमा छरिएर जानुपर्ने अवस्था थियो । अब ५२ बेड आइसियू भएपछि यो समस्या समाधान होला भन्ने आशा छ ।

बच्चाको मुटु, कलेजो, नसा, मानसिक अवस्था लगायत रोगको कान्तिले विशेषज्ञ सेवा दिइरहेको छ । यो विशेषज्ञ सेवा बालरोग विशेषज्ञ भन्दा पनि एक तहमाथिको सेवा हो । यही सेवालाई कायम राखेर अझै सशक्त बनाइयो भने पक्कै यसले राम्रो नतिजा दिनेछ । विशेषज्ञले जे सम्बन्धी समस्या सम्बोधन गरेर रिफर गरेका हुन्छन्, त्यही विभागमा गइयो भने उपचार सहज हुनेछ । हामीले यस्तै संयन्त्र विकास गर्न खोजेका छौँ । यसैमा कान्ति अस्पतालको पनि भविष्य छ । यसले विशेषज्ञ सेवा पु¥याउने सरकारको योजना पूरा हुन्छ भने जनतालाई पनि ठूलो टेवा पुग्छ ।

अहिले अधिकांश अविभावक बिरामी बच्चाको उपचारका क्रममा आइसियू खोज्दै कान्ति अस्पताल आउँछन् । बाहिरी जल्लामा आइसियू नभएकाहरु त सिधै यहीँ आउने हो । आइसियूमा साह्रो चाप भएको हुनाले हामीले बेड विस्तार गरेका हौं । कान्तिमा आइसियू खालि नभएसम्म बिरामीलाई बाहिर लान खोज्दैनन् ।

कान्ति बाल अस्पतालले आफ्नो स्वरुप परिवर्तन गर्नुपर्ने अवस्था पनि आइसकेको छ । अब भने कान्ति अस्पताललाई बाल अस्पतालका रुपमा अति विशेषज्ञ सेवामा केन्द्रित गर्नु पर्दछ। त्यसो हुन सकेमा कान्ति रिफरल अस्पताल पनि बन्छ र बाहिरका विशेषज्ञ डाक्टरले दिन नसकेको सेवा यहाँबाट प्रदान गर्ने अवस्था रहन्छ ।

विशेषज्ञ सेवा विस्तारमा केकस्ता काम भएका छन् ?

बच्चाको क्यान्सरसम्बन्धी सेवा र शल्यक्रियाका लागि बिरामीको चाप कान्ति अस्पतालमा छ । त्यसबाहेक नवजात शिशुको शल्यक्रिया कान्ति अस्पतालमा मात्रै हुन्छ । त्यो सुविधा र पूर्वाधार अन्यत्र पाउन कठिनइ छ ।

पछिल्लो समय न्युरोलोजी, इन्डोक्राइनोलोजी, चाइलड साइक्याट्री लगायतका सेवामा पनि विशेषज्ञहरु छन् । अति विशेषज्ञ सेवालाई विस्तार गर्न सकियो भने कान्ति अस्पतालमा पहिले जुन आकर्षण थियो त्यो पछिसम्म कायम रहन्छ । नत्र बालरोगका क्षेत्रमा त अरु अस्पतालले पनि काम गरिरहेका छन् ।

अस्पतालमै रहेको न्याम्सको बालरोग विभागले एउटा ब्याचमा करिब ९ जना एमडी विद्यार्थी लिइरहेको छ । तीन वर्षको अवधिमा पढाइ, तालिम र परीक्षा पनि यहीँ हुन्छ । नेपाल सरकारको कोटाबाट दुर्गममा सेवा दिएका डाक्टरहरुलाई नै न्याम्सले प्राथमिकता दिएको छ । यसले गर्दा दुर्गममा डाक्टरहरु जाने क्रम बढेको छ भने, सरकारी सेवा प्रवेशमा पनि उनीहरुको उत्सुकता बढेको छ ।

सञ्चालन खर्चका लागि कान्ति अस्पतालले सरकारको मुख ताक्नुपरेको छ । कहिले बन्ने आत्मनिर्भर ?

कान्ति अस्पतालमा करिब पाँच सय २७ कर्मचारी छन्। त्यसमा नेपाल सरकार र अस्पताल विकास समितीको दायित्व आधाजस्तो छ । विकास समीतीबाटै अस्पताललाई फाइदा हुने गरी सेवा सुरु गर्न सकिएको छैन । अस्पताललाई आत्मनिर्भर बनाउन हामीले दुईवटा सेवा सुरु गरेका छौँ ।
एउटा फार्मेसी हो, यसले अघिल्लो वर्ष हामीलाई निकै उत्साहित बनाएको थियो ।

अर्को हो, हामीले एक्सटेन्डेड हेल्थ सर्भिसेज (इएचएस) पनि छिट्टै सुरु गर्दैछौं। यो कार्यक्रम सुरु भएमा दिउँसो २ देखि ५ बजेसम्म ओपिडी सञ्चालन विस्तार हुनेछ। त्यसमा अस्पताल, डाक्टर, नर्सिङ स्टाफ र ल्याबका प्राविधिकहरुले संयुक्त रुपमा काम गर्नेछन् । अस्पतालभित्रै सुरु हुने प्राइभेट प्राक्टिसले डाक्टरहरुको बाहिर क्लिनिक सञ्चालन गर्ने र त्यतै व्यस्त हुने प्रवृतिलाई घटाउनेछ ।

अस्पतालभित्रै सुरु हुने क्लिनिकको शुल्क भने बजारका निजी क्लिनिकको तुलनामा निकै सस्तो हुनेछ । हामी सरकारले तोकेको दरभित्रै सेवा उपलब्ध गराउनेछौँ । बिहान ९ बजेदेखि २ बजेसम्म अस्पताल सञ्चालन हुन्छ भने दुई बजेदेखि ५ बजेसम्म क्लिनिक सञ्चालन गर्दा अस्पतालका लागि पनि केही आर्जन हुन्छ ।
अस्पतालको पछाडिपट्टि रहेको जग्गामा सटर निर्माण गरेर भाडामा लगाउने योजना छ । त्यसले पनि अस्पताललाई केही आम्दानी गराउनेछ । यसले विकास समितिले दायित्व बेहोर्नुपर्ने अस्पतालका कर्मचारीहरुको तलब, सुविधा लगायतको पाटो हेर्नेछ भने अन्य सेवा विस्तारका लागि पनि सहयोग हुनेछ ।

सरकारी अस्पतालहरु अस्तब्यस्त हुन्छन् । यो गुनासोबाट कान्ति मुक्त छ ?

म आएपछि चार महिनायता अस्पताल सुधारका लागि कामहरु भएका छन् । पहिले अस्पतालमा मानिसको भीड हुन्थ्यो, अस्पताल बाहिरैबाट अस्तव्यस्त देखिन्थ्यो । बच्चा बोकेर अविभावकहरु लाइनमा लाग्दा निकै दयनीय अवस्था देखिन्थ्यो । अहिले हामीले बिरामीको अवस्था हेरेर वर्गीकरण सुरु गरेका छौं ।
सामान्य, मध्यम र गम्भीर बिरामीको वर्गीकरणपछि बिरामीको अवस्था अनुसार उपचारको प्रक्रिया अपनाइन्छ । तर, यसको आशय सामान्य बिरामीलाई बेवास्ता गर्ने होइन, उनीहरुलाई पनि लाइनमा बस्ने व्यवस्था मिलाउने भनेका छौँ । बिरामीको वर्गीकरणका लागि पनि अस्पतालका डाक्टरहरु खटिएका हुनेछन् ।

कुनै आकस्मिक घटना वा एम्बुलेन्सबाट आउने बिरामीलाई हामीले तत्काल उपचार थाल्ने र एक घण्टाभित्र प्रारम्भिक उपचार गरी उसको अवस्था अनुसार आइसियूमा राख्ने वा भर्ना गर्ने निर्णय लिनेछौं । अस्पतालले नै उपचार गर्न नसक्ने गम्भीर बिरामी भएमा विशेषज्ञ सेवा भएका अरु अस्पतालमा पठाउनेछौं ।
सामान्य अवस्थामा रहेको बिरामीका लागि पनि उपचारमा ढिलाइ हुँदा स्थिति गम्भीर हुँदै जाने र बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले कुनै हालतमा ढिलाइ नगर्ने नीति लिएका छौँ ।

सुधारको प्रयास भएपछि अस्पतालमा अव्यवस्थित लाइन र भद्रगोल हटेको छ । यो कार्यक्रममा बेलायतको बाल अस्पतालले पनि सहयोग गरेको थियो । उनीहरुकै सल्लाह अनुसार हामीले केही उपकरण र पूर्वाधार पनि थप गरेका छौँ । हामीले हेल्प डेस्क पनि सुरु गरेका छौँ, जसमा सत्य साई सेन्टरले सहयोग गरिरहेको छ ।
कान्तिमा अब बिरामी र आफन्तले लाइन बस्नुपर्ने अवस्था बन्द भएको छ । टोकन लिएर बिरामीहरु बेन्चमा बस्छन् र पालो आएपछि झ्यालमा गएर टिकट लिन्छन् । बिहानै ६ बजे बच्चा बोकेर अस्पतालमा लाइन लाग्नुपर्ने वाध्यता अब छैन ।

हामीले सुरु गरेको नयाँ आइसियूमा ल्याब, काउन्टर लगायतको सुविधा एकै ठाउँमा उपलब्ध हुनेछ । केही निश्चित ठाँउमा २४ सै घण्टा काउन्टर सञ्चालन हुनेछ । अनि बिरामीको कार्डमा डाक्टरहरुको नाम चिनिने छाप र हस्ताक्षर अनिवार्य गरेका छौँ।

इमर्जेन्सीमा आउने सबै बिरामीलाई पहिलो डोजको औषधी निःशुल्क दिने व्यवस्था गरेका छौँ । यसमा नर्बेको हक्यान्ड विश्वविद्यालयले सहयोग गरेको छ । करिब तीन महिनाको अवधिमा ३ लाख रुपैयाँ मात्रै खर्च भएको देखिएकाले वर्षको १२–१५ लाखको बजेटमा यो योजना सञ्चालन गर्न सकिने रहेछ । यसमा मन्त्रालयले सहयोगको आश्वासन दिएको छ । अब आकस्मिक रुपमा कोही मानिसले बिरामी लिएर कान्ति आउँदैमा पैसा नभएर अल्मलिनु पर्दैन ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को बालरोग विशेषज्ञ उत्पादनमा सहकार्य गरिरहेको अस्पतालले दक्ष जनशक्ति उत्पादनका लागि के–कस्ता प्राज्ञिक काम गरिरहेको छ ?

अहिले कान्ति अस्पतालमा न्याम्सको बालरोग विशेषज्ञ उत्पादन १६औं ब्याच चलिरहेको छ । करिब ८० जना बालरोग विशेषज्ञ कान्ति अस्पतालले उत्पादन गरिसकेको छ । उनीहरु देशका विभिन्न भागमा पुगेर सेवा प्रदान गरिरहेका छन् । हामीले आफैँ पनि कान्ति बाल अस्पताललाई ‘इस्टिच्युट अफ चाइल्ड हेल्थ’ बनाउन खोजिरहेका छौँ।

हामीकहाँ सेवा दिने फोरम पनि छ । अनुसन्धानका कामहरु पनि भइरहेका छन् । हामीले नियमित रुपमा रिसर्चका साथै त्यसको समीक्षाका लागि पनि ‘इस्टिच्युसनल रिभ्यु कमिटी’ गठन गरेका छौँ । त्यसमा नेपाल हेल्थ रिसर्च काउन्सिलका प्रतिनिधि पनि सदस्य छन् ।

हामीकहाँ अध्ययन, अनुसन्धान पनि भइरहेको छ । नियमित रुपमा बिरामीको परीक्षण हुन्छ । नर्सिङ लगायतका कोर्षहरुमा प्रयोगात्मक कामहरु पनि भइरहेका छन्, सुविधासम्पन्न ल्याब पनि छ । सबै दृष्टिकोणबाट हेर्दा कान्ति बाल अस्पताल आफैँमा वृहत् पूर्वाधारयुक्त संस्था हो । त्यसैले हामीले यसलाई इष्टिच्युट बनाउनुपर्छ भनेर आवाज उठाइरहेका छौँ ।

यसपटक भने मन्त्रीज्यूले ‘जता पनि इस्टिच्युट माग्ने, तर काम नहुने भएकाले यस्तो प्रवृत्तिलाई अलि प्रोत्साहन नगरौँ’ भनेकाले मात्रै हामी मौन बसेका हौँ । अन्यथा कान्ति बाल अस्पताललाई इस्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन नसकिने होइन ।

कान्ति अस्पतालमा न्याम्सले नियमित रुपमा पिजीका विद्यार्थी उपलब्ध गराएको छ । जसले गर्दा कान्ति अस्पतालको सेवा प्रदान पनि प्रभावकारी बनेको छ । न्याम्सको शैक्षिक पूर्वाधार विकासमा कान्ति बाल अस्पतालको पनि योगदान छ ।

न्याम्सको एजुकेसन कमिटीमा म पनि सदस्य छु । कान्ति अस्पतालमा कार्यरत अध्यापकहरुले न्याम्सका विद्यार्थीको थेसिस गाइड गर्ने, निर्देशन दिने लगायतका काम गरिरहेका छौँ । भोलिका दिनमा हामी स्वायत्त भयौँ भने त्यसलाई सञ्चालन गर्नसक्ने जनशक्ति हामीसँग पनि छ।

कान्ति अस्पतालको जनशक्ति र क्षमताको अवस्था कस्तो छ ?

न्याम्समा अध्यापनरत जनशक्तिको स्तर र क्षमता विकासमा पनि हामीले काम गरिरहेका छौँ । अहिले एक वर्षमा ९ जना रेजिडेन्ट डाक्टर कार्यरत छन् । ३ वटा व्याच एकैपटक अध्ययनरत हुने भएकाले हरेक वर्ष २७ जना रेजिडेन्टले बिरामीलाई सेवा दिइरहेका छन् । रेजिडेन्ट डाक्टरहरुले यहाँको बिरामीको चाप भरथेग गरिरहेका छन् । उनीकहरुकै कारण अस्पतालको प्रतिष्ठा पनि कायम छ । किनकि रेजिडेन्ट डाक्टरले समस्यालाई त्यत्तिकै छाड्दैन ।

रेजिडेन्ट डाक्टरहरु आउनुभन्दा पहिले त्रिवी शिक्षण अस्पतालबाट दुई दिन डाक्टरहरुको टोली आएर बिरामीको उपचार गथ्र्यो । उनीहरु फर्केर गएपछि कान्ति अस्पताल संकटमा पर्छ भन्ने लागेको थियो, लगत्तै न्याम्ससँगको सहकार्यपछि अवस्था फेरिएको छ ।

अब हामीले डिएम कार्यक्रम सुरु गर्नेबारे सोच बनाउन थालेका छौँ । नियोनोटोलोजीमा हामीले काम सुरु गर्न गृहकार्य गरिरहेका छौँ । क्यान्सरमा पनि डिएम गर्ने बारे हामीसँग पूर्वाधार, बिरामीको चाप र प्राध्यापकहरुको कमी छैन ।

सरकारले हरेक प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा दिने तयारी गरेको छ । कान्ति बाल अस्पताल कहिलेसम्म काठमाडौँ केन्द्रित भइरहने ?

हामीले इस्टिच्युट अफ चाइल्ड हेल्थ स्थापना गर्न सक्यौँ भने देशका सबै प्रदेशमा बाल अस्पतालको पूर्वाधार र संयन्त्र विस्तार गर्न सकिन्छ । हरेक प्रदेशमा बाल अस्पताल स्थापना गर्नका लागि राजधानीको कान्ति बाल अस्पताललाई पूर्वाधार र स्वायत्तता दिनु आवश्यक छ ।

तर, यति हुँदाहँदै पनि हामीले सरकारको मुख ताकेर बसेका छैनौँ । केही दिनअघि मात्रै कान्ति अस्पतालको विशेषज्ञ टोलीले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आइसियू सञ्चालनका क्रममा तालिम दियो । भरतपुर अस्पतालका डाक्टर र नर्सहरुका लागि पनि कान्तिमा तालिम सञ्चालन गरिएको थियो ।
बालरोगसँग जोडिएका सबैजसो अनुसन्धानमा कान्ति बाल अस्पताल जोडिएकै छ । प्रादेशिक स्तरमा पनि बालविशेषज्ञ सेवा विस्तारका लागि काम गर्न सकिन्छ । संघीयता कार्यान्वयनका क्रममा विभिन्न प्रदेशमा बालरोग विशेषज्ञ सेवा, सीप र पूर्वाधार विस्तार गर्नुपर्छ । तर, त्यसका लागि सरकारले पूर्वाधार विस्तारको जिम्मा लिन सक्नुपर्छ, बाँकी काम हामी गर्न सक्छौँ । जनशक्ति र अन्य स्रोत साधनमा हामीले सरकारलाई सहयोग गर्न सक्छौँ ।

अस्पतालले भविष्यबारे के सोचेको छ ?

हामीले तत्काल गरिहाल्नुपर्ने काम विशेषज्ञ र अति विशेषज्ञ सेवाको विस्तार नै हो । सिविनको सहयोगमा कान्ति अस्पताल परिसरमै विशेषज्ञ सेवा विस्तारका लागि भवन निर्माण भइरहेको छ । अनि दोस्रोमा हामीले न्युरोसर्जरी, हाड र मुटुको सेवा विस्तार गर्नुपर्छ । हाडसम्बन्धी सेवाका लागि पूर्वाधार र सामाग्री भए पनि हामीले काम गर्न सकिरहेका छैनौँ । त्यसलाई विस्तार गर्नुपर्छ ।

यस्तै, डिएम कार्यक्रम जसरी पनि सुरु गर्नुपर्नेछ । अहिले धरानले पनि काम सुरु गरिसकेको छ । समग्रमा कान्तिको विस्तारका लागि इन्स्टिच्युट बनाउनेतर्फ हाम्रो माग सदा रहनेछ । यसका लागि हामी निरन्तर लागिरहेका छौँ । ४० प्रतिशत जनसंख्यालाई सेवा दिने अस्पताललाई स्वायत्त निकाय किन नबनाउने ?
हामीले स्वायत्त रुपमा काम गर्न सक्ने गरी आत्मविश्वास बढाएका छौँ । कान्तिलाई जसरी पनि ‘इस्टिच्युट अफ चाइल्ड हेल्थ’ बनाउने हाम्रो सपना हो, यति गर्न सकियोे भने नेपालको शिशु र बालबालिका उपचारमा निकै ठूलो उपलब्धी हासिल हुनेछ ।

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर ...

जनकपुरधाम ।महिला हिंसा रोक्न प्रदेश नम्बर २...

वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई ...

फलेवास, पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख...

काबुल : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही...

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको...

डोल्पा : ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत...

काठमाडौँ : नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं...

नुवाकोट : यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा...

काठमाडौँ : बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार...

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि...

ललितपुर : नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले...

राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु...

भक्तपुर : अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...

बग्दाद : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक...

लण्डन : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने...

इस्लामावाद : यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै...

बुटवल : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट...