Sun, 15 Jul 2018
ताजा समाचार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति || बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो || कमला बेसिनमा सरोकारबालालाई सक्रिय पार्न कार्यशाला || चन्द्रपुरमा ट्राफिक अस्तव्यस्त || हिंसा न्यूनीकरणका लागि 'एप्स’ || नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड || ‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष || अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए || सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह || अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल || ठूलीभेरीको बजेट २९ करोड || राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन || उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता || पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु || तीसहजार घुससहित साह नियन्त्रणमा || संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित || धान लाग्ने रोगका कारण किसान हैरान || छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु || भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु || सिरियामा १७ लडाकू मारिए || बेलायतले अफगानिस्तानमा थप सेना पठाउने || आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा || मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन || प्रदेश नं - ५ : दुई विधेयक प्रमाणीकरण ||
संसद्भित्रका दलहरूबीच फाटो नल्याइकन निर्वाचन गर्छौ–सञ्चारमन्त्री कार्की

०, ०
  •     निर्वाचन र संविधानको स्वीकार्यता बढाउने जिम्मेवारीका साथ गठन भएको सरकारसँग जेठभित्र स्थानीय निर्वाचन हुने विश्वसनीय आधार के छ ?

निश्चित रुपमा, हामी संसद्भित्र भएका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरूबीचमा कुनै फाटो नपारी, उनीहरूका राजनीतिक मतभेदलाई धेरै नच्यातिकनै सरकारले निर्वाचनमा जाने वातावरण बनाउछ, चाडै निर्वाचनको मिति घोषणा हुन्छ । प्रजातन्त्रलाई सुदृढ गर्ने यो अभियानमा हामी सफल हुन्छौ भन्ने विश्वास दिलाउन चाहन्छु ।

  •     प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई विश्वासमा लिएर निर्वाचनमा जाने हो कि मधेस केन्द्रित दलको माग पूरा गर्ने विषयलाई प्राथमिकता दिने हो ?

हामी एमाले समेतलाई लिएर मधेसमा चुनाव प्रचारमा जाने स्थिति बनाउन चाहन्छँंै । मधेसमा चुनावको माहोल बनोस्, बन्द हडताल नहोस्, सबै मुख्य धारका दलहरू चुनावमा होमियून् भन्ने चाहन्छौ । त्यसैले सरकार एउटालाई टाढा र अर्कोलाई नजिक बनाउने पक्षमा छैन । त्यसका लागि नै समय लागेको हो । अन्यथा क्षणभरमै निर्णय भइहाल्थ्यो नि ?

  •     यो सरकार गठन हुँदाका बखत गरिएका मुख्य लक्ष्य हासिल गर्न नेतृत्व कमजोर देखियो भन्ने आरोप छ नि ?

यो सरकार बनेपछि ३६ को पोजिसन लिइरहेका दललाई ६३ मा ल्याइयो । नितान्त फरक राजनीतिक पोजिसन लिइरहेका पार्टीहरू एक ठाउँमा बस्ने वातावरण बनेको छ । अहिले राजनीतिक दलले लिइरहेको अडान निर्वाचनका लागि मात्र हो । यो नाराले बढी मत प्राप्त गर्ला भन्ने मनसुवा होला । हामीले विस्तारै आन्दोलनरत दललाई संसद्मा ल्यायँैं जसले गर्दा अहिले आन्दोलनको अवस्था अन्त्य भएको छ । सबै दल प्रजातान्त्रिक बाटोमा आएका छन् ।

  •     सरकारले यो अवस्थालाई कसरी व्यवस्थापन गर्छ त ?

    सङ्कमणकालीन अवस्थामा पार लगाएर अगाडि बढ्न निकै अप्ठ्यारो हुन्छ तर, त्यसको सामना गर्नुको विकल्प छैन । राजनीतिक दललाई मिलाएर हिडाउन त्यति सजिलो होइन । यद्यपि हिउ पग्लँदै छ । चुनावको माहोल बन्दै गइरहेको छ । केही दिनभित्र चुनावको मिति घोषणा हुन्छ । त्यसपछि सबैको ध्यान निर्वाचनतर्फ उन्मुख हुनेछ ।

  •     प्रत्येक सरकारले स्थानीय निकायको निर्वाचन हाम्रै पालामा गर्ने भन्दै आएका हुन् तर परिणाम देखिएन । अब विश्वास गरिहाल्ने आधार के हो त ?

    संविधानको सबैभन्दा राम्रो पक्ष भनेको संविधानप्रतिको गुनासो राख्ने व्यवस्था स्वयम् संविधानमै हुनु हो । यो संवैधानिक अधिकार हो, यो संविधानको सुन्दर पक्ष हो । मत सिर्जना गर्नुहोस्, आफूले चाहेअनुसार संविधान संशोधन गर्नुहोस् । प्रजातन्त्र सुदृढ गर्ने मुख्य आधार स्थानीय तहको निर्वाचन नै हो । आवधिक निर्वाचन नहुदा जनता आजित भएका छन् । अब निर्वाचन हुन्छ, गर्नुपर्छ ।
    स्थानीय निर्वाचन भएपछि त्यसले सङ्घीयताको महत्वलाई दर्शाउनेछ । पहिले सङ्घीयताका बारेमा भावनात्मक कुरा बढी भए । स्थानीय निकायले कस्तो अधिकार प्रयोग गर्ने, प्रदेशलाई कस्तो अधिकार हुने, राजस्व सङ्कलन र खर्च प्रणाली कस्तो हुने भन्ने बहस कम भयो । हामीले जानेर हो वा नजानेर दक्षिण अफ्रिका लगायतका मुलुकका तुलनामा स्थानीय तहलाई बढी शक्तिशाली बनाउदै छौ । निर्वाचनपछि शक्ति प्रत्यायोजन हुदा जनताले सङ्घीयताको मर्म बुझ्ने छन् । नेपालमा प्रजातन्त्रलाई घनीभूत बनाउन, विस्तार गर्न र सुदृढ गर्न स्थानीय तहको निर्वाचन जरुरी छ । जेठभित्र स्थानीय निकायको निर्वाचन हुन्छ ।

  • तीन तहकै निर्वाचन सकेपछि मात्र अर्को सरकार बन्ने हो वा सहमति अनुसार एउटा निर्वाचनपछि सरकार परिवर्तन हुने हो ?

वर्तमान गठबन्धन टुट्न हुदैन, प्रतिपक्षमा रहेका दललाई सरकारमा सम्मिलित गराउन कोसिस हुनुपर्छ । यो नै सङ्क्रणकालको अत्यका लागि आदर्श स्थिति हुनेछ । यो सधै ठीक हुदैन, प्रजातन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुनैपर्छ । तर तत्कालका लागि आदर्श स्थिति बनाउनु नै ठीक हो । तेस्रो विश्वमा सरकार परिवर्तनलाई ठूलो रुपमा पनि लिनहुदैन ।

  • लोकतन्त्रमा दल बलियो हुने प्रजातन्त्र कमजोर हुने अवस्था आएको हो ?

दलहरू बलियो भएका छैनन् । दलहरू बलियो भएपछि प्रजातन्त्र पनि बलियो हुन्छ । दलहरू बलिया भए त प्रजातन्त्र बलियो भइहाल्थ्यो नि १ अहिले संस्था बोल्दैनन्, व्यक्ति मात्र बोल्छन् । पार्टीको स्थिति हेर्नुहोस्, दलहरू बोल्न छोडेको कति भो कति ? पार्टीका नेताका मात्र आवाज सुनिन्छ । पार्टीको स्ट्यान्ड के भन्ने स्थिति देखा पर्दैन । यो दल बलियो भएको स्थिति होइन । तर दल र प्रजातन्त्र एक अर्काका पूरक हुन् ।

  •     फागुन ७ गतेलाई कसरी स्मरण गर्न सकिन्छ ? यसको महत्व अब कतिको छ ?

प्रजातन्त्र स्थूल व्यवस्था होइन । यो गतिशील प्रक्रिया हो । प्रजातन्त्र चलायमान हुन्छ । प्रजातन्त्र स्थूल चिजजस्तो आउने जाने गर्दैन । यसका दुईवटा आयाम छन्– एउटा राजनीतिक र अर्को सामाजिक । आवधिक निर्वाचन हुनु, प्रेस स्वतन्त्रता हुनु, दलहरू खोल्न पाउनु राजनीतिक आयाम हो भने पढ्ने उमेरमा स्कुलसम्म प्रवेश पाउनु, काम गर्ने उमेरकाले काम पाउनु, बाटो र बिजुलीमा पहुँच हुनु, स्वास्थ्य सुविधामा पहुँच हुनु सामाजिक आयाम हो । यसका लागि लामो सङ्घर्ष जारी रहन्छ । सात सालदेखि नेपालमा औपचारिक र सचेतरुपमा प्रजातन्त्रको मूलबाटो हिड्ने प्रयास भएको हो । त्यसकारण सात साल र फागुन ७ गतेको महत्व छ । यो दिनलाई सम्झिरहनुपर्छ । वर्तमान पिँढीलाई पनि सात सालले ल्याएको परिवर्तनबारे बुझाउन जरुरी छ ।

  •     फागुन ७ गते जस्तै सहिद र प्रजातन्त्रका नाममा अरु दिन पनि विदा दिने गरिदै आइएको छ । खासमा कुन दिनलाई महत्व दिन हो ?

यसका लागि बलियो जनादेश भएको सरकार चाहिन्छ । त्यो निर्वाचनले मात्र दिन सक्छ । आगामी दिनमा नेपाली जनताले कस्तो आदेश दिन्छन्, लोकप्रिय मत पाएको सरकारले मात्र त्यस्तो निर्णय लिन सक्छ । अहिले सबैको चित्त बुझाउन खोज्दा यो स्थिति आएको हो । नयँ संविधानअनुसार निर्वाचन भएर गठन हुने सरकार स्वतः शक्तिशाली हुन्छ । अहिलेको जस्तो भद्रगोल अवस्था रहदैन ।

  •     मन्त्री ज्यू, अब प्रसङ्ग बदलौं । सरकार र राज्यले राससबाट के कस्ता समाचारको अपेक्षा गरेको छ ? समाचारका विषयवस्तु कस्ता हुनुपर्छ ?

    राष्टिूय समाचार समिति नेपालको सबैभन्दा पुरानो एकमात्र आधिकारिक समाचार संस्था हो । आज पनि समाचार संस्थाको रुपमा यसको स्थान अन्य सञ्चारमाध्यमले लिन सकेको छैन । आजभोलि आधिकारिक एवम् विश्वसनीय एजेन्सीलाई उद्धरण नगरेका समाचारको भरमार प्रयोग हुँदै आएको छ । पत्रकारले विशेष सूत्रका अनुसार भनेर समाचार दिने गर्छन् । पत्रिकाले समाजलाई पारदर्शी बनाउनुपर्नेमा आफंैले अपारदर्शी कुरा गर्दै आएको देखिन्छ । यो स्रोतले भन्यो भन्नु अपारदर्शी कुरा हो, अप्रजातान्त्रिक हो ।
    राससले फेरिएको समयमा आप्mनो भूमिका निर्वाह गर्नका निम्ति अझ बढी जागरुक हुन जरुरी छ । अरुले नओगटेको स्थान राससले लिनुपर्छ । राससले केन्द्रको मात्र होइन किनाराको गाउँ र दूरदराजको खबर ल्याउनुपर्छ । सकारात्मक र जनसरोकार राख्ने गुनिला खबर राससले दिनुपर्छ । अहिले विदेशी पत्रपत्रिका र पिटीआइ, युएनआइ जस्ता विदेशी संस्थालाई उद्धृत गरेर विदेशका समाचारहरू दिने गरेको देखिएको छ भने कतिपय समाचार संस्थाले अन्दाज, वैचारिक आग्रह, पक्षगतपूर्ण तरिकाले समाचार बनाइआएको देखिन्छ । यस्ता समाचारले समाजलाई लाभ भन्दा हानि बढी गर्छ ।

  •     राससलाई नयाँ सोचका साथ अगाडि बढाउने विषयमा यहाँको धारणा के छ ?

    जहाँ पत्रपत्रिका पुग्दैनन् त्यहँ रासस पुग्नुपर्छ । चम्किलो काठमाडौँको मात्र होइन, आममानिसभित्र भएका नायकलाई यसले बाहिर ल्याउनुपर्छ । धेरैले राससबाट सम्प्रेषित समाचारलाई आधिकारिक ठान्छन् किनकि यसका समाचार वैचारिक आधारमा उलटपुलट गरिएको हुँदैनन् ।

  •     राससको संस्थागत विकासका लागि सरकारको भूमिका कस्तो हुनेछ ?

राससको नेतृत्वसँग मेलै भनेको छु, राससलाई शक्तिशाली र प्रभावकारी बनाउन योजना लिएर आउनुहोस् । संस्थाको विकास र विस्तारका लागि थप बजेटको व्यवस्था गर्न सरकार प्रतिबद्ध छ । भवन निर्माणलगायत राससलाई साधनस्रोत सम्पन्न बनाउने विषयमा मन्त्रालयले आवश्यक मद्दत गर्नेछ । सङ्घीयतालाई दृष्टिगत गरी राससको नीतिगत व्यवस्था मिलाइनेछ ।

  •     पत्रकारको बिमा र न्यूनतम पारिश्रमिकलाई सरकारले कसरी व्यवस्थापन गर्दैछ ?

सरकार मातहतका संस्थामा न्यूनतम पारिश्रमिक लागू गरिएको छ । अरु ठूला सञ्चारगृहलाई पनि न्यूनतम पारिश्रमिक लागू गर्न भनेका छौ । यसमा सम्झौता हुन सक्दैन । ठूला सञ्चार माध्यमका गुनासालाई सम्बोधन गर्ने भए आफूहरू कार्यान्वयन गर्न तयार छौ भनेर उनीहरूले भनेका छन् ।

  •     पत्रकारितामा देखिने राजनीतिक रङ्ग हटाउन र यो क्षेत्रलाई व्यावसायिक र पारदर्शी बनाउन के गर्नुपर्ला ?

    पत्रकारले मन रुदारुदै पनि सँचो कुरा लेख्नुपर्छ । एउटा पत्रकार एउटा निश्चित पार्टीसग प्रभावित होला, मन पर्दो पनि होला तर, पेसागत मर्यादाअनुसार सत्य लेख्ने आँट गर्नुपर्छ । पार्टीमा मेरो त सहानुभूति मात्र हो, पार्टीले गरेको कुरा गलत हो भनेर लेख्न सक्नुपर्छ । आफूले आस्था राख्ने पार्टीले गलत नै गरे पनि त्यसलाई बङ्ग्याएर लेख्नु पत्रकारिता होइन ।

 

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर ...

जनकपुरधाम ।महिला हिंसा रोक्न प्रदेश नम्बर २...

वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई ...

फलेवास, पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख...

काबुल : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही...

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको...

डोल्पा : ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत...

काठमाडौँ : नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं...

नुवाकोट : यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा...

काठमाडौँ : बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार...

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि...

ललितपुर : नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले...

राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु...

भक्तपुर : अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...

बग्दाद : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक...

लण्डन : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने...

इस्लामावाद : यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै...

बुटवल : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट...