Wed, 12 Dec 2018
ताजा समाचार
योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड ||
नयाँ कार्य समितिको शपथ ग्रहण

एम के चौधरी माघ २९, २०७४

गरुडा  ।  गरुडा  खानेपानी  तथा  सरसफाई  उपभोक्ता  समिति  गरुडाको  शपथ  ग्रहण  तथा  प्रमाणपत्र  वितरण  कार्यक्रम  सम्पन्न  भएको  छ  ।    माघको पहिलो हप्तामा सम्पन्न समितिको पहिलो साधारण   सभाले   पंकजकुमार   जयसवालको   अध्यक्षतामा  १३  सदस्यीय  कार्य  समितिको  चयन  गरेको थियो । समितिको स्थापना भएको समयदेखि नै तदर्थ समिति थियो । शपथ   ग्रहण   तथा   प्रमाणपत्र   वितरण   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इलाका प्रशासन  कार्यालय  गरुडाका  प्रमुख  अमृतकुमार  श्रेष्ठले    खानेपानी    संस्था    सर्वसाधारणको    स्वास्थ्यसित  जोडिएको    अत्यन्त  सम्वेदनशील  भएकोले स्वास्थ्यको दृष्टिले गम्भीर भएर संचालन गर्न  आग्रह  गरेका  छन्  ।  समितिको  कार्यालय  पानीटंकीमा सम्पन्न कार्यक्रममा संघीय समाजवादी फोरम  नेपालका  मधेस  प्रदेश  सदस्य  तथा  रेडियो  मधेस  मसला  एफएमका  संस्थापक  वृजकिशोर  यादवले   प्रदेशमा   फोरमको   सरकार   बनेपछि   खानेपानी तथा सरसफाइको क्षेत्रमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा    माओवादी    केन्द्रको    पूर्व    केन्द्रीय सदस्य सुरेन्द्र जयसवाल, राजपा नेपालको कन्थमुनिप्रसाद जयसवाल, नेपाल उद्योग वाणिज्य महासंघका  पूर्व  केन्द्रीय  सदस्य  धर्मनाथ  प्रसाद  जयसवाल, पूर्व गाविस उपाध्यक्ष रामकृष्ण चौधरी, मध्यरौतहट  बहुमुखी  क्याम्पसका  पूर्व  अध्यक्ष  भुवनेश्वर  राम  जयसवाल,  नागरिक  समाजका  रामयतन रौनियार, वडा सचिव राजनारायण यादव, विन्दु पटेल लगायतकाले  शुभकामना      मन्तव्य      व्यक्त  गर्दै  समितिलाई  आफ्नो तर्फबाट सहयोग गर्न  र  समितिलाई  अझ  राम्रोसँग  संचालन  गर्न  सुझाव दिएका छन् ।समितिके पूर्व सचिव काशीप्रसाद     साहको     अध्यक्षतामा     भएको     कार्यक्रममा  नवनिर्वाचित  अध्यक्ष   जयसवाललाई   साहले   शपथ   ग्रहण   गराएका छन् भने सम्पूर्ण निर्वाचित    पदाधिकारी    तथा      सदस्यहरुलाई      नवनिर्वाचित    अध्यक्ष    जयसवालले शपथ ग्रहण गराएका छन् । निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका छन् । नवनिर्वाचित अध्यक्ष जयसवालले समितिलाई अत्यन्त राम्रोसँग संचालन  गर्दै  आगामी  तीन  वर्षमा  कम्तीमा  दश  लाखको  बचत  कोष  खडा  गर्ने,  नगरको  पाँच  स्थानमा  सार्वजनिक  धारा  जडान  गर्ने  प्रतिबद्धता  व्यक्त गरेका छन् । माघको  पहिलो  हप्ता  समितिको  साधारण  सभाले  समितिको  उपाध्यक्षमा  लछुमन  साह,  कोषाध्यक्षमा  दिलीपकुमार  साह,  महासचिवमा  नागेन्द्र चौरसिया, सचिवमा मौजेलाल साह बनिया तथा  सदस्यमा  महेन्द्र  पंडित,  विन्दु  पटेल,  रामजी  साह सोनार, राम एकबाल साह, प्रमोद चौधरी, मन्जु कर्ण,  पार्वती  देवी  बनियाइन,  उमादेवी  कलबारिन  निर्वाचित भएका थिए । प्रमाणपत्र र शपथ ग्रहणपछि सोमवारदेखि नै नयाँ कार्य समितिले पदभार ग्रहण गरेका छन् ।

Comment Box

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...