Mon, 24 Sep 2018
ताजा समाचार
डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग ||
पृतना बन्ने भएपछि घरबार गुम्ने भयले त्रस्त भए सुकुम्बासी

रासस फाल्गुन २९, २०७४

गौशाला  ।  बर्दिबास  नगरपालिका  ८  मा  अवस्थित  भूमिहीन सुकुम्बासीहरूको विजय बस्तीका रामबहादुर दर्लामी विगत एक   महिनादेखि   सुत्न   पाएका   छैनन्   ।   रात÷रातभर   जाग्राम   बस्छन् । घरी रुने, घरी हाँस्ने मात्र हैन कति पटक घरबाटै उनी भागे । उनी बहुलाहा जस्तै भएका छन् । उनको   यस्तो   दुर्दशा   किन   भयो  होला  ?  आफ्नो  थातथलो  र  गरिखाने करीब दुई बिगाहा खेतबारी सबै  गुम्ने  भएकाले  उनी  यस्तो  अवस्थामा पुगेका रहेछन् ।त्यस्तै,  सोही  बस्तीका  पवन  कुमार विश्वकर्मा पनि घरबारसहित एक  बिगाहा  जग्गा  गुम्ने  त्रासले  ननिदाएको  महिना  दिन  पुग्यो  ।  लाखौं लगानी गरेर बनाएको घरबार र  लाखौं  मूल्य  पर्ने  खेतबारीमा  लगाइएको रुख, विरुवा, बालीनाली सबै   गुम्ने   भयले   उनको   निद्रा   हराएको हो ।त्यस्तै, सोही बस्तीका विन्देश्वर महतो पुस्तौंदेखि बस्दैआएको घर र परिवारको जीवन धान्ने खेतबारीबाट अचानक  उठिबास  हुनुपर्ने  अवस्था  अगाडि   आएर   विक्षिप्त   जस्तै   भएका छन् । उनी २४ घण्टा जस्तै बर्बराउँछन् र रोएर बस्ने गर्छन् ।खिन्न मुद्रामा एकैपट्टि टोलाएर बस्ने भएका छन् स्थानीयवासी नर बहादुर  खनाल  ।  उनले  आफ्ना  बाबुबाजेले  गिट्टी  कुटेर,  बालुवा  चालेर  र  ज्याला  मजदुरी  गरेर  उजाड   ठाउँलाई   बस्न   योग्य   बनाए  ।  अहिले  यही  थातथलो  कसैले एक झट्कामै हरण गरेको सुनेपछि उनको होश नै गुमेको छ । उनको खाने, बोल्ने र सुत्ने बानी बिथोलिएको छ । यी  केही  प्रतिनिधि  पात्रहरू  हुन्  ।  यस  बस्तीमा  त्यस्ता  पीडा  बोक्ने  ७०÷७५  घर  परिवार  छन्  जसको रातको निद्रा र दिनको चयन खोसिएको छ ।महोत्तरी            जिल्लाको            रातु  खोलाको  नदी  उकास  जग्गामा  २०५१   सालदेखि   ती   भूमिहीन   परिवार बस्दैआएका छन् । उनीहरूले त्यहाँका २ बिगाहा ९ कट्ठा घडेरीमा आफ्नो  घरबार  बनाएका  छन्  र  त्यहीँको  ६०  बिगाहा  जति  जग्गा  चर्चेर  खेतीबारी  गर्दैआएका  छन्  ।  तर,  उनीहरूसँग  दुबैको  लालपूर्जा  छन्  ।  कसैले  दुई  त  कसैले  तीन  पुस्ता  यही  ठाउँमा  बिताइसके  ।  उनीहरू  एक  आपसमा  आफूले  चर्चेको  घर  र  जमिन  आवश्यक  परेका   बेला   बिना   लालपूर्जा   किनबेचसमेत गर्ने गर्छन् ।यसरी  वर्षौंदेखि  भोगचलन  र  खनजोत गर्दै आएको जग्गा जमिनमा अचानक   तीन   महिना   अगाडि   पुस  २०  गते  नेपाल  सरकारले  २  नं  प्रदेश  स्तरीय  नेपाली  सेनाको  पृतना  बनाउन  अनुमति  दिएको  खबर  सुनेर  उनीहरूको होस उडेको हो ।स्थानीय             भूमिहीन             सुकुम्बासीले  आन्दोलन,  संघर्ष  र  कुनै  उपाय  गर्दा  पनि  पुस्तैनी  बस्दै  आएका  यहाँको  जमिनको  लालपुर्जा  लिन  सकेनन्  ।  तीन  महिना  अघि  पृतना  बनाउने  भनी  लालपुर्जासमेत  बनाएर  सरकारले  नेपाली  सेनालाई  दिएको  सुनेर  विजय     बस्तीका     भूमिहीन     सुकुम्बासीहरू अचम्ममा परे ।एक  महिना  अघि  नेपाली  सेनाको श्री २ नं युद्धकवच गणले त्यहाँ   आएर   विजय   बस्तीले   चर्चेको  ६०  बिगाहा  र  वरपरका  करिव  ३२६  बिगाहा  जमिनमा  तारबार लगाइदिए । साठी बिगाहा जग्गामा  लगाइएका  बाली  र  रुख  विरुवा  समेतमा  अचानक  बार  बेरेर  अबदेखि  यसभित्र  स्थानीय  बासिन्दाको   कुनै   हकअधिकार   नभएको   जनाउ   दिँदै   सेनाले   यसभित्र प्रवेश नगर्नू भन्ने आदेश दिए । यस बस्तीका बासिन्दाहरूका अनुसार   ६०   बिगाहा   खेतीयोग्य   जग्गासहित ११ जनाको घरबार पनि पृतनाको नक्साभित्र परेको छ । बाँकी रहेका   घरबारको   पनि   लालपुर्जा   आफूहरूसँग  नभएकाले  पूरै  बस्ती  नै  सेनाले  खोस्ने  हो  कि  भने  भयले  उनीहरूलाई सताइरहेको छ ।उनीहरूले             आफ्नो             थातथलो   जोगाइदिन   बर्दिवास   नगरपालिकाका    प्रमुख    विदुर    कार्कीलाई गुहारेका छन् । प्रमुखले माथि कुरा गर्ने र बस्ती जोगाउन पहल   गरिदिने   वचन   दिएको   उनीहरू बताउँछन् ।त्यसैगरी,            भूमिहीन            सुकुम्बासीको    हकअधिकारको    संरक्षण  गर्न  र  उनीहरूलाई  भूमि  दिलाउन   सक्रिय   भूमिअधिकार   मञ्च  जिल्ला  समिति  महोत्तरी  पनि  उनीहरूको  पक्षमा  उभिएको  छ  ।  मञ्चका  केन्द्रीय  सदस्य  फौदसिंह     स्याँग्वाले     नेपाल     सरकारले   कुनै   पनि   हालतमा   त्यहाँका भूमिहीन सुकुम्बासीलाई घरबारविहीन  बनाउन  नसक्ने  र  उनीहरूले  वर्षौंदेखि  चर्चिआएको  जग्गा बिना सूचना हडप्न नपाउने बताउँछन् ।कसैको       जीविकोपार्जनको       आधार  र  थातथलो  नै  खोस्ने  गरी  सरकारले  चाल्न  लागेको  कदमको  विरोधमा स्थानीयस्तरदेखि केन्द्रसम्म भूमिहीन    सुकुम्बासीलाई    लिएर    आन्दोलन  र  संघर्षका  कार्यक्रम  गर्ने  जानकारी पनि उनले दिए ।सरकारले त्यस बस्तीलगायत वरपरका     सम्पूर्ण     भूमिहीन     सुकुम्बासीका      घरबार      र      उनीहरूले  खनजोत  गर्दैआएका  जग्गा  बराबरको  जग्गा  अन्यत्र  उपलब्ध गराउनुपर्ने नभए स्थानीय स्तरमा चलनचल्तीमा रहेको मूल्य बराबरको   मुआब्जा   उपलब्ध   गराउनुपर्ने माग मञ्चको छ ।त्यस्तै,  भूमिअधिकार  मञ्च  जिल्ला    समिति    महोत्तरीका    संयोजक   राजकुमार   बस्नेतले   भूमिहीन   सुकुम्बासीलाई   कुनै   जानकारी  नै  नदिई,  उनीहरूसँग  कुनै  छलफल  नै  नगरी  उठिबास  गराउने    योजनाप्रति    मञ्चको    गम्भीर    ध्यानाकर्षण    भएको    बताउँदै      मञ्चले      भूमिहीन      सुकुम्बासीहरूको हकअधिकारको लागि कुनै पनि कदम चाल्नसक्ने चेतावनी दिए 

Comment Box

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...