Tue, 18 Sep 2018
ताजा समाचार
१५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज || नेपाल वैद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियन जनकपुर -सगरमाथा || सर्पदंशबाट वृद्धको मृत्यु || फ्लोरेन्स समुद्री आँधीमा परेर ४ जनाको मृत्यु, ६ लाख घरमा || काम नगर्ने गैरसरकारी संस्था बाहिरिने || रासायनिक मलको अभाव || एसिड पीडित दिदीबहिनीलाई बचाउन अभियान || सप्तर्षिको पूजा गरी हिन्दू नारीहरुले आज ऋषिपञ्चमी पर्व मनाउँदै || खुला दिसामुक्त हुन सकेन मलङ्गवा || राजपा धनुुषाले ब्ल्याक आउट गर्ने || मेयर सरावगीद्वारा राजिनामामेयर सरावगीद्वारा राजिनामा || प्रहरी इञ्चार्ज घुससहित पक्राउ || प्रधानमन्त्री ओलीको शुभकामना || मलेसियामा अब नेपालीसहित विदेशी कामदारले १३ वर्ष बस्न पाउने || भलिबलमा भुलेको जिन्दगी || २ सय २१ किलोको लड्डु सहित गणेश चतुर्थी पुजा || पटना - जनकपुर बस सेवा || डोटीको रुवसकाँडामा बस दुर्घटना || संसद् अवरुद्ध ||
ठेकदारहरु साँसद भएपछि करोडौको सडक, पुल अलपत्र

टुडे समाचारदाता चैत्र ६, २०७४

जनकपुरधाम । ठूला निर्माण कम्पनीका ठेकदारहरु  साँसद  र  नेता  भएपछि  निर्माण  कार्यहरु अलपत्र पर्न थालेका छन् ।सडक, पुल लगायत निर्माणका ठूला ठेकदारहरुले समयमा  काम  नगर्दा  सर्वसधारणले  सास्ती  भोग्नु परेको छ । दुई वर्ष भित्र काम सकिनु पर्ने  ठेक्का  सम्झौता  भएका  योजनाहरु  अलपत्र परेका छन् ।ठेक्का लागेपछि सडक निर्माण  हुने  आशा  सञ्जोएका  झण्डै  १८  वडा  गाउँका  बासिन्दाहरु  निर्माण  अलपत्र  परेपछि निराश बनेका छन् ।जनकपुरको  कदम  चौकदेखि  कमला  नदी नजिक सम्म दुई पार्टमा ठेक्का लागेको २५  किलोमिट  सडकको  निर्माण  र  कमला  नदीको पुल निर्माण समयमा पुरा हुने संभावना समाप्त हुन थालेको छ ।स्थानीय बासिन्दाहरु सडक  निर्माणको  कार्य  आधीपनि  नभएको  बताउँछन् ।२५ किलोमिटर लामो सडक निर्माणको मुल   ठेकदार   रमण   कन्सट्रक्सन   भएपनि   उसले  कमल  कन्सट्रक्सनलाई  काम  दिएको  छ  ।कमल  कन्सट्रक्सनले  सडक  निर्माणको  ठेक्का  लिएको  छ  ।कमला  पुलको  ठेक्का  बीरगञ्जका   पप्पु   कन्सट्रक्सन   कम्पनीले   लिएको  छ  ।  २०७३  साल  असार  ३१  गते  ठेक्का  सम्झौता  भएको  थियो  ।२४  महिना  भित्र  निर्माण  कार्य  सम्पन्न  गरिसक्ने  उक्त  सम्झौताको  अवधी  २०७५  साल  असार  ३०  गते  सम्म  रहेको  छ  ।तर  काम  हुन  सकेको छैन् । स्थानीय बासिन्दाहरुले सडक निर्माणको   कार्यमा   ठेकदारले   जानाजानी   ढिलाई गरेको आरोप लगाएका छन् ।‘ठेकदारले काम गर्न चाहेको छैन्’संघिय समाजवादी फोरम नेपाल  धनुषाका  वरिष्ठ  उपाध्यक्ष  पशुपति  यादवले भने, ‘गर्मीमा धुलोले सास्ती र वर्षामा हिलोले सास्ती भोग्नु परेको छ ।’गर्मीमा सडकमा उड्ने अत्यधिक धुलोले मोटरसाईकल,  साईकल,  टेम्पो  लगायतका  सवारी   साधनहरु   प्रयोगगर्दा   मानिसको   अनुहार  चिन्नै  नसकिने  हुने  गरेको  उनले  बताए  ।गर्मीमा  अत्यधिक  धुलो  उड्छ  र  वर्षामा खाल्डो खुल्डो भै पानी भरिने कारण अबरुद्ध हुने गरेको उनको कथन छ । स्थानीय बासिन्दाहरुको  दवावमा  बिहान  र  बेलुका  सडकमा  पानी  छर्कने  प्रबन्ध  ठेकदारले  मिलाएका छन् ।तर तराईको चैत महिनाको गर्मीमा  छर्किएको  पानीले  एक  घण्टापनि  राहत  हुँदैन्  ।हुलाकी  राजमार्ग  निर्माण  हुँदा  जनकपुरबाट  ढल्केवर  जाने  समय  भित्रै  मानिसहरु सोझै सिरहा पुग्ने छन् । सरकारले बजेट   दिएपनि   ठेकदारहरुले   निर्माणमा   चरम  लापर्वाही  गर्न  थालेपछि  योजनाहरु  अलपत्र पर्न थालेको छ ।नेपाली काँग्रेसका केन्द्रिय  सदस्य  एवं  पूर्व  मन्त्री  रामकृष्ण  यादवले   कामलाई   तिव्ररुपमा   निर्धारित   समयमै सम्पन्न हुने गरी नथालिए स्थानीय बासिन्दाहरु  सहित  अनशन  गर्ने  चेतावनी  दिएका छन् ।‘ठेकदारको लापर्वाहीले निर्माण काम कमसल र ढिलो भएको छ ‘उनले भने, हाल सम्म आधी काम पनि भएको छैन् ।समयमै काम सम्पन्न हुने गरी तिव्रता नदिए अनशन बस्ने  छु  ’।  समयमै  निर्माण  सम्पन्न  भए  वरदान हुने सडकमा ढिलाई हुँदा अभिशाप बनेको उनले बताए ।सडक छेउका मात्र नभै वस्ती  सम्मै  धुलोले  मानिसहरु  बिरामी  पर्न  थालेको उनले दुखेसो सुनाए ।तर  ठेकदार  किसोरी  साहले  मापदण्ड  अनुसारको सडक खाली नगरिएको बताउँदै काम गर्न कठिनाई भएको बताए ।‘सडकको काम निर्धारित समयमै पुरा हुनेछ ’उनले भने, अधिकांश  काम  भईसकेको  र  कालोपत्रे  मात्र गर्ने काम बाँकी रहेकाले चाँडै हुनेछ । दिनभरी  सडकमा  पानी  छर्केर  ठेकदार  बसे  ठूलो नोक्सान हुने उल्लेखगर्दै उनले भने, दुवै प्याकेजको  कार्य  निर्धारित  समयमै  सम्पन्न  हुनेछ  ।  ठेकदार  साह  धनुषा  जिल्लाको  निर्वाचन  क्षेत्र  नम्बर  १  को  ‘ख’बाट  प्रदेश  सभा साँसदमा निर्वाचित भएका हुन् ।सांसद भएपछि जनगुनासोलाई वेवास्त ागर्न थालेको आरोप स्थानीयहरुले लगाएका छन् ।कमला  नदीको  पुलको  ठेक्कदार  पप्पु  कन्स्ट्रक्सनका  प्रबन्ध  निर्देशक  हरिनारायण  रौनियार पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३  बाट  प्रतिनिधि  सभा  सदस्यमा  निर्वाचित  भएका  हुन्  ।उनले  ठेक्का  लिएको  पुल  निर्माणको कार्यपनि निर्धारित समयमा सम्पन्न हुने संभावना छैन् । ठेकदारहरु नै जनप्रतिनिधि भएपछि  निर्माण  कार्यहरु  अलपत्र  परेका  छन्  ।धनुषा  जिल्लाको  अधिकांश  ठेक्का  लिएका रमण कन्सट्रक्सनका प्रबन्ध निर्देशक बलराम  गुप्तापनि  राजनीतिमा  सकृय  हुन  थालेका छन् ।

File photo

Comment Box

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...

जनकपुरधाम । नेपाल वैद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड...

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिकामा सर्पदंशबाट आज एक वृद्धको मृत्यु...

काठमाडु । अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली...

बर्दिबास । धानको बाली लाग्ने बेलामा...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ६ घर भएकी...

काठमाडु । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज...

सर्लाही : जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा...

जनकपुरधाम । संविधान जारी भएको दिन असोज ३ गते राष्ट्रिय...

वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिकाका मेयर विजय कुमार...

गौशाला : महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु...

काठमाडु । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको प्रधानमन्त्रीमा पुनःनिर्वाचित...

मलेसिया । मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न...

बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो...

जीतपुर : २ सय २१ किलोको लड्डु बिशेष आकर्षण...

जनकपुरधाम । बिहारका मुख्यमन्त्री नितिश कुमारले मंगलवार पटनाबाट पठाएको बस...

धनगढी : दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं...

काठमाडु : प्रतिनिधिसभाको आजको बैठक शुरु हुने वित्तिकै...