टुडे समाचारदाता
चैत्र १२, २०७४
जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेश सभाको बैठक सोमवार बस्ने भएको छ ।बैठकमा आर्थिक कार्यबिधी ऐन प्रस्तुत गर्ने सरकारले तयारी गरेको छ ।फागुन २९ गते सुचना टाँसेर स्थगित भएको बैठक फागुन ६ गते सारिएको थियो ।तर उक्त दिनपनि सुचना टाँस गरी बैठकलाई १२ गतेका लागि सारिएको छ ।प्रदेश सभा बैठकका लागि चाहिने आवश्यक बिल(विधेयक)हरु तयार गर्न सकेको छैन् । प्रदेशका लागि विभिन्न कानुनहरु बनाउनु पर्ने भएकाले संसदको बैठक नियमित बस्नु पर्ने स्थिति छ । तर सरकारले संसदलाई व्यस्त रहने बिजनेश दिन सकेको छैन् । सरकारले आर्थिक कारोबार सुचारु गर्न आर्थिक कार्यविधि ऐन पारित गर्न चाहेको छ ।उक्त ऐन पारित भएपछि प्रदेश सरकार र विभिन्न मन्त्रालयहरुको नाउँमा खाता सञ्चालन हुने छ ।संघिय सरकारबाट प्राप्त १ अर्ब २ करोड बजेटमा केन्द्रित रही प्रदेश सरकारले ४ महिनाका लागि बजेट ल्याउने तयारी गरेको छ ।यसैबीच सत्तारुढ संघिय समाजवादी फोरम नेपाल संसदीय दलका नेता मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादवलाई नियुक्त गरेका छन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’बाट प्रदेश सभामा निर्वाचित साँसद यादव राजनीतिक शास्त्रमा स्नोत्तकर गरेका हुन् ।एमाले, माओवादी केन्द्र, नेपाली काँग्रेसमा प्रमुख सचेतक नियुक्त भएका छैनन् ।प्रमुख सचेतकले आफ्ना पार्टीका साँसदहरुमा व्हिप लगाउने, संसदलाई व्यवस्थित रुपमा सञ्चालन लगायत राजनीतिक विवादहरु देखिए सभामुखसित छलफल गरी समाधान गर्ने दायित्व निर्वाह गर्छन् । सत्तारुढ र विपक्षी दलका प्रमुख सचेतहरुलाई गाडी सुविधा दिने गरिएको छ ।