Thu, 15 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
प्रदेश २ मा भ्रष्टाचारले क्यान्सरको रुप लिएको छः मुख्यमन्त्री राउत

टुडे समाचारदाता चैत्र २१, २०७४

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर–२ मा भ्रष्टाचार क्यान्सरको रुप लिइसकेको जिकिर गरेका छन् । ‘अभियान समृद्धिको, साझेदारी नीजि क्षेत्रको’ नाराका साथ मंगलबार जनकपुरमा भएको प्रादेशिक आर्थिक बहसमा बोल्दै मुख्यमन्त्री राउतले भ्रष्टाचार र कुशासन अन्त्य भए प्रदेश समृद्ध बन्ने दावी गरे । नेपाल उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिकाको संयुक्त आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ र जनकपुर उद्योग वाणिज्य संघको सहआयोजनामा गरिएको बहस कार्यक्रममा उनले लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।  प्रदेशमा जलस्रोत,कृषि,पर्यटन र खनिज उत्खनन लगायतका क्षेत्रमा लगानी गर्न सकिने आधार पेश गर्दै आफ्नो प्रदेशलाई आफ्नै उत्पादन र राजश्वबाट आत्मनिर्भर बनाउदै देशकै लागि महत्वपूूर्ण योगदान दिने दिशामा आफूहरु अगाडि बढेको बताए । त्यसका लागि निजी क्षेत्रको साथ र सहयोगको आवश्यकता रहेको उनले बताए । वातावरण तयार गर्ने जिम्मा हाम्रो छ, उनले भने–‘ढुक्क भएर लगानी गर्न तपाईहरु आउनुस् ।’ टिकाउ पर्यटक भित्र्याउनको लागि पयर्टकीय स्थलहरुको विकास गर्नुपर्ने तर्क उनको थियो । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको अध्यक्षतामा भएको बहसमा मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ लाई ‘शिक्षा हव’ को रुपमा विकास गर्ने बताए । प्राविधिक शिक्षाको हव प्रदेश नम्बर–२ लाई बनाउनुपर्छ, उनले भने–‘पारम्परिक शिक्षाले काम चल्नेवाला छैन् । प्रदेशको विकासमा सहयोग गर्नको लागि विपक्षी दलका नेताहरुलाई पनि उनले आग्रह गरे । सम्भाव्यताले भरिएको प्रदेश नम्बर २ मा कृषिमा आधारित उद्योगहरु संचालन गर्नुपर्ने तर्क उनको थियो । कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक विकासको अभियानलाई केन्द्रबाट सुरुवात गर्नुभन्दा स्थानीय तहबाटै सुरु गर्नुपर्ने बताइन् । उनले प्रत्येक गाउँ, टोलमा मानिसहरूलाई उद्यमी बनाएर स्थानीय तहमा आर्थिक जागरण ल्याउन, स्थानीय जनतालाई उद्यमी बनाउन र स–साना कामलाई पनि व्यवसायमा रुपान्तरण गर्न महासंघले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइन् । कार्यक्रममा पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रको चाहना सुशासन र पारदर्शी प्रशासन रहेको बताए । लगानीमैत्री वातावरण बन्न सके देशमा कायापलट हुने कुरामा कुनै शंका नरहेको बताए ।निजी क्षेत्रले देशको जीडीपीमा ७०, रोजगारीमा ८० र राजश्वमा ७० प्रतिशत हिस्सा ओगटेपनि सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने नबनेको नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । कार्यक्रममा अर्थविद डा भोगेन्द्र झाले सर्मपण र राजनीतिक प्रतिवद्धता भएमात्र समृद्धि ल्याउन सकिने वताए । अर्का अर्थविद डा इन्दुशंकर मिश्रले प्रदेश नं २ सम्भाव्यताको प्रदेश रहेको वताउदै वास्तविकरुपमा विकास गर्नको लागि इच्छाशक्तिको आवश्यकता रहेको वताए । कार्यक्रममा प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले मुख्यमन्त्री लालबाबु राउतले विभिन्न कार्यक्रममा सहभागी भएर प्रदेशको विकास सम्भव नहुने बताए ।  उनले प्रदेशमा ४१ वटा विद्येयक वनाउनुपर्नेमा अहिले सम्म १ वटा विद्येयक मात्र पास हुन सकेकोले यसतर्पm गंभिर हुन आग्रह गरे ।

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...