असल अभिभावकत्व प्रदान गर्ने प्रदेश सदस्य सारदा थापा
-
निकेश खनाल
बैशाख ३, २०७५
बर्दिवास । महोत्तरी क्षेत्र नं —१ प्रदेश सभा (क) की सदस्य शारदादेवी थापाले जनप्रतिनिधिले मञ्चमा आफूले बोलेका कुरा अक्षररस्व पालना गर्न सके देश चाँडै समृद्धीको दिशामा जाने बताइन् । महोत्तरीको बर्दिबासमा आयोजित बर्दिबास नगरपालिकाले गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिम्मेवार निकायले आफूले गर्नु पर्ने कामकाजमा चासो नदिंदा देश यो अवस्थामा आइपुगेको भन्दै सबै जिम्मेवार निकायले आ—आफ्नो तह र तप्कामा रहीँ ध्यानपूर्वक काम गर्नु पर्ने प्रष्ट पारिन् । उनले मुलुकको सबै भन्दा ठूलो रोग भ्रष्टाचार रहेकोले नगरपालिकाले त्यसलाई उन्मुलन गर्न स्थानीय स्तरबाटै ठोस नीति बनाईनु पर्ने कुरामा जोड दिइन् । सरकारले ल्याएको विद्यालय भर्ना कार्यक्रम स्वागत योग्य रहेको भन्दै उनले आफूले २ जना गरीब,दलित र पढ्न उत्सुक बालबालिकालाई विद्यालयको अतिरिक्त शुल्क बाहेका सबै खर्चे गर्ने गरी बालबालिकाले चाहेको जत्ती पढाईमा लाग्ने सबै खर्च आफुले व्यहोर्ने गरी एउटा असल अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन । कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कीले नगरपालिका अहिले संक्रमणकालिन अवस्थामा गुर्जिरहेको बताए । उनले नगरभित्र कानुनी प्राविधिक जटिलता रहेकाले काम गर्न सकस भएपनि केहीँ महिना भित्रै यी सबै समस्याको सामधान भएर जाने प्रस्ट पारे । उनले बर्दिबासलाई शैक्षिक हव बनाउन सबै सरोकारवाला निकायहरुसंग छलफल भैरहेको भन्दै कृषि कलेज, मेडिकल कलेज पोलिटेक्नीकल कलेज नगरको प्राथमिकतामा रहेको भन्दै कार्कीले खानेपानी,सडकको स्तरोनोन्नती, उद्यमशील, बालबालिका, महिला, जेष्ठ नागरिकलाई स्वास्थ्य बनाउन नगरपालिकाले विशेष कार्यक्रम ल्याउने उल्लेख गरे नगरमा समाजवादी अध्यन्न केन्द्रको विकास गर्दै विभिन्न कोषको स्थापना गरी काम गरिने उल्लेख गरे । प्रमुख कार्कीले नगरभित्र चांडै बालबिवाह,बालश्रमको अन्त्य गरी विद्यालय बाहिर रहेका ६ सय बालबालिकालाई विद्यालय पठाउने वातावरण बनाइने प्रस्ट पारे उनले अव्यवस्थित पार्किङ्ग बन्द गरी बसपार्कको छुट्टै व्यवस्था गरिने नगरपालिकाको सिमानाभित्र पर्ने पूर्वपश्चिम उत्तर दक्षिणका सबै सडक मर्मत गरिने र बर्दिबासको विकासकालागी गुरुयोजना बनाएर केहि वर्ष भित्रै विकसित र समृद्ध बर्दिबास बनाइने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंस्था,नागरिक समाज लगाएतको उपस्थिति थियो । यसैबिच नयाँ वर्षको उपलक्ष्यमा बर्दिबास नगरपालिकामा रहेको हात्तेमालो युवा क्लबले नगर सरसफाई गरेको छ ।
Comment Box
राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट...
सिमरा, बारा : जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको...
बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ...
लहान : सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण...
जनकपुरधाम ।जानकी नवमीको अवसर...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब...
गौशाला । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौ...
नेपालि गीत संगीतको क्षेत्रका तथा नेपाली चलचित्र गायनमा एकदमै...
बर्दिवास । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी...
जनकपुरधाम । भारतीय प्रधानमन्त्री ...
जनकपुरधाम । प्रदेश नम्बर २ ...
हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स...
निकारागुवा । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक...
काठमाडौँ : ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद...
वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना...
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती रोयल च्यालेन्जर्स...
काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा...
चीन । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा...
डोटी : डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय...
लागोस, नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको...
काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा...
काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...
डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो...
भक्तपुर : नेकपा ९एमाले०का केन्द्रीय सदस्य डा राजन भट्टराईले...
नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक...
काठमाडौं । उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने...
काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...
जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...
जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...
कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...
जनकपुरधाम । मिलोमतोमा भन्सारबाट...
प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...
काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...
टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...
मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...
मलगंवा । पुर्वप्रधानमन्त्री एवं ...