टुडे समाचारदाता
बैशाख १५, २०७५
जनकपुरधाम । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको काम गर्ने शैलीलाई संघीयता विरोधी बताएका छन् । मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले सरकारले स्थानीय सरकारलाई प्रदेश मातहतमा नराखेर संघीयतालाई असफल पार्न खोजेको आरोप लगाए । स्थानीय तहलाई प्रदेश सरकार मातहतमा राख्नुपर्छ, उनले भने–संघिय सरकारले स्थानीय तहलाई आप्mनो मातहतमा राख्नुहुँदैन ।’ शिक्षा र स्वास्थ्यलाई स्थानीय सरकारको मातहतमा राख्ने सरकारको निर्णयलाई उनले गलत बताए । शिक्षा र स्वास्थ्य प्रदेश सरकारको मातहतमा हुनुपर्ने तर्क उनले गरे । स्थानीय तहको मातहतमा राख्दा शिक्षा र स्वास्थ्य क्षेत्र अभैm तहसनहस हुने अध्यक्ष यादवको भनाई थियो । शिक्षाको अवस्था दिनानुदिन कमजोर हुँदै गएकोछ, उनले भने–‘प्रदेश सरकारले ठोस नीति ल्याएर सुधार गर्नुपर्छ ।’ केन्द्रिकृत एकात्मक प्रणालीबाट मुलुक संघीयतामा प्रवेश गरेपनि मन्सिकता परिवर्तन नभएको उनको तर्क थियो । मान्सिक रुपले अभैm संघीयता स्वीकार्य नगरेको आरोप अध्यक्ष यादवले लगाए । ‘हामीले पनि विभेदकारी संविधानलाई पूर्ण रुपमा स्विकारेका छैनौ’ उनले भने, संविधान संशोधनको आन्दोलन रोकिएको छैन् ।’ शासन प्रशासन, आर्थिक अवस्था र स्थानीय सरकार मातहतमा नआए प्रदेश सरकार ‘हावा’ हुने धारणा उनले गरे ।बाल किशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रादेशिक अधिकार, साधनश्रोत र प्रशासन प्रदेशको मातहतमा हुनुपर्ने धारणा राखे । चुनावमा भाग लिने निर्णयलाई सही बताउँदै उनले चुनावमा सहभागी हुँदैमा संविधान स्वीकार्य हुदैन् । चुनावमा भाग लिएपछि संविधान स्वीकार्य भएको सोच्नु मुर्खता बाहेक केही नरहेको टिप्पणी उनले गरे । अधिकारसंगै अवसरमा पनि समानता हुनुपर्छ । अवसरमा समानता बिना अधिकार प्राप्त हुँदैन, उनले भने । प्रहरी प्रशासन प्रदेश सरकारको मातहतमा हुनुपर्छ । भाषाको सम्मान गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए । संविधान संशोधन विना सरकारमा सहभागी नहुने स्पष्ट पार्दै उनले सरकारलाई समर्थन गर्दैमा कुनै फरक नपर्ने बताए । मधेश आन्दोलनलाई सफल पार्न मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष यादवले स्वास्थ्यकर्मीहरुकै कारण परिवर्तन सम्भव भएको बताए । आन्दोलनका घाइतेलाई तत्काल उपचार गरेर स्वास्थ्यकर्मीले उदाहरणीय कार्य गरेको थियो । राज्यले स्वास्थ्यकर्मीसित विभेद गरेको जिकिर गर्दै अध्यक्ष यादवले प्रदेश सरकारले स्वास्थ्यकर्मीको समस्या संबोधन गर्नुपर्नेमा जोड दिए । स्वास्थ्यकर्मी सुरक्षित नभए स्वास्थ्य क्षेत्र सुधार आउँदैन् । उनले प्रदेश सरकारलाई गति बढाउन भने । अव ‘एक्सिलेटर’ दबाउने बेला आइसकेको छ, उनले भने–‘२ नम्बरी स्टीकर छिटो हटाउनुस् ।’ सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्यकर्मीको न्यायोचित व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरे । प्रदेश २ मा सरकार बनाउनमा स्वास्थ्यकर्मीको भूमिका अहम रहेकोले मुख्यमन्त्री राउतले धन्यवाद ज्ञापन गरे । स्वास्थ्यकर्मीसित सरकारले विभेदपूर्ण व्यवहार गरेको जिकिर गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार न्याय गर्ने विश्वास दिलाए । स्वास्थ्यकर्मीको सुखदुःखमा प्रदेश सरकार सँगै रहेको उनले थपे । संघीयता असफल पार्न खोजे जनताले स्वीकार नगर्ने उनले थपे । प्रदेशलाई समृद्ध बनाउनमा स्वास्थ्यकर्मीको सहयोग अपरिहार्य रहेको उनले बताए । सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले स्वास्थ्यकर्मीहरुको योगदान प्रशंसनीय रहेको बताए । मधेश आन्दोलनलाई अघि बढाउन स्वास्थ्यकर्मीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो । उद्घाटन सत्रमा प्रतिनिधिसभा सदस्य प्रदिप यादव, डा. सुरेन्द्र कुमार यादव, उमाशंकर अरगरिया, प्रदेश सभा सदस्य रामअशिष यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । बैशाख १६ गतेसम्म चल्ने महाधिवेशनमा देशभरिका करिब पाँच सय प्रतिनिधिहरु सहभागी छन् ।