टुडे समाचारदाता
बैशाख १६, २०७५
जनकपुरधाम । संविधान संशोधन गरी तराई, मधेश, आदीवासी, जनजातीहरुको मागलाई सम्बोधन गर्न दवाव दिदै आएको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ३ महिना भित्र सरकार स्वयंले संविधान संशोधन गर्ने दावी गरेका छन् ।‘समस्यै समस्या रहेको संविधानलाई संशोधन नगरी सरकार चल्न सक्दैन्’ उनले भने, संविधान संशोधन हाम्रो भन्दा कम आवश्यक सरकारका लागि छैन् ।’सञ्चारकर्मीहरुसित शनिवार बिहान कुरागर्दै अध्यक्ष यादवले भने, उत्कृष्ट भन्नेहरु नै कमजोर संविधान बनाएका ले संशोधन अनिवार्य भइसकेको बताए ।‘संविधानलाई हामीले अझै पूर्ण रुपमा स्विकार गरिसकेका छैनौ’ अध्यक्ष यादवले भने, संविधानलाई संशोधन गरी मधेशी, आदीवासी, जनजातीहरुको अधिकार सुनिश्चित गरिनु पर्छ । ‘संविधानमा रहेका जटिलताको कारण सरकारलाई काम गर्न सहज हुने छैन्’ उनले भने, संविधानकै कारण चुनाव भएको तीन महिना सम्म देशले नयाँ सरकार पाउन सकेन् ।केन्द्रिय सरकारले नै संघियतालाई कमजोर पार्न उद्यत रहेको आरोप लगाउँदै सरकारले प्रदेशलाई समृद्ध बनाउन ईच्छुक नदेखिएको बताए ।‘संविधान संशोधन र संघियतालाई संस्थागत गर्न हामीले सरकारलाई समर्थन दिएका छौ’ उनले भने, तर सरकारले काम गर्न नसके हामीले समर्थन गरिरहनु पर्ने कुनै बाध्यता रहने छैन् । केन्द्रिय सरकारले प्रदेशमा मन्त्रालयहरुको विभागहरु राख्न नहुने उनको कथन थियो ।स्थानीय तहलाई समेत प्रदेशको अधिनमा राख्नु पर्नेमा जोडदिदै अध्यक्ष यादवले भने, ‘मधेश आन्दोलनको संघियता सबै भन्दा ठूलो उपलब्धि भएकाले त्यसलाई धराशायी बनाउने कार्यको बिरुद्ध आन्दोलनमा उत्रन सक्छौ ।’प्रदेश सरकारलाई कानूनी, आर्थिक, प्रशासनीक रुपमा समृद्ध बनाउन संघिय सरकार उदार हुनुपर्नेमा उनले जोड दिए ।‘प्रदेश सरकार सबल नभए सम्म संघियता संस्थागत हुन सक्दैन्’ उनले भने, ‘ सरकार नै संघियता बिरोधी गतिबिधिहरु गर्न थालेका छन् ।’संविधान संशोधन नभए सम्म मुलुकमा राजनीतिक स्थिरता नहुने उनले दावी गरे ।‘केन्द्रिय मानसिकता बोकेकाहरुले संघियतालाई कमजोर बनाउने मानसिकता त्यागेका छैनन्’ उनले भने, सरकारको भूमिका संघियताको पक्षमा देखिएको छैन् ।प्रदेश सरकारलाई चाहिने आवश्यक बजेट, कर्मचारी र कानूनहरु उपलब्ध नगराई प्रदेशमा केन्द्रिय सरकारको कार्यालयहरु स्थापना गर्न तर्फ लाग्नु सरकारको नियतमाथि प्रश्न खडा भएको अध्यक्ष यादवले बताए ।