Thu, 15 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
नेपाल कम्युनिष्ट पार्टीमा मधेशी हराए , पार्टी एकताका लागि फोरम राजपामाथि दवाव

टुडे समाचारदाता जेठ ५, २०७५

नेकपाका मधेशी नेताहरुमा व्यापक असन्तुष्टि बढेको छ  ।  नेतृत्वमा  रहेका  मधेशी  नेताहरु  पार्टी  एकिकरण  भएसँगै हराउन थालेका छन् ।मधेशी नेताहरु भूमिकाको खोजीमा छन् ।नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलपनि असन्तुष्ट देखिएका छन् । सचिवालय सदस्यहरु दिनभरि व्यस्त रहेपनि पोखरेल कतै सहभागि भएनन् ।

जनकपुरधाम   । देशको   दुई   प्रमुख कम्युष्टि दलहरु एकिकरण भएर   नेपाल   कम्युनिष्ट   पार्टी   (नेकपा)  बनेसँगै  मधेशी  नेताहरु  हराउन थालेका छन् ।तत्कालिन एमाले र माओवादी पार्टी  भित्र  चर्चामा  रहेका  मधेशी  नेताहरु  एकिकरणसँगै  ओझेलमा  परेका छन् ।नेकपाको नौ सदस्यीय सचिवालय   समितिमा   एकजना   पनि     मधेशी     नेता     परेका     छैनन् । सचिवालयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल, माधवकुमार   नेपाल,   झलनाथ   खनाल, महासचिव विष्णु पौडेल, वामदेव   गौतम,   नारायणकाजी   श्रेष्ठ,  रामबहादुर  थापा  र  ईश्वर  पोखरेल   रहेका   छन्   ।त्यसमा   एकजनापनि      मधेशी      नेता      अटाएका छैनन् ।त्यसै   गरी   ४५   सदस्यीय   स्थायी   कमिटीमा   हाल   सम्म   एकजना सत्यनारायण मण्डल मात्र पक्का  छन्  ।तत्कालिन  एमालेको  २६ जना स्थायी कमिटी सदस्यहरु सबै  र  माओवादीबाट  १९  जना  परेका  छन्  ।माओवादीले  स्थायी  कमिटीका  सदस्यहरुको  अन्तिम  नामावली तय गरिसकेको छैन् ।तर स्रोतहरुका  अनुसार  मातृका  यादव  बाहेक अन्य पर्ने संभावना छैन् ।४   हजार   केन्द्रिय   सदस्य   बनाएको  तत्कालिन  माओवादी  केन्द्रबाट  नेकपामा  २  सय  मात्र  समायोजन  भएकाले  ३हजार  ८  सय  फालिएका  छन्  ।प्रचण्डले  केन्द्रिय   सदस्यहरुको   सुचीलाई   अन्तिम रुप दिन बाँकी नै छ ।नेकपामा              मधेशी              नेताहरु  आफ्नो  भूमिका  नपाउने  संभावनाबाट  चिन्तित  देखिएका  छन्  ।  मण्डल  बाहेक  नेकपामा  उच्च  कमिटीमा  मधेशीले  स्थान  पाएका  छैनन्  ।केन्द्रिय  समितिमा  केहि अटाएपनि धेरै फालिने छन् ।नेकपामा   असन्तुष्ट   बनेका   मधेशी नेताहरु हाल ‘पर्ख र हेर’को अवस्थामा     छन्     ।उनीहरुले     सन्तुलन मिलाउने क्रममा कुनै पद पाईहाल्ने आश छाडेका छैनन् ।‘नेकपाकोे   स्थापना   नेपाली   कम्युनिष्टहरुका  लागि  ऐतिहासिक  उपलब्धि  हो’  नेता  रामचन्द्र  झाले  भने, पार्टीले नेताहरुको आवश्यकता र   भूमिका   अनुसार   समायोजन   गर्नेछ । एमाले छाडेर माओवादी हुँदै नयाँशक्तीबाट  फर्केर  माओवादीमा  अडेका  नेता  झा  पार्टी  एकतापछि  नेकपामा    भूमिकाको    प्रतिक्षामा    छन् ।‘पार्टी व्यवस्थापनपछि मात्र पद र  जिम्मेवारी  प्रष्टिने  छ’  उनले  भने,  एउटै पार्टी भएपछि सबैलाई क्षमता अनुसारको   जिम्मेवारी   बाँडफाँड   गरिनेछ ।प्रदेश २ नेकपाका साँसद सत्रुधन महतोले पार्टी नै घुलिएकोले भुमिका पाउन केहि समय लाग्ने बताए ।‘शीर्ष नेताहरुले  सबैको  व्यवस्थापन  गर्ने  छन्’ उनले भने, दुई नेकपाको गठनसँगै कम्युनिष्ट     आन्दोलनको     नयाँ     शुभारम्भ भएको छ ।प्रदेश   २   का   साँसद   एवं   तत्कानि माओवादी केन्द्र संसदीय दलका नेता रामचन्द्र मण्डलले भने, ४ सय पोलिटब्यूरो सदस्यबाट २ सय जना मात्र केन्द्रिय समितिमा अटाउने  भएकाले  व्यवस्थापनमा  ठूलो   समस्या   हुनु   स्वभाविक   छ    ।’    दुई    ठूला    कम्युनिष्ट    मिलेपछि  तराई  केन्द्रि  दलहरुमाथि  समेत  एकिकरणका  लागि  दबाब  बढेको  छ  ।तराईमा  रहेका  संघिय  समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता  पार्टी  (राजपा)नेपालबीच  एकिकरणका  लागि  दबाब  बढेको  नेताहरुले जनाएका छन् ।‘पार्टी     एकताका     लागि     दबाब   बढनु   स्वभाविक   हो’   फोरम    नेपालका    महासचिव    रामसहाय  यादवले  भने,‘हामीले  विचार,  उदेश्य  मिल्ने  दलहरुसित  एकताका   लागि   खुल्ला   रहने   निर्णय गरेका छौ ।’ वामपन्थीहरुमा भएको     एकताले     नेपालको     राजनीतिमा  नयाँ  ध्रुविकरण  हुने  संभावना बढेको उनले बताए ।‘पार्टी     एकताका     लागि     दबाब    आउने    थालेको    छ’    उनले  भने,  तर  राजपासित  पार्टी  एकिकरणका  लागि  औपचारिक  रुपमा    कुनै    संवाद    भएको    छैन् । तर अनौपचारिक रुपमा दुवै दलका  नेताहरुको  भेंट  हुँदा  पार्टी  एकताको  विषय  उठन  थालेको  उनले स्विकारे ।

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...