टुडे समाचारदाता
जेठ ५, २०७५
जनकपुुरधाम । जनकपुरधाम उप–महानगरपालिका १४ स्थित जानकी अटो ट्रेड लिंकले आफ्नो नयाँ प्रस्तुती अल न्यू फोर्ड फ्रि–स्टाईल कुल,क्यापेवल र कनेक्टेड कमप्याक्ट युटिलिटी गाडी एक समारोहका बिच लञ्च गरेको छ ।नेपाल र भारतमा एक्कै पटक लञ्च भएको अल न्यू फोर्ड फ्रीस्टाईल गाडी शुक्रवारदेखि नै जनकपुर बजारमा आएको हो । शुक्रबार आयोजना गरिएको कार्यक्रममा अटोमोवाईल्सका एरिया सेल्स इन्चार्ज अभिशेष भट्टले जि.ओ. अटोमोवाईल्सले ल्याएको फोर्ड फ्रि–स्टाईलमा कसओभर लगायतका भरपूर्ण विशेषताहरु रहेको बताउँदै यस गाडीलाई नेपाली ग्राहकहरुले एकदमै रुचाउने विश्वास व्यक्त गरेका छन । फोर्ड फ्रि–स्टाईलमा नविनतम प्रविधि,सुरक्षा र सुविधाका साथै ९६ पिएस पावर दिने ईन्जीन,१९० एम एम ग्राउण्ड क्लियरेन्स,६ वटा एयरब्याग्स र एसवाईएनसि थ्रि इन्फोटेन्मेन्ट सिस्टम रहेको दाबी समेत गरेका छन । फोर्डले ल्याएको यस नयाँ सियुभिले नेपालमा ह्याचव्याक भन्दा हल्का ठूलो गाडी रुचाउने ग्राहकहरु मध्ये बढ्दो माग पुर्ति गर्ने आशा राखिएको उनले बताए । “डु एभरिथिङ्ग एण्ड रिग्रेट नथिङ्ग” नारा राखिएको फोर्ड फ्रि–स्टाईल नयाँ डिजाईन र उच्च कार्यक्षमतायुक्त रहेको कम्पनिले दाबी गरेको छ । कुल,क्यापेवल र कनेक्टेड फ्रि–स्टाईलले सबै क्षेत्रका ग्राहकहरुलाई आकर्षित गर्दै आफ्नो बजारको माग बढाउने अपेक्षा समेत राखिएको छ । ६ वटा एयरब्याग्स र ईलेक्ट्रोनिक स्टाविलिटी भएको फोर्ड फ्रि–स्टाईल ग्राहकको सुरक्षाको पनि ध्यान राखेर बनाईएको बताईएको छ । त्यस्तै जानकी अटो ट्रेड लिंकको सञ्चालक शम्भु यादवले लञ्च हुनुभन्दा अगाबै जनकपुरधाममा पाँच वटा गाडी बुकिङ्ग भई सकेको बताएका छन् । उनले २६ लाखदेखि २९ लाखसम्ममा यो गाडी उपलब्ध रहेको बताएका छन् । जनकपुरधाममै सर्भिस र पार्टको समेत व्यवस्था रहेको दोहोर्याएका छन् । गाडी खरिद गर्ने इच्छुक ग्राहकहरुले टेस्ट ड्राईभ समेत गरेका थिए ।