Tue, 20 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार

सुनिता महतो जेठ ७, २०७५

गौशाला (महोत्तरी)।  दुई अर्ब रुपैया  बढी  भुक्तानी  नगरि  एभरेष्ट  सुगर एण्ड केमिकल्स ईण्डष्ट्रिजका सञ्चालक  भाग्न  थालेपछि  मिल  अगाडी  किसानहरु  धर्ना  बसेका  छन् ।संघिय सरकारको उद्योग मन्त्री मातृका  यादवको  चरम  दबाबमा  किसानहरुलाई  रकम  भुक्तानी  गर्ने  सम्झौता  गरेका  मिल  सञ्चालक  सरेश  सर्राफ  किसानहरुको  सम्पर्क  बाहिर गएका छन् ।किसानहरुको    उखुको    दुई    अर्ब  बढी  रुपैया  बक्यौता  राखेका  सर्राफले  उक्त  रकम  मिथिला  नगरपालिकामा   श्रीमती   बबिता   सर्राफको नाउँमा जमिन खरिद गरेको बताइएको छ ।रकम  नपाएर  छटपट्टि  रहेका    किसानहरुले  महोत्तरीस्थित  एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा  तालबन्दी  गरेका  छन  ।  आईतबार  उद्योगको  प्रशासन,  वाणिज्य,  उखु  विभाग,  कारखाना  गेट  लगायत  मुलगेटमा  तालबन्दी  गरि किसानहरु धर्नामा बसेका हुन् ।‘किसान      प्रतिनिधिहरुसित      जनकपुरधाममा               मिल               सञ्चालकहरुले  उद्योग,  वन  तथा  वातावरण   मन्त्री   रामनरेश   राय,   कृषि, सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री योगेन्द्र यादव ,सर्लाहीका साँसद उपेन्द्र महतो लगायतको रोहवरमा उखु किसानहरुको भुक्तानी दिने सम्झौता भएको थियो ।तर  किसान  र  उद्योग  मन्त्रीको  आक्रोश साम्य पार्न १० करोड रुपैया तत्काल वितरण गर्ने बताइएपनि सिमित  किसानहरुलाई  चुप  गर्न  मात्र केहि रकम उपलब्ध गराइएको किसानहरुले जनाए ।आफुहरुले            बारम्बार            किसानहरुको   भुक्तानी   दिनको   लागि आग्रह गर्दा उद्योग प्रशासनले वास्ता   नगरेको   भन्दै   आजदेखि   बाध्य   भएर   आन्दोलनमा   उत्रिएको  गौशालाका  किसान  नेता  देव  नारायण  महतोले  बताए  ।  ‘नगदेवालीको  रुपमा  परिचित  उखु  किसानहरु पैसापैसाका लागि  तर्सिरहेका   छन्’   महतोले   भने,‘   हातमा   पैसा   नभएपछि   यहाँका   किसानहरु ऋण र सापटीको भरमा घर व्यवहार चलाउदै आएका छन् ।विद्यालयमा     छोराछोरीलाई     पढाउनेदेखि साहु महाजनलाई पैसा तिर्नका लागि समेत धौ धौ परेको अर्का  किसानका  नेता  सुरतलाल  यादवले जनाए । ‘किसानलाई सँधै मिल सञ्चालकहरुले ठग्दै आएका छन्’  उनले  भने,  किसानहरुलाई  भुक्तानी  दिए  मात्र  ताला  खोलिने  छ ।बाँकी  रहेको  करोडौ  रकम  भुक्तानी  दिनका  लागि  उद्योगले  आलटाल   गरेको   भन्दै   यहाँका   किसानहरुले शान्तिपुर्ण रुपमा धर्ना सहित तालाबन्दी गर्दै आन्दोलनमा उत्रेको  उखु  उत्पादक  महोत्तरीका  पुर्व  अध्यक्ष  मीन  बहादुर  थिंगले  बताए ।आफुहरुको  मागलाई  वेवास्ता  गरेकोले  बाध्य  भएर  आन्दोलनमा  उत्रेको थिंगले जनाए  । यता उखु उत्पादक  कृषक  संघ  महोत्तरीका  अध्यक्ष  नरेश  सिंह  कुशवाहाले  दिएका  जानकारी  अनुसार  नगदे  वालीको  रुपमा  रहेको  उखु  खेतीलाई    सरकारले    समस्याको    स्थायी  रुपमा  समाधान  खोज्नुपर्ने माग गरे ।आफुहरुको   आन्दोलन   हरेक   दिन   विहानदेखि   साँझसम्म   तालाबन्दी      सहितको      धर्ना      कार्यक्रमहरु      रहने      अध्यक्ष      कुशवाहाले बताए ।  उखु  उत्पादक  कृषक  संघ  महोत्तरीले  किसानहरुको  उखुको  बाँकी  रहेको  भुक्तानी  दिलाउन  पहल गर्नका लागि सम्बन्धित सरोकारवाला निकायसमक्ष आग्रह गरेका छन । किसानहरु मुलगेटमै धर्ना बसेर  आन्दोलन  थालेपछि  उद्योगको  हरेक  कामकाज  प्रभावित  भएको छ । एभरेष्ट  चिनीमिल  रामनगरले  क्रसिंग सिजनमा खरिद गरेको मध्ये दुई  अर्ब    रुपैयाँ  किसानहरुलाई  दिएका  छैनन्  ।  किसानको  रकम  लिएर  मिल  संचालक  भारततर्पm  लागेका  छन्  ।  रकम  लिएर  मिल  संचालक फरार रहेको किसानहरुले आरोप लगाएका छन् ।सर्राफले    मिलमा    उखुको    काँटाका  लागि  कुपन  वितरणगर्दा,  ट्रक भाडामा लिदा र नगदमा उखु खरिदगर्दा स्वयं कमिशन लिने गरेको   बताईन्छ   ।मिलका   अध्यक्ष   शशिकान्त   अग्रवाल   र   सर्राफ   प्रबन्ध सञ्चालक रहेका छन् ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...