Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
जिल्ला पञ्चायत भन्दापनि प्रदेश कमजोर : अध्यक्ष यादव

टुडे समाचारदाता जेठ १२, २०७५

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अर्को पाँच वर्षपछि प्रदेश नम्बर २ को  मुहार  पूर्ण  रुपमा  फेरिएको  रहने विश्वास व्यक्त गरेका छन् ।जनकपुर टुडेको २० औं वार्षिकोत्सवको  अवसरमा  शुक्रवार  आयोजित   विशेष   कार्यक्रमलाई   सम्बोधनगर्दै   प्रदेश   प्रमुख   कायस्थले   भने,   प्रदेशको   विकासका   लागि   प्रतिबद्धताका  साथ  जनप्रतिनिधिहरु  अगाडी  बढेका  छन्  ।  प्रष्ट  योजना  र  कार्यक्रमका  साथ  अगाडी  बढेको  जनप्रतिनिधिहरुको  प्रतिबद्धताले  प्रदेशको  समग्र  विकासमा  आमुल  परिवर्तन  आउने  उनले  विश्वास  व्यक्त  गरे । ‘मिडियाले जनप्रतिनिधिहरुलाई मार्ग दर्शन र सचेतता गराई रहनु पर्नेमा   जोडदिदै   उनले   पारदर्शीताको   सिद्धान्तलाई अनुशरण गरे विकासको रकम सदुपयोग हुने बताए । ‘जनकपुर टुडेको  रजत  समारोहको  बखत  प्रदेशको  अवस्थामा  ठूलो  परिवर्तन  देखिनेछ’  उनले  भने,  जनकपुर  टुडेको प्रगति सिखरमा पुग्ने क्रमसँगै प्रदेशको प्रगतिपनि उचाई लिनेछ । प्रमुख कायस्थले  स्थानीय  र  प्रदेश  सरकार  बिच समन्वयको आवश्यकता रहेको बताए ।उनले  स्थानीय  र  प्रदेश  सरकारलाई प्राप्त हुने बजेट रकमलाई सदुपयोग गर्न आग्रह गरे ।कार्यक्रमका   विशिष्ट   अतिथि   संघीय  समाजवादी  फोरम  नेपालका  अध्यक्ष   उपेन्द्र   यादवले   स्थानीय   तह  र  प्रदेशलाई  प्रादेशिक  अधिकार  नदिएसम्म   संघीयता   संकटमा   रहने   बताए   ।   अध्यक्ष   यादवले   जनताको  बलिदानीबाट  प्राप्त  भएको  संघीयतालाई   जोगाउनुपर्नेमा   जोड   दिए  ।  ‘जिल्ला  पञ्चायत  भन्दापनि  कम  अधिकार  प्रदेशलाई  दिइएको  छ  ’अध्यक्ष यादवले भने, प्रदेशलाई समृद्ध नबनाईए सम्म देश समृद्ध हुन सक्दैन् ।‘स्थानीय   तहलाई   स्वायत्तता   तथा  प्रदेशलाई  प्रादेशिक  अधिकार  नदिएसम्म   संघीयता   संकटमा   रहने  छ’  अध्यक्ष  यादवले  भने,    मधेशी जनतामाथि असमानता र विभेद कायम रहे सम्म मुलुकमा राजनीतिक स्थिरता कायम हुन सक्दैन् ।वर्तमान  सरकारले  गरेको  राजनीतिक   नियुक्तिमा   मधेशीको   सहभागिता नरहेको आरोप लगाउँदै हरेक  क्षेत्रमा  समान  अवसर  तथा  जनसंख्याको आधारमा सहभागिता हुनुपर्नेमा उनले जोड दिए ।   उनले   मधेशी,   आदिवासी,   जनजातिसहित    मुलुकका    हरेक    जनतालाई  समृद्व  बनाउन  संविधान  संशोधन आवश्यक रहेको जिकिर गरे।साथै   प्रदेश   नं   २   समृद्व   नभएसम्म   मुलुक   समृद्ध   बन्न   नसक्ने  बताउँदै  प्रदेश  नं  २  का  जनता अधिकार सम्पन्न, आर्थिक रुपले  समृद्व  भएमात्र  पूरै  नेपाल  समृद्ध हुने उनको धरणा थियो ।नेपालमा  आएको  गणतन्त्र  र  संघियताको  भविष्य  प्रदेश  नम्बर  २  को सफलतामा निर्भर रहेको बताए । नेता  यादवले  संघियतालाई  धरापमा  पार्नका लागि यस प्रदेशलाई कमजोर वनाउने षडयन्त्र भइरहेको वताए । राजनीतिक जातीय विभेद रहेको हरेक क्षेत्रमा विभेद कायम रहन्छ, त्यसको समाप्तीका  लागि  संघर्ष  आवश्यक  रहेको वताउँदै नेता यादवले पुर्व मधेश र पश्चिम मधेश पनि प्रदेश २ कै आशामा रहेको वताए ।नेता  यादवले  प्रदेश  नं  २  को  नामाकरण  नभएसम्म  दुइ  नम्वरी  प्रदेशले चिनिने भएकोले यथाशिघ्र प्रदेशको     नामाकरण     गर्नुपर्ने आवश्यकता रहेको वताए । उनले अहिलेको परिवर्तन केहिलाई नपचेको  वताउदै  यसलाई  धाराशायी  पार्नको  लागि  विभिन्न  जालझेलहरु  भइरहेको  वताए  ।  संघियता  संघ र प्रदेशको पहिचान छ, उनले भने–‘नेपालमा  तीन  तह  वनाएर  प्रदेशलाई  न्युन  साधन  स्रोत  दिएर  संघियता  नेपालमा  राम्रो  छैन  भनेर  साबित गर्ने कोशिश भइरहेको छ ।’ अध्यक्ष  यादवले  मधेश  आन्दोलनलाई  अघि  बढाउन  जनकपुर  टुडे  पत्रिकाले   निर्वाह   गरेको   भूमिकाको   प्रशंसा  गरे  ।  कार्यक्रममा  जनकपुरधाम  उपमहानगरपालिकाका   मेयर   लाल   किशोर  साहले  जनकपुरधाममा  भईरहेको  बिकास  निर्माणका  क्रममा  घर  भत्काउनु  पर्दा  आफुलाई  पनि  पीडा  भईरहेको  बताए  ।  उनले  घर  मेरो  पनि  जनकपुरधाममा  छ,  तर  भड़ाको  घरमा   बस्दै   आएको   बताउदै   आम   जनसमुदायको  उत्साह  हेरेपछि  मेरो  पनि  संतोष  गर्ने  ठाऊँ  भएको  बताए  ।  जनकपुरधामलाई     रामायणकालीन     जनकपुरधाम    बनाउनका    लागि    मंदिर   भत्काएर   ठुलठुला   महल   बनाएकाहरुको  महल  भत्काएर  मात्र  सम्भब हुने बताए । उनले माफियाको चंगुलमा फसेका यस पबित्र स्थानलाई बचाउन जनकपुरबासीसंग आग्रह समेत  गरे  ।  उनले  भारतका  प्रधानमन्त्री  नरेन्द्र  मोदी  जनकपुरधामलाई  केहि  प्रदान  गर्न  नभई  यहाँ  माता  सीताको  आर्शिवाद लिन आएको बताए ।कार्यक्रममा      जनकपुरधाम      उपमहानगरपालिकाका        मेयर        लालकिशोर  साहले  जनकपुर  टुडे  मिडिया ग्रुपको विगत र वर्तमानको वारेमा  चर्चा  गरे    ।  उनले  २०४६  सालको आन्दोलनदेखि हाल सम्म भएका  आन्दोलनहरुमा  जनकपुर  टुडे  मिडिया  ग्रुपको  सहभागिता  प्रशंनीय  रहेको  उल्लेखगर्दै  भने,  ‘  जनकपुर टुडेले नेतृत्वदायी भूमिका निर्वाहगर्दै आएको छ ।कार्यक्रममा   वरिष्ठ   पत्रकार   राजेश्वर     नेपालीले     जनकपुरधाममा     तस्करहरुले     कव्जा     जमाएको  आरोप  लगाए  ।  उनले  गोपाल  धर्मशालामा  तस्करहरुले  कव्जा   जमाएर   धर्मको   नाममा   लुटतन्त्र मच्चाएको वताउदै यस्ता प्रवृतिबाट  मुक्ति  दिलाएर  जनकपुरधामलाई  धार्मिक  पर्यटनको  रुपमा  विकासको   आवश्यकता   रहेको   वताए  ।  त्यसैगरि  जनकपुर  टुडेका  सम्पादक  वृज  कुमार  यादवले  जनकपुर  टुडे  दैनिकले  प्रदेश  नं  २  मा आफनो पहिचान बनाउन सफल भएकोेमा  सम्पुर्ण  टुडे  मिडिया  ग्रुप  गौरवान्वित महसुस गरेको वताए । उनले प्रदेशको आठवटै जिल्लामा आफनो  पहुच  वनाएपछि  सफल  बुझेको  बताउदै  संपादक  यादवले  प्रदेशको  समृद्धिमा  पनि  आफनो  मिडियाको     सहभागीता     रहने     प्रतिवद्धता समेत जनाए ।जनकपुर  टुडे  मिडिया  ग्रुपका  वजरंग यादवको अध्यक्षता तथा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख      आतिथ्यमा      भएको      कार्यक्रममा   पत्रकार,   व्यवसायी,   समाजसेवी  लगायतलाई  सम्मान  गरिएको छ । टुडे मिडियाका पर्सा सहकर्मी  अनिल  तिवारी,  रौतहट  सहकर्मी  राकेश  यादव  र  धनुषा  सहकर्मी  संजिव  कुमार  झालाई  नगद  पाँच  हजारसहित  दोसल्ला  ओढाएर सम्मान गरिएको छ ।त्यसैगरि  समाजसेवी  वैधनाथ  साह, व्यवसायी मनोज चौधरी , पर्सा गाउँ  पालिकाका  अध्यक्ष  किशुनदेव  यादव    लगायत  स्थानियतहका  मेयर, अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद  पराजुलीले  सञ्चारकर्मीहरुको  तलब  न्युन्तम  पारिश्रमिक  निर्धारण  समितिले तोके अनुसार हुनुपर्नेमा जोड दिए  ।  नेपाल  प्रहरीका  प्रदेश  प्रमुख  दिनेश अमात्य लगायतको प्रदेशका सबै   जिल्लाबाट   स्थानियतहका   प्रमुख  उपप्रमुखहरुको  सहभागिता  रहेको थियो ।

Comment Box

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...