Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
प्रदेश २ः चुरे जोगाऔँ मधेश बचाऔँ अभियान

टुडे समाचारदाता जेठ २५, २०७५

जनकपुरधाम  । प्रदेश नं २ को सरकारले आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै ‘चुरे जोगाऔँ मधेश बचाऔँ’ नारालाई अभियानका रुपमा सञ्चालन गर्ने जनाएको छ । 

प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले मिथिला, भोजपुरालगायत मधेशका सांस्कृतिक पहिचान बोकेका धरोहरको संरक्षणका लागि प्रदेश सांस्कृतिक संरक्षण केन्द्र स्थापना गरिने बताउनुभयो । 


नीति तथा कार्यक्रममा प्रदेश सहकारी विकास, उखु विकास, डेरी विकास, मत्स्य विकास एवं तरकारी तथा फलफूल विकास बोर्ड गठन गर्ने, प्रदेशको विद्यमान आर्थिक, सामाजिक पूर्वाधार विकास, मानव विकासको अवस्थालगायत सम्पूर्ण क्षेत्रको तथ्यपरक चित्र झल्काउने आधार तथ्यांकको संकलन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउने, भूमि बैंकको स्थापना, बन्द भएका सरकारी उद्योगको सञ्चालन लगायत योजना उल्लेख छ । 

नीति तथा कार्यक्रममा आगामी आवमा ५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्रदेश २ लाई वैकल्पिक ऊर्जा केन्द्रका रुपमा विकास गर्न ५० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । त्यस्तै सिँचाइका लागि सौर्य ऊर्जाको अधिकतम प्रयोग गरिने नीति लिइनेछ । 

यसैगरी जनकपुर चुरोट कारखाना लिमिटेड क्षेत्रभित्र रहेको प्रादेशिक कार्यालय र निवासमा सौर्य ऊर्जा जडान गरिने छ । प्रदेश २ लाई अन्न र तरकारी भण्डार तथा औद्योगिक बाली, दूध उत्पादन र माछा उत्पादन हुने विशेष प्रदेशका रुपमा विकास गरिने छ । सामूहिक गाई तथा भैंसीपालनका लागि प्रोत्साहन गर्न न्यून ब्याजदरमा ऋण दिइने पनि उल्लेख छ । 

त्यस्तै तीन वर्षभित्र प्रदेशलाई खुला दिसामुक्त बनाइने, एक घर एक शौचालय कार्यक्रम सञ्चालन गरिने र वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताललाई हृदयरोग उपचार केन्द्रका रूपमा विकास गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा राखिएको छ । ‘मुख्यमन्त्री स्वच्छता अभियान’लाई निरन्तरता दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

कृषिमा विशेष जोड 

कृषि क्षेत्रको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सरोकार भएकाहरुको सहकार्यमा प्रादेशिक कृषि, भूमि उपयोग, कृषि विद्युतीकरण नीति, कृषिको आधुनिकीकरण गरी कम श्रममा अधिक उत्पादनको नीति, भूउपयोग ऐन र सहकारीसम्बन्धी नीति तर्जुमा गरिने, आफैँ खेती गर्न नचाहने जग्गाधनीले खेतीयोग्य जग्गा भाडा दिन सक्ने र जग्गा नभएका वा कम जग्गा भएका कृषकलाई कृषि क्षेत्रमा आकर्षित गराउन चक्लाबन्दी गरी भूमि करारमा लिई व्यावसायिक खेती गर्ने प्रणालीको विकास गर्न आगामी दुई वर्षभित्र किसान भूमि बैंक स्थापना गरिने छ । 
प्रदेशको भौगोलिक र आर्थिक–सामाजिक विकासको गति हेरी सम्भाव्यता र जनचाहनाबमोजिम कृषिजन्य विशेष उत्पादन क्षेत्र तोकी त्यस्ता क्षेत्रमा आवश्यक उत्पादन तथा कृषि उत्पादनको समर्थन मूल्य निर्धारण गरी बजारीकरणका पूर्वाधारको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यसैगरी प्रदेशमा माटो परीक्षण, बाली संरक्षण, खाद्य गुणस्तर जाँच प्रयोगशाला स्थापना गर्न र प्रदेशमा रहेका प्रयोगशालाको आवश्यक स्तरोन्नति गरिने, साना कृषक तथा भूमिहीन विपन्न किसानलाई कृषि उपज व्यवसायमा प्रेरित गरी आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गरिने, युवाको बढ्दो विदेश पलायन रोक्न तथा विदेशबाट फर्किएका र बेरोजगार युवालाई कृषि तथा पशुपक्षी पालनमा आकर्षित गर्ने गरी युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै वधस्थल निर्माण तथा माछामासु पसलको स्तरोन्नति गरी उपभोक्तालाई स्वच्छ र स्वस्थ्य माछामासु उपलब्ध गराउन आवश्यक व्यवस्था गरिने, कृषि तथा पशुपालन क्षेत्रमा भैरहेको अनियन्त्रित विषादी तथा प्रतिजैविक प्रयोगको कारणले मानव स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्न प्राङ्गारिक खेती तथा पशुपालनमा जोड दिइनेछ । 

माटोको उर्वरा शक्ति बढाउन सन्तुलित मलको प्रयोगलाई बढावा दिइनेछ । प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगमा वृद्धि गर्न आवश्यक पहल गरिने, माछापालनका लागि अत्याधिक सम्भावित क्षेत्रको पहिचान गरी मत्स्य क्षेत्रका रुपमा विकास गर्नका लागि आधुनिक माछापालन प्रविधि स्वस्थ्यप्रद दाना उत्पादन, नश्ल सुधार, संकलन, ढुवानी, भण्डारण तथा आधुनिक बजार विकासका लागि आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...