Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
उखु मिल अगाडी धर्ना

टुडे समाचारदाता जेठ २६, २०७५

‘सरकार किसानहरुको रकम भुक्तानी गराउनोस’

गौशाला(महोत्तरी) । ईतिहासमा सिमित भएको   बीरगञ्ज   चिनी   कारखानालाई   पूनर्जिवन प्रदान गर्ने नीति तथा कार्यक्रममा महत्वका  साथ  राखेको  प्रदेश  नम्बर  २  सरकारले  निजी  चिनी  मिलहरुको  मुल  ढोकामा  किसानहरुले  गरेको  अनशनबारे  गंभीर देखिएको छैन् ।असोज,  कात्तिकमा  बेचेको  उखुको  रकम  जेठमा  समेत  पाउन  नसकेर  मिल  अगाडी  अनशन  गर्न  विवश  किसानहरुको  पीडाबारे   प्रदेश   सरकारले   नीति   तथा   कार्यक्रममा बोलेको छैन् ।प्रदेश नम्बर २ मा आधा दर्जन बढी चिनी मिलहरु  सञ्चालनमा  छन्  ।किसानहरुले  चिनी मिललाई बेचेको उखुको मुल्य अझै पाएका  छैनन्  ।  किसानहरुले  अर्को  बाली  लगाउने  समय  आईसकेको  छ  ।  उखुमा  पनि मलजल गर्ने बेला भएको छ ।तर उखु बेचेको  ९  महिना  बितिसक्दापनि  रकम  पाउन नसक्दा उनीहरु निराश भएका छन् ।‘हामी  अन्तिम  चरणको  संघर्षमा  छौ’  उखु  उत्पादक  किसान  संघ  महोत्तरीका  अध्यक्ष  नरेश  सिंह  कुशवाहाले  भने,  मिल  सञ्चालकहरुले   रकम   नदिए   आमरण   अनशन गरेर ज्यान दिन बाध्य हुने छौ ।‘सरकारले बीरगञ्जको चिनी मिललाई पूनर्जिवन   दिने   कुरा   गर्नु   प्रशंसनीय   हो’   उखु   उत्पादक   कृषक   महासंघका   केन्द्रिय अध्यक्ष कपिलमुनी मैनालीले भने, सरकार  पहिले  मर्न  लागेका  किसानहरुको  भुक्तानी   गराउनोस्   ।   प्रदेश   सरकारका   मन्त्रीहरुको  रोहवरमा  भएको  भुक्तानी  दिने  सम्झौतालाई मिल मालिकहरुले लत्याएको उल्लेखगर्दै    मैनालीले    भने,    प्रदेशका    मुख्यमन्त्री  मो.लालबाबु  राउतले  अनशन  तोडाउन  दिएको  वचन  निर्वाह  समेत  गर्न  सकेनन् । ‘किसानहरुको पीडा नबुझ्ने प्रदेश सरकारले दिने आश्वासनलाई विश्वास गर्न सकिदैन्’ जिल्ला अध्यक्ष कुशवाहाले भने, २० दिनदेखि निरन्तर हामी धर्नामा छौ, तर सरकारले कुनै चासो लिएको छैन् ।चिनी   किसानहरुको   समस्या   निजी   नभै  समग्र  किसानहरुको  रहेको  जनाउँदै  कुशवाहाले  भने,  चिनी  मिल  सञ्चालकले  भुक्तानी  नदिए  पक्राउ  गरी  थुन्ने  संघिय  सरकारका  उद्योग  मन्त्री  मातृका  यादवपनि  सेलाए   ।   ‘चिनीको   गुलियो   चास्नीमा   नेताहरु  डुब्छन्’  धर्ना  बसेका  किसानहरुले  भने,  प्रारम्भमा  सरकार  सकृय  देखिन्छ,तर  केहि  दिनमै  किसानहरुको  पीडा  बिर्सेर  रमाउन  थाल्छन्  ।सरकारले  उखुलाई  नगदे  बाली अन्तरगत राखेको छ ।तर किसानहरु नौ  महिनादेखि  उखुको  भुक्तानी  पाएका  छैनन्   ।पटक–पटक   उनीहरु   आन्दोलन   गरिसके  ।  हरिऔन  चिनी  मिल  अगाडी  आमरण   अनशन   बसेकालाई   प्रदेशका   मुख्यमन्त्री   राउतले   समस्या   समाधान   गर्ने   विश्वास   दिलाउँदै   जुस   पिलाएर   अनशन  तोडाएका  थिए  ।तर  अब  त्यसको  पनि  दुई  महिना  बितिसक्यो  ।  चिनी  मिल  सञ्चालकहरुले किसानको रकम रोकेर त्यो पुँजी  अन्य  क्षेत्रमा  लगानीगरी  अत्यधिक  कमाउने गर्छन् ।एभरेष्ट सुगर एण्ड केमिकल्स र हिमालयन सुगर मिलका सञ्चालक सरेस सर्राफ(मुन्ना)ले किसानहरुको रकम भुक्तानी नगरी सो रकमबाट श्रीमती बबिता सर्राफको नाममा  मिथिला  नगरपालिका  लगायतका  स्थानहरुमा जग्गा खरिद गरेका छन् ।उद्योग  सञ्चालनबाट  वातावरणमा  पर्ने  असर वापत उद्योगीहरुले समाजिक दायित्व अन्तरगत कयौं कार्यहरु गर्न निर्धारण गरेको छ  ।तर  एभरेष्ट  सुगर  र  हिमालयन  सुगर  मिलका   सञ्चालक   सर्राफले   समाजिक   दायित्व वहन गरेको देखिदैन् ।राजस्व  छलेको  अभियोगमा  सर्राफको  बहिखाता, लैपटप, कम्प्युटरहरु सबै राजस्व विभागले  लगेको  थियो  ।  किसानहरुलाई  रकम भुक्तानी नदिई सर्राफ केहि समय नेपाल आएपनि अधिकांश समय भारतमा बिताउने गरेका   छन्   ।उनले   उखु   किसानहरुको   दुई  अर्ब  बढी  रुपैया  भुक्तानी  गर्न  बाँकी  राखेका छन् । प्रदेश सरकारका मन्त्रीहरुको रोहवरमा भुक्तानी गर्ने प्रतिबद्धता जनाएका सरार्फ   किसानहरुसितको   सम्पर्क   तोडेर   भाग्दै हिडेका छन् । एकातिर सरकारले चिनी मिललाई  पूनर्जिवित  गर्ने  नीति,  कार्यक्रम  ल्याउँछन् र अर्को तर्फ किसानहरुको रकम भुक्तानी   नगर्दा   मिल   सञ्चालकहरुलाई   दबाब दिन चाहँदैनन् । ‘किसानकै रकमबाट मिल सञ्चालकहरुले धेरैलाई सन्तुष्ट पार्छन’ २०  दिनदेखि  धर्नामा  रहेका  किसानहरुले  आक्रोशित हुँदै भने, किसानको समस्यालाई वेवास्ता गरिए हामी सडक जाम गर्न बाध्य हुने छौ ।उखुको रकम भुक्तानी नपाउँदा किसानहरु बैंक र साहुहरुलाई ब्याज बुझाउन सकिरहेका छैनन्  ।छोरा,छोरीको  पढाई,  बिहावारीमा  थप  ऋण   काढनु   परिरहेको   जिल्ला   अध्यक्ष   कुशवाहाले  जनाए  ।  उखु  किसानहरु  सबै  प्रदेशमा  आन्दोलित  भएका  छन्  ।तर  प्रदेश  नम्बर २ का किसानहरुको समस्या विकराल छ । सरकार प्रदेशको समृद्धिका लागि कृषिमा सर्वाधिक  लगानी  गर्ने  नीति  तथा  कार्यक्रम  ल्याएको छ ।तर नगदे बाली उखु किसानहरु भुक्तानीका लागि आमरण अनशन बस्न बाध्य हुने आक्रोश व्यक्त गर्न थालेका छन् ।भारतमा   किसानहरु   समयमा   बैंक   र   साहुको  ऋण  तिर्न  नसक्दा  आत्महत्या  गर्ने  घटना अझै पूर्ण रुपमा रोकिएको छैन् ।नेपालमा पनि  उखु  किसानहरुलाई  त्यसरी  नै  बाध्य  बनाउन थालिएको कुशवाहाले जनाए ।चिनी   मिल   सञ्चालकहरुले   लागत   अनुसार  चिनीको  मुल्य  सरकारले  निर्धारण  गरी खरिद गरे मात्र भुक्तानी दिन सक्ने तर्क दिन थालेका छन् ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...