Thu, 15 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
जयनगर–जनकपुर रेल निर्माण सुस्त

टुडे समाचारदाता जेठ २७, २०७५

ललित झा ,जयनगर । नेपाल र भारतलाई जोड्ने निर्माणाधिन जयनगर–जनकपुर रेलवे निर्माणको कार्य सुस्त बनेको छ ।अगामी अक्टोवर महिनामा सञ्चालन हुने रेलवेको कार्यमा अबरोध आएपछि निर्धारित समयमै सञ्चालन हुनेमा आशंका उत्पन्न भएको छ ।
जयनगर–जनकपुर रेल खण्डमा हाल पटरी(लिक)ओछ्याउने कार्य भईरहेको छ ।तर पटरी राख्न चाहिने गिट्टी ढुवानीकर्ताहरुबीच ‘रंगदारी’ असुलीको विवादले उग्ररुप लिएपछि ढुवानीको काम अबरुद्ध भएको छ ।भारतीय ठेकदार ईरकान कम्पनीको रेखदेखमा भईरहेको जयनगर–जनकपुर खण्डमा एक हप्तादेखि गिट्टी ओछ्याउने कार्य अबरुद्ध छ ।
गिट्टी ढुवानी गर्ने ठेकदारहरुको दुई गुटबीचको विवाद उग्ररुप लिएपछि राजकीय रेल पुलिस जयनगरले गिट्टी ढुवानीमा ‘तत्काल प्रभाव’बाट अनिश्चितकालका लागि रोक लगाएको छ ।
प्रहरीका अनुसार गत १६ मईको प्रमोद सिंह र महेश सिंहले जयनगर रेल थानामा केस नं. ९२÷२०१८ तथा ९३÷२०१८ दर्ता गराएका छन् ।
ईरकान कम्पनीले गिट्टी ढुवानीको काम कोलकत्ताको नवनित कन्सट्रक्सन कम्पनीलाई दिएको छ । नवनित कम्पनीले उक्त कार्य प्रमोद सिंह र महेश सिंहलाई दिएको छ ।
प्रमोद सिंहका अनुसार नवनित कम्पनीले ३२ भारतीय मुद्रा(नेरु ५१ लाख २०हजार)बाँकी राखेर काम प्रमोद सिंहलाइ दिएको छ ।‘मेरो ३२ लाख रुपैया रोकेको नवनित कम्पनीले रकम भुक्तानी नगरी काम महेश सिंहलाई दिएको छ ’प्रमोद सिंहले भने, मेरो सम्पूर्ण रकम भुक्तानी हुनु पर्छ अनिमात्र काम अरुलाई दिन पाउछ ।
तर महेश सिंहले आफूसित प्रमोद सिंहले रंगदारी र फिरौती रकम माग्ने गरेको आरोप लगाएका छन् । दुवै जनाले एकअर्कामाथि आरोप लगाउँदै रेलवे प्रहरीमा निवेदन दिएपछि प्रहरीले अर्को आदेश नहुञ्जेल सम्मका लागि काम रोकेको छ । २० दिन देखि गिट्टी ढुवानी भएको छैन् ।
ईरकान र नवनित बीच भएको सम्झौता अनुसार हाल सम्म गिट्टी ढुवानीको सम्पूर्ण काम पुरा भईसक्नु पथ्र्यो ।गिट्टी ढुवानीको काम तत्कालै सुचारु नभए रेल सञ्चालनमा बिलम्ब हुने अधिकारीहरुले जनाए ।
इरकानका परियोजना प्रबन्धक रवी सहायले अक्टोवरमा नै रेल सञ्चालनका लागि पूर्ण सकृयताका साथ जुटेको बताए ।‘हामी हरेक हालतमा निर्धारित समयमै रेल सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेका छौ’ उनले भने, तर यस प्रकारको अबरोधहरुले काममा ढिलाई हुन सक्छ ।
‘ठेकदारहरुबीच विवादको कारण प्रहरीले गिट्टी ढुवानीमा रोक लगाएको यथार्थ हो ’उनले भने, ‘तर हामी विवाद सक्दो चाँडो सुल्झेर काम अगाडी बढाउन प्रयासरत छौ ।’
जयनगर रेल थाना अध्यक्ष सतीश चन्द्र झाले प्रहरीले घटनाको छानविन गरिरहेको जनाउँदै भने, ‘विवादको समाधान नभए सम्म गिट्टी ढुवानीमा रोक नै रहने छ ।’
अगामी १५ जून सम्म जयनगर–जनकपुर रेल लिकलाई भारतको रेलवे सञ्जालमा जोडनु अनिवार्य छ । भारतीय रेल लिकमा नेपालको रेल लिक जोडिएपछि आवश्यक निर्माण सामग्रीहरु रेलबाट नै ढुवानी हुनेछ ।तर त्यसका लागि रेलवे लिक विछ्याउन गिट्टीको काम अनिवार्य रुपमा हुनुपर्छ ।
भारतको जयनगरदेखि जनकपुर उपमहानगरपालिकाको कपिलेश्वर सम्मको भागमा भारतीय इरकान कम्पनीले काम गरिरहेको छ । कपिलेश्वरदेखि कुर्था रेलवे स्टेशन सम्मको काम रमण कन्सट्रक्सन कम्पनीले गरिरहेको छ ।
भारतीय क्षेत्रमा गिटटी ढुवानीको काम रोकिएपनि रमण कन्सट्रक्सनको काम भईरहेको छ ।
हुनत कामलाई जसरी अगाडी बढाईनु पर्ने थियो, त्यो अनुसार नेपाली ठेकदारको कामपनि अगाडी बढेको छैन् ।योजनाबद्ध रुपमा निर्धारित समय अनुसार नै काम अगाडी बढन नसके अक्टोवर महिनामा रेल सञ्चालन हुनेमा ढिलाई हुन सक्ने आशंका व्यक्त गर्न थालिएको छ ।
अक्टोवर महिनादेखि नै जयनगर–जनकपुर र जनकपुर–अयोध्या रेल सेवा सुरु गरिने तयारी भारतीय पक्षको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना जानकी मन्दिरबाट जनकपुरधामलाई अयोध्याबाट जोड्ने घोषणा गरेका थिए ।नागरिक अभिनन्दन समारोहमा भारतीय प्रधानमन्त्री मोदीले अक्टोवरबाट रेल सेवा सुरु हुने घोषणा गरेका थिए ।

 

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...