Fri, 16 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
किशोरकिशोरी र प्रजनन् स्वास्थ्यमा अझै काम बाँकी

रासस जेठ २८, २०७५

काठमाडौँ :  नेपालले किशोरकिशोरी र प्रजनन् स्वास्थ्यमा काम गर्न धेरै बाँकी रहेको औँल्याइएको छ । 

बैंककमा भएको छैठौँ एसिया प्यासिफिक जनसंख्या र विकास सम्मेलनले तयार गरेको प्रोग्राम अफ एक्सन कार्यान्वयन बारेको आज यहाँ आयोजित छलफलमा सरोकारवालाले विद्यालयदेखि कार्यस्थल, सार्वजनिक कार्यालय लैङ्गिकमैत्री, अपांगतामैत्री हुन नसकेको बताउनुभयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले स्वास्थ्य सेवाको पहुँच सवैभन्दा टाढाको समुदायमा बिस्तार गर्न र स्वास्थ्यको गुणस्तरमा सुधार गर्नु प्रमुख समस्या रहेको बताउनुभयो । उहाँले धेरै काम गर्न चाहेपनि स्वास्थ्यमा अपेक्षित बजेट नहुनु अर्को समस्या र चुनौती रहेको पनि उल्लेख गर्नुभयो । पछिल्लो समय किशोरी र महिला स्वास्थ्यमा उपलब्धि हासिल गरेको उहाँको भनाइ छ । 

उहाँले संस्थागत प्रसूति अपेक्षित नभएकाले स्थानीय तहबाटै आधारभूत स्वास्थ्य सेवालाई बढावा दिन स्वास्थ्य विमा कार्यक्रम तथा आमा सुरक्षा कार्यक्रम प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हामीले स्वास्थ्य क्षेत्रमा चुनौतिका बाबजुद धेरै उपलब्धि हासिल गरेका छौँ, मातृमृत्युदर, बालमृत्युदर, नवजात शिशुमृत्युदरमा कमी ल्याउन सकिएको छ तर अझै धेरै काम गर्न बाँकी छ ।’’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले सन् २०१३ मा बैंककमा भएको जनसंख्या तथा विकास सम्मेलनले बुँदाबद्ध गरेका ११ विषयगत क्षेत्रमध्यमा काम भइरहेको बताउनुभयो । 

“बैंककमा भएका ती ११ विषयमा रहेका काम गर्ने जुन घोषणा भएको थियो त्यसमा कति उपलब्धि हासिल भयो, कति हुन सकेन, के कारणले भएन, अब के गर्ने भन्ने सुझाव सहितको रिपोर्ट आगामी नोभेम्बरमा वैंककमा हुने अर्कोे जनसंख्या तथा विकास सम्मेलनमा प्रस्तुत गर्नेर्छौँ ।”–उहाँले भन्नुभयो । 

त्यहाँ प्रस्तुत भएको प्रतिवेदन आगामी वर्षको सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत भई घोषणा हुने मन्त्रालयका प्रवक्ता समेत रहेका श्रेष्ठले बताउनुभयो । 

उहाँले गरिबी उन्मूलन, रोजगारी, स्वास्थ्य, यौन र प्रजनन् स्वास्थ्य सेवा, पहुँच, शिक्षा, लैंगिक समानता, महिला सशक्तीकरण, किशोरकिशोरी र युवा, उमेर, अन्तर्राष्ट्रिय प्रवास, शहरीकरण, आन्तरिक प्रवास, जनसंख्या र दिगो विकास र तथ्यांक कार्यक्षेत्रका ११ प्राथमिकता रहेको जानकारी दिनुभयो । 

यूएनएफपिएका देशीय निर्देशक लुब्ना बाकीले यो समीक्षाले नेपाललाई क्षेत्रीय, विश्वव्यापी अन्तर्राष्ट्रिय सम्मेलनमा बलियो नेतृत्वको भूमिका जारी राख्दै महिला, बालबालिकाको अधिकार स्थापित गर्न मत पुग्ने बताउनुभयो । 

लैङ्गिक विज्ञ पिंकीसिंह राणाले प्रस्तुती दिँदै विद्यालयको पाठ्यक्रममा समावेश गरेर र स्वास्थ्य तथा जनसंख्या विषय अध्यापन गराउने शिक्षकहरूको क्षमता अभिवृद्धि गराएर विद्यालय जाने किशोरकिशोरीहरूलाई यौनिकता शिक्षा दिनुपर्ने, विद्यालय बाहिर रहेका किशोरकिशोरीहरूका लागि पनि अनौपचारिक शिक्षा कार्यक्रमका पाठ्यक्रमहरूमा पनि यौनिकता शिक्षालाई समावेश गराई समुदाय स्तरसम्म पु¥याउँदा प्रभावकारी हुने बताउनुभयो । 

कार्यक्रम स्वास्थ्य मन्त्रालय र यूएनएफपीएले संयुक्तरुपमा आयोजना गरेका थिए । 

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...