Fri, 21 Sep 2018
ताजा समाचार
मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र ||
आज राति दुई बजेदेखि अधिकमास समाप्त

रासस जेठ ३०, २०७५

काठमाडौँ : जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटदेखि शुरु भएको अधिकमास आज राति दुई बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

अधिकमास भन्ने शब्दले सामान्यभन्दा बढी भएको महिना बुझिन्छ । जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटसम्म औँसी तिथि थियो । बेलुकी पाँच बजेर ५४ मिनेटमा शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु भई आज राति औँसीको अन्त्य अर्थात् राति दुई बजेसम्म रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

“ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास परेको हो, अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भनिन्छ”–उहाँले भन्नुभयो ।

अधिकमास परेकाले जेठ महिनाभर नित्य र नैमित्तिक कर्म गरिए पनि कुनै कामना राखेर गर्ने कर्म भने भएन । बुधबार राति दुई बजेपछि कामना राखेर गरिने कर्म गर्ने बाटो शास्त्रीय रुपमा खुलेको उहाँले सुनाउनुभयो ।

सूर्यको गतिकलाका आधारमा गणना गरिने मानलाई सौरमान भनिन्छ । तिथिका आधारमा गणना गरिने मान चान्द्रमान हो । १२ महिनाको एक वर्ष हुन्छ । एक वर्षमा १२ सौरमास र त्यति नै संख्यामा चान्द्रमास हुन्छन् ।

कहिलेकाहीँ एक वर्षमा १२ सौरमास भए पनि चान्द्रमासको संख्या १३ हुनपुग्छ । त्यस्तो समयमा एकै चान्द्रमास दुईपटक देखापर्छ अथवा चान्द्रमासको पुनरावृत्ति हुन्छ । त्यसरी पुनरावृत्ति भएर नित्यभन्दा बढी भएको चान्द्रमास नै अधिकमास भएको बताउनुहुन्छ वाल्मीकि विद्यापीठ ज्योतिष विभागका उपप्राध्यापक पुरुषोत्तम भट्टराई ।

सामान्यतया सौरमास र चान्द्रमास सँगसँगै हुन्छन् । एक चान्द्रमासमा लगभग साढे उनन्तीस दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ । दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन पुग्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या १२ भए पनि चान्द्रमासको संख्या १३ हुन्छ । त्यो बढी भएको तेह्रौँ मास नै अधिकमास हो । तीन वर्षमा एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।

अधिकमास पर्दा एक चान्द्रमासमा एउटा पनि सूर्य सङ्क्रान्ति पर्दैन । एउटा पनि सूर्यसङ्क्रान्ति, नभएको चान्द्रमास नै अधिकमास हो । धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित मासलाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिन्छ । त्यस्तै कहिलेकहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्छ । त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति, परेको मासलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पर्दछन् ।

करिब एक हजार ५०० वर्ष अघि बराहमिहिरको पालादेखि शुरु भएको सूर्य सिद्धान्त आधार मानिने पञ्चाङ्ग गणना पद्धतिअनुसार फागुनदेखि असोजसम्ममा अधिकमास पर्छ ।

Comment Box

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...