Fri, 16 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइनेः उपप्रधानमन्त्री यादव

रासस जेठ ३०, २०७५

बाह्रबिसे, सिन्धुपाल्चोक :  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै स्वास्थ्य संस्थालाई जनशक्ति र उपकरणयुक्त बनाइने बताउनुभयो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरेको प्राथमिक स्वास्थ्य केन्द्रको आज हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री यादवले भूकम्पले क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माण पनि छिट्टै सम्पन्न गर्ने बताउनुभयो ।

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्ज र उपप्रधानमन्त्री उपेन्द्र यादवले संयुक्तरूपमा नवनिर्मित बाह्रबिसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रको बाह्रबिसे नगरपालिकालाई हस्तान्तरण गर्नुभएको हो ।

“भूकम्पले धेरै क्षति पुगेको जिल्लामध्ये सिन्धुपाल्चोक जिल्ला पनि एक हो, अमेरिकी सरकारले नेपाललाई आवश्यक पर्दा हरेक पल्ट सहयोग गरेको छ”, उपप्रधानमन्त्री यादवले भन्नुभयो ।


अमेरिकी राजदूत टेपलेट्जले भूकम्पपछि नेपालको कठिन घडीमा सहयोगी मित्रको भूमिका निर्वाह गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई देशको ७० वर्ष लामो मित्रता लाभदायी छ, विसं २०७२ को भूकम्पले क्षति पुगेपछि अन्य संरचनासँगै स्वास्थ्य केन्द्र क्षतिग्रस्त भए, यस्तो कठिन घडीमा सहयोगी हातको निकै ठूलो महत्व हुन्छ, तीमध्ये हामी एक सहयोगी बन्न पाउँदा खुशी लागेको छ ।”

बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुम्जो शेर्पाले बाह्रबिसे नगरपालिका विभिन्न समयमा विभिन्न विपत्तिबाट गुज्रिरहनुपरेको उल्लेख गर्दै नवनिर्मित स्वास्थ्य केन्द्रको भवनबाट जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो ।

बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिनले बाह्रबिसे स्वास्थ्य केन्द्रबाट बाह्रबिसे नगरपालिका मात्र नभएर अन्य गाउँपालिकाका जनताले पनि लाभ लिने बताउनुभयो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनतामार्फत आएको सहायताबाट १८ लाख डलरको लगानीमा बाह्रबिसे स्वास्थ्य केन्द्र निर्माण गरिएको हो ।

युएसएआइडीले भत्किएको स्वास्थ्य केन्द्र अवस्थित भवनमा दुई नयाँ भवन निर्माण गर्नुका साथै साविकको एक भवनको जीर्णोद्धार गरेको छ । सबै भवनलाई पूर्णरूपमा स्वास्थ्य मन्त्रालयका मापदण्डबमोजिम सुविधा सम्पन्न बनाइएको छ ।
पन्ध्र श्ययाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले खतरामा रहेका शिशु र जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती महिला तथा आमालगायत ग्रामीण भेगका एक लाख १२ हजार मानिसलाई प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्ने बताइएको छ ।

अमेरिकी सरकारले विसं २०७२ भूकम्पपछि भूकम्प प्रतिकार्य तथा पुनरुत्थानमा रु १९ करोड अमेरिकी डलर लगानी गरेको युएसएआइडीले जनाइएको छ ।

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...