Sun, 18 Nov 2018
ताजा समाचार
कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि ||
प्रदेश नं १ मा ३६ अर्बको बजेट

रासस असाड १, २०७५

विराटनगर :  प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आव २०७५÷०७६ का लागि रु ३५ अर्ब ९३ करोड ६० लाखको बजेट प्रस्तुत गर्नुभएको छ । 

आज प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री आङ्बोले विनियोजन बजेटको चालु खर्च रु १४ अर्ब ९२ करोड २८ लाख र पुँजीगत खर्च रु १८ अर्ब, ५० करोड, ९२ लाख र आन्तरिक स्रोतबाट रु दुई अर्ब, ५० करोड, ५० लाख विनियोजना गरिएको छ । 

अनुमानित कुल बजेटको राजस्व शीर्षकबाट रु तीन अर्ब ६६ करोड ७८ लाख, अनुदानबाट रु २२ अर्ब ८८ करोड ७० लाख र राजस्व बाँडफाँडबाट रु नौं अर्ब १८ करोड ११ लाख उपलब्ध हुनेछ भने गत आर्थिक बर्षको २० करोड मौज्दात रहेको छ । 

‘उत्पादन गरौं प्रदेश समृद्ध बनाऔं’ मूल नाराका साथ भूमिको वर्गीकरण प्रदेशमा उपलब्ध जमिनको अधिकतम उपयोग गर्नका लागि भू–उपयोग नीति कार्यान्वयन गर्ने, कृषिमा रोजगारीको विकास तथा आत्मनिर्भर बनाउन कृषिमा अनुदान कोषको व्यवस्था बजेटमा गरिएको छ । सो कोषको माध्यमबाट किसानलाई सस्तोमा व्याजदरमा ऋण उपलब्ध गराइने, ताप्लेजुङ, संखुवासभा र सोलुखम्बु जिल्लालाई जडिबुटी उत्पादन र प्रशोधन केन्द्रको रुपमा विकास गरिने बजेटमा उल्लेख छ । 

अलैंची, चिया, अदुवा, फलफुल, धुलो दुधको उत्पादन, रुद्राक्षको खेती १० विघा भन्दा बढी जग्गामा चक्लाबन्दी गर्ने किसानलाई प्रोत्साहन, माछा,मासुको उत्पादनमा वृद्धि लगायतका लागि कृषि क्षेत्रमा रु ८५ करोडको बजेट विनियोजन गरिएको छ । 

‘१ नं. प्रदेशको शान, सवैको अनुहारमा मुस्कान’ मूल नाराका साथ पर्यटन स्थलको विकास, पाँच वर्षमा पाँच लाख पर्यटक भित्रयाउन्, धार्मिक, सांस्कृतिक पर्यटकस्थलको पहिचान गरिएका ठाउँहरूमा पूर्वाधार निर्माणलगायतका कार्यका लागि रु ८९ करोड बजेट विनियोजन गरिएको छ । 

पर्यटकको संख्यामा वृद्धिका लागि ‘युवाद्वारा युवा मैत्री पर्यटन सेवा’ भन्ने नाराका साथ मेची, कोशी र सगरमाथाअन्तर्गतको राजमार्गको रुटमा १०० वटा समूहहरूमा होमस्टे विकास गर्ने आवश्यक बजेटको व्यवस्था गरिएको छ । 

बजेटमा यस प्रदेशमा करिब ३४ हजार मेगावाट क्षमताको विद्युत उत्पादन हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी जलविद्युत लगानी कम्पनी गठन गरिने उल्लेख गरिएको छ । यस प्रदेशमा पाँच वर्षभित्र एक हजार ५००, १० वर्षभित्र तीन हजार र १५ वर्षभित्र चार हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

प्रस्तुत बजेटमा गरिबी तथा वेरोजगारी समस्या समाधानका लागि आत्मनिर्भर युवा कोष’ खडा गरिने र सोका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । औद्योगिक लगानीलाई प्रोत्साहन गरिने, प्रदेशमा लगानी भित्र्याउन मुख्यमन्त्रीको अध्यक्षतामा लगानी बोर्डको स्थापना, विराटनगर र आसपासका क्षेत्रलाई औद्योगिक कोरिडोर र व्यापारिक हवको रुपमा विकास गरिने, विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र निर्माणका लागि निजी क्षेत्रसँग साझेदारी गरिने उल्लेख छ । 

उद्योग क्षेत्रको विकासका लागि रु एक अर्ब ३० करोड विनियोजन गरिएको छ । यसका साथै गरिवका सन्तानलाई एमबिबिएसमा अध्ययनका लागि बिनाधितो सुलभ ऋणको व्यवस्था गर्न ‘जनता चिकित्सा शिक्षा’को स्थापना गरिने, मनमोहन पोलिटेक्निकललाई प्राविधिक विश्वविद्यालय बनाउने, गुम्बा, मदरसा, गुरुकुल शिक्षालाई आधुनिक शिक्षा प्रणालीको मूलधारमा आबद्ध गर्ने लगायतका कार्यका लागि समग्र शिक्षा क्षेत्रको विकासका लागि रु एक अर्ब ३५ करोड विनियोजन गरिएको छ । 

स्वास्थ्य क्षेत्रको लागि रु एक अर्ब ४४ करोड विनियोजन गरिएको छ । सोअन्तर्गत कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा र मोरङको मङ्गलवारे अस्पताललाई ट्रमा सेन्टर रुपमा विकास गरिने र मेची अञ्चल अस्पतालको स्तरोन्नतिका लागि विनियोजन गरिएको छ । 

खेलकुद क्षेत्रको विकासका लागि रु ४३ करोड विनियोजन गरिएको छ । आवास तथा भौंतिक पूर्वाधारका गरिने र पाँच वर्षभित्र प्रदेशका सुकुम्वासी समस्या समाधान गर्ने लक्ष्य राखेर बजेट विनियोजन गरिएको छ । 

प्रदेशसभा सदस्यहरूलाई विकास निर्माणका लागि प्रत्येक सदस्यलाई रु दुई करोड विनियोजन गरिएको छ । प्रदेशभित्रका ग्रामीण सडक सुधार गर्न ‘मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम’ सञ्चालन गरिनेछ । उच्च हिमाली क्षेत्रलाई सडक सञ्जालले जोड्ने नीतिका साथै प्रदेशको १४ वटै जिल्लामा आवास तथा भौतिक पूर्वाधार कार्यक्रमका लागि रु नौ अर्ब ५० करोडको बजेट विनियोजन गरिएको छ । 

आगामी पाँच वर्षभित्रमा प्रदेशलाई डिजिटाइज प्रदेशमा रुपान्तर गरिने, पत्रकार कोषको स्थापना गरिने, शान्ति सुरक्षा, सुशासनलगायतका लागि पनि बजेट विनियोजन गरिएको छ । 

प्रदेशसभाको आजै बसेको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनमन्त्री इन्द्रबहादुर आङबोले आर्थिक वर्ष २०७५÷०७६ को प्रस्तुत बजेट टेबुल गर्नुभयो । प्रदेशसभाको अर्को बैठक असार ३ गते १२ बजे बस्नेछ । 

Comment Box

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...