Fri, 21 Sep 2018
ताजा समाचार
मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट ||
किशोरकिशोरी यौन र प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न थाले

रासस असाड २, २०७५

बीरगन्ज :  केही समयअघिसम्म ‘यौन’ र ‘प्रजनन’ शब्द सुन्नेबित्तिकै लजाउने किशोरकिशोरीहरू अहिले यौन र प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न थालेका छन् ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल परिवार स्वास्थ्य कार्यक्रमले युवा तथा किशोरकिशोरीका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न थालेपश्चात् जनसङ्ख्या, व्यवस्थापन, प्रजनन स्वास्थ्य एवं परिवार नियोजनसम्बन्धी कार्यक्रममा उनीहरूको सहभागिता वृद्धि हुँदै गएको पाइन्छ ।

किशोरकिशोरीको उमेरमा वृद्धिसँगै शरीरको अङ्गहरूमा आउने परिवर्तन र यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका बारेमा साथीसङ्गीहरूसँग कुरा गर्नेमात्र होइन, अभिभावकसँग सल्लाह गरेर समाधान समेत गर्न थालेका छन् ।

आफ्नो शरीरका अङ्गहरूमा भएको परिवर्तन र रजस्वला हुँदा आफ्नै परिवारका सदस्यलाई भन्न नसकेको तीतो अनुभव सँगालेकी ठोरीकी लक्ष्मी श्रेष्ठ यौन र प्रजनन स्वास्थ्यबारे घण्टौँसम्म बहस गर्नसक्ने भएकी छिन् ।

यौन र प्रजनन स्वास्थ्यबारे खुलस्त भएर निर्धक्कका साथ कुरा गर्ने श्रेष्ठ रजस्वला हुने समयमा महिलालाई हुने गरेको पीडा र परम्परागत विचारका कारण कैयौं किशोरीको पढाइ तथा शरीरमा बाधा व्यवधान उत्पन्न हुने गरेको बताउँछिन् ।

यौन र प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावका कारण महिलाको प्रजनन स्वास्थ्यमा समेत ठूलो समस्या पर्ने गरेको नेपाल परिवार स्वास्थ्य कार्यक्रमले जनाएको छ ।
विद्यालय तथा क्याम्पसमा यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा दिइने भएपनि खुलेर पाउने स्थिति नरहेको सन्दर्भमा युवा तथा किशोर किशोरीलाई सोही उमेरका किशोर किशोरीबाट दिइने शिक्षा उनीहरूको समस्या समाधान गर्न प्रभावकारी हुने भएकाले यौन र प्रजनन स्वास्थ्यसम्बन्धी वर्षमा दुई–तीनपटक विभिन्न कार्यक्रम नेपाल परिवार स्वास्थ्य कार्यक्रमले सञ्चालन गर्दै आएको छ ।

आफ्नो उमेरको वृद्धिसँगै शरीरको अङ्गहरूमा हुने परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावबाट किशोरीहरू मात्र होइन, किशोरहरू समेत पीडित हुने गरेका छन्, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत सच्चितानन्द सिंहले बताउनुभयो ।

कैयौं किशोरहरू अझै पनि आफ्ना अभिभावक र साथीसँग यौन स्वास्थ्यसम्बन्धी कुरा खुलेर गर्न हिच्किचाउने गरेको बताउँदै उहाँले यौन स्वास्थ्यसम्बन्धी ज्ञानका अभावमा कैयौं किशोर सुरुसुरुमा हीनताबोधबाट ग्रस्त हुने गरेको उल्लेख गर्नुभयो ।

यौन र प्रजनन स्वास्थ्यको प्रभावकारिताका लागि सरकारले यससम्बन्धी व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ, स्वास्थ्य क्षेत्रमा कार्यरत दिव्य युवा क्लबका प्रमुख रामाकान्त पटेलले भन्नुभयो, “यौन र प्रजनन समस्या एक प्रमुख स्वास्थ्य समस्या हो, यसको निराकरणका लागि यौन र प्रजनन स्वास्थ्य कार्यक्रमलाई ग्रामीण तहसम्म लग्नसक्नु पर्दछ ।”
यौन र प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावमा विशेषगरी किशोरकिशोरीको प्रजनन स्वास्थ्यमा समेत ठूलो समस्या पर्ने गरेको छ, उहाँले भन्नुभयो, विद्यालय र उच्च विद्यालयमा यससम्बन्धी साथी शिक्षा कार्यक्रम लागू गर्नुपर्दछ ।
यौन सम्बन्ध सुखद र सुरक्षित यौन अनुभवका साथ एक सकारात्मक र सम्मानजनक दृष्टिकोण चाहिन्छ । साथै, यसमा दबाब, भेदभाव र हिंसा बिनाको वातावरण चाहिन्छ ।
यौन स्वास्थ्य क्षेत्र व्यापक र विश्वव्यापी छ, यौन रोग विशेषज्ञ डा सुमन प्रसाद भन्नुहुन्छ, “यसमा यौन स्वास्थ्य, यौन उत्साह, यौन सम्बन्ध र यौन असन्तुष्टिजस्ता समस्या र चुनौती देखा पर्छन् ।”
यौन र प्रजनन स्वास्थ्यबारे व्यापक जनचेतना जगाउन सक्यौं भने यससम्बन्धी रोगलाई न्यूनीकरण गर्न सकिन्छ, उहाँले भन्नुभयो, ‘यौन स्वास्थ्यबारे किशोरकिशोरीसँग खुलेर कुरा गर्नुपर्दछ ।’
मुलुकमा बढ्दो यौन हिंसाको घटनालाई कम गर्नका लागि पनि यौन स्वास्थ्यबारे व्यापक जन जागरुकता ल्याउनुपर्ने सुझाव डा सुमनको छ ।
सुरक्षित गर्भपतनको व्यवस्था गरेपछि गत सालभन्दा यो वर्ष गर्भपतन गर्न आउनेको सङ्ख्यामा समेत वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Comment Box

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...