Sat, 16 Feb 2019
ताजा समाचार
दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो || अख्तियार आयुक्त पाठक ७८ लाख घुस अभियोगमा || नेकपा साँसदको किर्ते हस्ताक्षर || ट्राफिक सङ्केत नहुदाँ सडक दुर्घटना वृद्धि हुदै || ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण || प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन || चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब || अनेरा स्ववियूले गरे पिडारिचौकमा दिप प्रज्वलन || चुनावको वाचा पुरागर्दै साँसद यादव || नेकपा नेता नेपालद्धारा अनाथ आश्रमको अवलोकन || जनयुद्ध दिवसप्रति माधव नेपाल आक्रोशित || महानगरको जग्गा कब्जागर्दै काँग्रेस || लागुऔषधसहित साहिल पक्राउ || समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न || स्वास्थ्य प्रदेश बनाउने स्वास्थ्यमन्त्रीको घोषणा || दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला फागुन || कानू समाजको राष्ट्रीय भेला फाल्गुन ३ गते बीरगंजमा हुने || सिरहामा दुर्घटना : दाईको मृत्यु भाई गम्भीर || साना किसानको १२ औ वार्षिक साधारण सभा सम्पन्न || विशाल शोभा यात्रा || सप्तरीको तिलाठीमा अन्तर्रा्ष्ट्रिय कुस्ती प्रतियोगिता जारी || कमला नगरपालिकामा विकास निर्माणले गति लियो || अख्तियारको नियन्त्रणमा आएका असईलाई स्थानीयले भगाए || सुतिरहेको कुकुरलाई प्रहरीको गाडीले किचेपछि स्थानीय आक्रोशित || एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन || स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर अस्पतालमा निधन || पत्रकार माथि हातपातको बिषयमा रिपोटर्स क्लब नेपाल प्रदेश न-२ द्वारा || धनुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ || आँठ किलो गाँजाहित जीतपुरबाट तीन जना पक्राउँ || ९० घरधुरी अन्धकार || इण्टरनेटबाटै सवारी जाँच ! || सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न पाइन्छ : प्रचण्ड ||
जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

रासस असाड ७, २०७५

काठमाडौँ :  सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । 

सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी दिएको छ । 

विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्मा, विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारलगायतका अधिकारी सहभागी हुनुहुन्थ्यो । 

रेलमार्ग सञ्चालनका लागि गरिनुपर्ने पूर्वतयारीका बारेमा छलफल भएको विभागको भनाइ छ । 

छैन रेल ऐन 

नेपाल र भारत जोड्ने रेलमार्ग सञ्चालनको लागि तयार हुने क्रममा रहे पनि सरकारले हालसम्म रेल ऐन तयार गर्न सकेको छैन । 
यस्तै रेल सञ्चालनसम्बन्धी विभिन्न नियमावली, प्राविधिक, सुरक्षा, प्रशासनिक मर्मत संभारका लागि आवश्यक जनशक्ति कसरी उपलब्ध गराउने भन्ने विषयमा आवश्यक तयारीसमेत हुन सकेको छैन । सरकारले रेल विधेयक तयार पारेर संघीय संसद्मा पेश गर्नुपर्ने हुन्छ । विधेयक तयारीको क्रममा रहेको छ । 

यस्तै, प्राविधिक जनशक्तिको उपलब्धता र व्यवस्थापनबारेमा पनि संबद्ध निकायले ध्यान दिनुपर्ने र तत्काल त्यसको ढाँचा तयार पार्नुपर्ने आवश्यकता देखिएको छ । 

सहमतिअनुसार आगामी जुलाई ९ देखि १९ सम्म हुने दुई देशबीचको संयुक्त बैठकमा प्राविधिक तथा अन्य प्रशासनिक विषयमा सहमति जुटाइने भएको छ । 

प्रवक्ता उपाध्यायका अनुसार निर्माण सम्पन्न हुन लागेको रेलमार्ग सन् २०१८ को अन्त्यसम्म सञ्चालनमा ल्याइने भएको छ । जनकपुर–जयनगरमा ३५ किलोमिटर लामो रेलमार्ग सञ्चालनमा आउनेछ । 

विशेषगरी जनकपुर–जयनगर रेल सञ्चालनको मोडालिटीबारे छलफल गर्न भारतीय रेल विभागका अधिकारी काठमाडौँ आएका हुन् । सरकारले भारतीय रेल विभागसँग ‘वेट लिज’मा रेल सम्झौता गर्ने भएको छ । सो सम्झौताअनुसार भारतीय रेल्बे विभागले रेलको डब्बा र अन्य प्राविधिक जनशक्ति उपलब्ध गराउने भएको छ । 

नेपालमा नै रेल चलाउने जनशक्ति तयार गर्ने विषयमा समेत भारतीय पक्षले सहयोग गर्ने जनाएको छ । विभागले जनकपुर जयनगरका साथै विराटनगर—बथनाहाको १८ किलोमिटर रेलमार्गमा पनि त्यस्तै सम्झौता गर्न लागेको छ । सो रेल प्रतिघण्टा १०० किलोमिटरको गतिमा दौडनेछ । 

विभागले जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइसकेको जनाएको छ । भारत सरकारले सो रेलमार्ग निर्माणका लागि रु १० अर्ब सहयोग गरेको छ । 

जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट करीब छ किलोमिटर पर कुर्था भन्ने स्थानसम्म रेलमार्गको लिकसमेत निर्माण भइसकेको छ । 

हाल निर्माण सम्पन्न भएको र निर्माणका क्रममा रहेको रेलमार्ग ‘ब्रोडगेज’को हो । सो रेलमार्गमा छवटासम्म डब्बा तान्न सक्ने चार इन्जिन राख्ने तयारी गरिएको छ । यस्तै, रक्सौल–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययनको कार्य पनि जारी रहेको छ । 

Comment Box

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...

काठमाण्डु । नेपाल इन्जिनियरिंग कलेजको विवादमा लाखौ घुस लिएको आरोप...

प्रदेशसभा २ मा समिति गठनमा नेकपामा भाँडभैलो ,प्रदेशसभा २ मा...

पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत...

सप्तरी : प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा...

भरतपुर : पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय...

जनकपुरधाम : बुधबार तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको...

महानगरमा नमुना मुसहर वस्तीको शिलान्यास , विपन्न दलित मुसहरहरुको वस्तीमा...

जनकपुरधाम । नेकपाका बरिष्ट नेता माधव कुमार नेपालले बुधवार जनकपुरधाम...

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णय बिना जनयुद्ध दिवस...

नेपाली काँग्रेस पर्साले वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गाहरुमा नेपाली...

पर्सा । नियान्त्रित लागूऔषध ईन्जेक्सन १५ सय थानसहित जिल्ला पर्सा...

जनकपुरधाम । समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला धनुषा जनकपुर उप(महानगरपालिका...

जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य जनसंख्या एव्म जनसंख्या मन्त्री उपेन्द्र...

जीतपुर : दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला...

बीरगंज : नेपालमा आफ्नो पहिचान स्थापित गराउन सक्रिय रहेको कानू...

: सिरहाको मिर्चैयामा आज विहान करिब ६ बजे तिर ...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको भरतपुरमा साना किसान कृषि...

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ सोहनीमा बुधवार (आज)बाट महायज्ञ...

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर– १ तिलाठीमा अन्तर्रा्ष्ट्रिय...

धनुषाको कमला नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।...

महोत्तरी : १० हजार रुपैयाँसहित रंगेहात अख्तियारको नियन्त्रणमा आएका...

रामेछाप : जिल्ला प्रहरी कार्यालयको बा १ झ ७४४७...

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा...

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी...

सर्लाही । रिपोटर्स क्लब नेपाल प्रदेश न-२ ले समाचार...

जनकपुरधाम । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ...

बारा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरबाटप्रतिबन्धित लागु औषध ८ किलो...

हुम्ला : लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा...

बाँके : अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो...

सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको...