Mon, 24 Sep 2018
ताजा समाचार
सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु ||
रेलवेको दुईवटा हल्ट हट्योरेल सञ्चालन गर्न ऐन, कानूनको खाँचो

टुडे समाचारदाता असाड ८, २०७५

परवाहा , महिनाथपुर र जनकपुर हल्ट बनेको छ ।’बैदेही हल्टको स्टेशनमा स्तरोन्नती भएको छ । कनकपट्टी र सहिद सरोज कोइराला हल्ट हटाईएको छ ।कुर्था मुख्य क्रसिंग, ईनर्वा, खजुरी र महिनाथपुरमा क्रसिंग हुने बताईएको छ । ब्रोडगेज रेलका लागि क्रसिंग गर्न कम्तिमा १२ सय मिटर लम्बाई हुनुपर्ने छ ।

जनकपुरधाम   ।   भारतको   जयनगर–जनकपुरधाम चल्ने रेल मार्गमा बाधक बनेको लेउरीको घरहरु हटाउन सहज भएपछि सयममै रेल सञ्चालन हुने भएको छ ।नेपाल–भारत     रेलवेको     संयुक्त     टोलीले  यसै  वर्षको  अक्टोवर  महिनामा  रेल  सेवा  सञ्चालन  गर्ने  लक्ष्य  राखेको  छ  ।तर  लेउरीमा  रेलवे  क्षेत्रमा  पर्ने  घरहरु  नभत्काउन   अदालतमा   मुद्दा   परेकाले   काममा व्यवधान आएको थियो ।‘अदालतको   आदेश   आईसकेको   छ,   मुआब्जा समितिले जग्गा धनीहरुलाई मुआब्जा छुट्टयाई  सकेकोछ’रेलवे  साईट  कार्यालयका  ईञ्जिनियर विनोद ओझाले भने, घरधनीहरुपनि घर हटाउन सहमत भईसकेका छन् ।  रेल  सञ्चालनका  लागि  नेपाली  र  भारतीय    अधिकारीहरुबीच    मंगलबार    र  बुधबार  दुई  दिन  सम्म  काठमाण्डुमा  प्राविधिक  विषयहरुमा  छलफल  भएको  रेल  विभागले  जनाएको  छ  ।  भौतिक  पूर्वाधार   तथा   यातायात   मन्त्रालयका   सहसचिवद्वय    केशवकुमार    शर्मा    र    राजेन्द्रराज शर्मा, विभागका महानिर्देशक अनन्त   आचार्य,   सिनियर   डिभिजनल   इञ्जिनियर   अमन   चित्रकारलगायतका   अधिकारी छलफलमा सहभागी थिए । जयनगर–कुर्था      सम्मको      ३५      किलोमिटर मार्गमा लिक ओछ्याउने कार्य जारी  रहेको  छ  ।  रेल  स्टेशनका  घरहरु  निर्माण भईसकेको र प्लेट फार्म ढलानको कार्य भईरहेको ओझाले जनाए । कानूनी र अन्य प्राविधिक दुई देशीय विषय बाहेक रेल  सञ्चालनका  लागि  आवश्यक  सबै  काम  निर्धारित  समयमै  तयार  भईसक्ने  उनले   बताए   ।   जयनगर–कुर्था   ३५   किलोमिटर  रेल  मार्गमा  पुराना  २  वटा  हाल्ट हटाईएको छ । ३ वटा स्टेशनलाई हाल्टमा  झारिएको  र  वैदेही  हल्टलाई  स्टेशनमा   स्तरोन्नती   गरेको   ओझाले   बताए ।‘पहिले  मूल  स्टेशन  रहेको  जनकपुर  अब हल्ट मात्र रहने छ’ उनले भने, परवाहा ,  महिनाथपुर  र  जनकपुर  हल्ट  बनेको  छ  ।’बैदेही  हल्टको  स्टेशनमा  स्तरोन्नती  भएको  छ  ।  कनकपट्टी  र  सहिद  सरोज  कोइराला हल्ट हटाईएको छ ।कुर्था मुख्य क्रसिंग,  ईनर्वा,  खजुरी  र  महिनाथपुरमा  क्रसिंग हुने बताईएको छ । ब्रोडगेज रेलका लागि क्रसिंग गर्न कम्तिमा १२ सय मिटर लम्बाई हुनुपर्ने ओझाले बताए ।भारतको  रामायण  सर्किट  अन्तरगत  राखिएको जनकपुरधामलाई अयोध्यासित जोड्न  रेल  सञ्चालन  हुने  बताईएको  छ  ।  ब्रोडगेज  रेल  सेवा  सुरु  भए  लगतै  अयोध्यासित   जनकपुरधामलाई   जोड्न   सोझो  रेल  सेवा  सञ्चालन  हुने  भारतीय  अधिकारीहरुले जनाएका छन् ।रेलको  लिक,  स्टेशन  घर,  प्लेटफार्म  लगायतका   कार्यहरु   अन्तिम   चरणमा   पुगेपनि  सञ्चालनका  लागि  प्रमुख  दुईवटा  समस्या  देखिएको  छ  ।  रेलको  ईञ्जिन  र  बोगीबारे  औपचारिक  निर्णय  हुन  बाँकी  रहेको र रेल सञ्चालनका लागि आवश्यक ऐन, कानूनहरुको निर्माण हुन सकेको छैन् ।यस्तै रेल सञ्चालनसम्बन्धी विभिन्न नियमावली, प्राविधिक, सुरक्षा, प्रशासनिक मर्मत संभारका लागि आवश्यक जनशक्ति कसरी  उपलब्ध  गराउने  भन्ने  विषयमा  आवश्यक तयारीसमेत हुन सकेको छैन । सरकारले रेल विधेयक तयार पारेर संघीय संसद्मा  पेश  गर्नुपर्ने  हुन्छ  ।  विधेयक  तयारीको  क्रममा  रहेको  अधिकारीहरुले  जनाएका छन् ।यस्तै,     प्राविधिक     जनशक्तिको     उपलब्धता   र   व्यवस्थापनबारेमा   पनि   संबद्ध निकायले ध्यान दिनुपर्ने र तत्काल त्यसको ढाँचा तयार पार्नुपर्ने आवश्यकता देखिएको छ । सहमतिअनुसार  आगामी  जुलाई  ९  देखि १९ सम्म हुने दुई देशबीचको संयुक्त बैठकमा प्राविधिक तथा अन्य प्रशासनिक विषयमा सहमति जुटाइने भएको छ । जयनगरदेखि   महोत्तरी   जिल्लाको   बर्दिबास  सम्मको  ६९  किलोमिटर  लामो  रेल  मार्ग  ३  चरणमा  निर्माण  हुने  भएको  छ  ।  पहिलो  चरणमा  जयनगर–जनकपुर–कुर्था  ३५  किलोमिटर  रहेको  छ  ।दोस्रो  चरणमा   कुर्था–भँगहा   १७   किलोमिटर   र  भँगहा–बर्दिबास  १७  किलोमिटर  तेस्रो  चरणमा निर्माण हुनेछ ।सरकारले  भारतीय  रेल  विभागसँग  ।।।वेट      लिज’मा      रेल      सम्झौता      गर्ने  तयारीमा  छ  ।  सो  सम्झौताअनुसार  भारतीय  रेल्बे  विभागले  रेलको  डब्बा  र  अन्य  प्राविधिक  जनशक्ति  उपलब्ध  गराउने  छ  ।  नेपाल  र  भारतबीच  भएको  रेल  सम्झौता  अनुसार  रेलको  ईञ्जिन  र  बगीबारे  उल्लेख  नरहेपनि  भारतले  ईञ्जिन  र  बगीपनि  सहयोगमै  उपलब्ध  राउने  भारतीय  रेलवेका  अधिकारीहरुले  जनाएका  छन्  ।  भारत  सरकारले  सो  रेलमार्ग  निर्माणका  लागि  रु  १०  अर्ब  सहयोग गरेको छ । नेपालमा  नै  रेल  चलाउने  जनशक्ति  तयार गर्ने विषयमा समेत भारतीय पक्षले सहयोग  गर्ने  जनाएको  छ  ।  विभागले  जनकपुर  जयनगरका  साथै  विराटनगर—बथनाहाको  १८  किलोमिटर  रेलमार्गमा  पनि त्यस्तै सम्झौता गर्न लागेको छ । सो रेल प्रतिघण्टा १०० किलोमिटरको गतिमा दौडनेछ । चीनसित    रेलमार्गले    नेपाललाई    जोड्न नेपाल र चीन सरकारबीच बिहिवार सम्झौता भएको छ ।नेपालले रेल मार्गको विकासमा जोड दिईएको छ ।

Comment Box

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...