रासस
असाड १०, २०७५
चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
नितु तिमिल्सिनाको घरमा टिनको छाना बनाउने क्रममा स्थानीयवासी २१ वर्षीय विमल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काम गर्ने क्रममा नाङ्गो विद्युतीय तारमा छोएपछि कुमाललाई करेन्ट लागेको हो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।