मुकेश कुमार यादव
असाड १९, २०७५
सिरहा : गोलबजारमा खोलामा बग्दै गरेकी एक महिलाको उद्धार गरिएको छ । गोलबजार नगरपालिका ३ की करिब ४० वर्षीया बिना योञ्जनको मैनाबत्ती खोलाले बगाईरहेको अवस्थामा स्थानीयले, उद्दार गरेका हुन् ।
बाढीमा करिब दुई तिन किलोमिटर बगेकी बिनाको उद्धारपछि गोलबजारस्थित हेल्थ केयर सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
प्रहरीका अनुसार योञ्जनको अवस्था अहिले खतरामुक्त रहेको रहेको छ ।
तीन दिनदेखि लगातार परेको भिषण वर्षाले सिरहाका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ । वर्षाले सिरहाको मुख्य बजार मानिने लहान, सिरहा, मिर्चैया, सुखीपुर लगायतका ठाउँहरु वर्षात्को पानीले प्रभावित बनेका छन् । मिर्चैयास्थित नेपाल विद्युत प्राधिकरणको शाखा कार्यालयमा करिब दुई फिट पानी जमेको छन भने कमला खोलमा पानिको चाप वढेकोले मनिसलाई आवत जावत गर्न समो धौधौ भएका छन ।