Sun, 24 Feb 2019
ताजा समाचार
गोली प्रहार गरी महिलाको हत्या || एक लाख घुससहित पक्राउ || एनसेल विस्फोटका शंकास्पद १६ जना समातिए || कांग्रेसमा किचलो: आफूअनुकूल विधान बनाउने नेताहरुको रणनीतिले समस्या || प्रतिबन्धित संगठनले सञ्चालन गर्दै आएको मदरसा प्रान्तीय सरकारको नियन्त्रणमा || पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा, दाउफिन्ससित उपाधि भिडन्त || जनता बचत तथा ऋण सहकारी संस्थाले ७ औ साधारणसभा मनाए || आवश्यकतालाई परिपुर्ति गर्न बजारको विशेष भु्मिका : मन्त्री पोखरेल || दुइदिने निःशुल्क स्वास्थ्य शिविरमा १६ सयभन्दा बढीको स्वास्थ्य परिक्षण || बिवाह उत्सवमा पटाखा पड्काउने ब्यक्तिलाई कार्यवाही गरिने || नेकपा प्रदेश विवादको प्रतिवेदन पेश, महतो पक्ष दोषी || लाटी किसोरीलाई सामुहिक बलात्कार || राजपाका मेयर ‘श्रीमान्’ उपमेयरबाट परेशान || संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ ||
सस्तिएको अलैँचीको बिरुवा समेत नबिक्दा लमजुङका किसान मर्कामा

एजेन्सी असाड २७, २०७५

लमजुङ  ।  पाँच वर्षअघि लमजुङमा अलैँचीको बिरुवा अन्यत्रबाट ल्याउनुपर्दथ्यो । अलैँचीको बिरुवाको माग बढेसँगै जिल्लाका अधिकांश किसानले अलैँची खेतीमा भन्दा बिरुवा उत्पादनमा जोड दिए । 
छोटो समयमै राम्रो कमाई हुन सक्ने भएकाले पनि किसानहरु बिरुवा उत्पादनमै बढी केन्द्रित भए । अलैँचीको बिरुवाको माग र मूल्य दुवै उच्च भएकै कारण केही समय बिरुवा बिक्रीबाट मात्रै पनि यहाँका किसानले मनग्य कमाए । यहाँ उत्पादित बिरुवा लमजुङसहित पर्वत, स्याङ्जा, गोरखा, तनहुँ र कास्कीसम्म पुग्थे । 
तर पछिल्ला केही वर्षमा जिल्लामा उत्पादित अलैँचीको बिरुवा बिक्री हुन सकेको छैन । लाखौँ खर्चेर नर्सरी स्थापना गरी अलैँचीको बिरुवा उत्पादन गरेका किसान उत्पादित बिरुवा बिक्री नहुँदा चिन्तित बनेका छन् । 
बर्सेनि बिरुवा उत्पादन बढ्दो, मूल्य घट्दो   
लमजुङमा बर्सेनि अलैँचीको बिरुवा उत्पादन बढेको छ । बिरुवाको मूल्य भने बर्षेनि घट्दो छ । सस्तिएको अलैँचीको बिरुवा समेत बिक्री नहुँदा किसानलाई पर्नुसम्मको पीर परेको छ । गएको वर्ष मात्रै २ लाख अलैँची बिरुवा बेचेका क्वहोलासोँथर गाउँपालिका–८, घाम्राङका अलैँची बिरुवा उत्पादक किसान इश्वर गुरुङको यसवर्ष एउटा पनि बिरुवा बिक्री भएको छैन । 
‘१५ रोपनी जग्गामा नर्सरी बनाएको छु । बिरुवा हुर्काएको छु । तर उत्पादित बिरुवा बिक्री भएको छैन । बिरुवा बिक्री नहुँदा साह्रै समस्या भएको छ । लगानी त बाुलवामा पानी नै हुने भो,’ उहाँले दुखेसो पोख्नुभयो ।   
उत्पादित अलैँची बिक्री नहुँदा व्यक्तिगतका साथै समूहगत रुपमा नर्सरीमा बिरुवा उत्पादन गरेका किसानहरु निकै निराश बनेका छन् । ९ जना युवा मिली ४५ लाख बढी लगानी गरी ५० रोपनी जग्गामा ग्रीन हाउस निर्माण गरी उत्पादन गरिएका झण्डै ८ लाख बिरुवा बिक्री नहुँदा आफूहरु निकै मारमा परेको मस्र्याङ्दी गाउँपालिका–७, शेरामा रहेको शेरा अलैँची नर्सरी फर्मका किसान केशलाल तामाङ बताउनुहुन्छ ।
जिल्लामा सरोकारवालबीच छलफल गरी अलैँचीको बिरुवाको मूल्य यसअघि निर्धारण गरिसकिएको छ । नर्सरीमा उत्पादित ३२ महिना पूरा भएका प्रतिबिरुवाको मूल्य ८ रुपैयाँ निर्धारण गरिएको छ । अलैँचीको पुरानो गाँज (पान्ना)बाट निकालिएको प्रति बिरुवाको मूल्य ५ रुपैयाँ तोकिएको छ । 
गएको वर्षभन्दा यसवर्ष अलैँचीको बिरुवाको मूल्य घटेको हो । गएको वर्ष नर्सरीमा उत्पादित प्रति बिरुवाको मूल्य ९ रुपैयाँ थियो । पुरानो गाँजबाट निकालिएको प्रति बिरुवाको मूल्य ७ रुपैयाँ निर्धारण गरिएको थियो । गएको वर्षको तुलनामा बिरुवाको माग कम भएको, अलैँचीको मूल्य घटेको, अलैँचीको बिरुवा उत्पादक किसान समेत बढेका कारण जिल्लामा यसवर्ष अलैँचीको बिरुवाको मूल्य घटेको नेपाल अलैँची व्यावसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
अलैँची उत्पादक किसान एवम् अलैँची व्यावसायी समेत रहनुभएका तामाङका अनुसार जिल्लामा फर्म दर्ता गरी व्यावसायिक रुपमा नर्सरीमै अलैँचीको बिरुवा उत्पादन गर्ने किसान १० जना रहेका छन् । अलैँची उत्पादक किसान भने झण्डै २५ हजारको हाराहारीमा छन् । उहाँका अनुसार जिल्लामा वार्षिक ५ लाख अलैँची बिरुवा आवश्यक पर्छ । जिल्लामा वार्षिक २० लाखभन्दा बढी अलैँची बिरुवा उत्पादन हुन्छ । 
‘बिरुवा उत्पादक किसान बढेका छन् । बिरुवा उत्पादन पनि बढ्दो छ । तर बिरुवाको माग घट्दो छ’, उहाँले भन्नुभयो, ‘त्यसैले बर्सेनि अलैँचीको बिरुवाको मूल्य घटेको छ । उत्पादित बिरुवा बिक्री हुन सकेको छैन । किसानहरु निराश छन्,’ उहाँले तीतो यथार्थ सुनाउनुभयो । 
बिरुवा किनेर खेती गर्न छाडे   
केही वर्षअघि अलैँचीले राम्रो मूल्य पाउँथ्यो । किसानहरु बिरुवा किनेरै अलैँची खेती गर्न लालयित बन्थे । पछिल्ला वर्षहरुमा अलैँचीको मूल्य घट्दो छ । किसानहरुले बिरुवा किनेर अलैँची लगाउनै छाडेका छन् । 
तामाङका अनुसार किसानले लाखौँ लगानी गरी हुर्काएका अलैँचीका बिरुवा बिक्री नहुँदा किसानको लगानी डुब्ने खतरा छ । उत्पादित बिरुवा सम्बन्धित निकायले खरीद गरी किसानलाई वितरण गर्न सकेको खण्डमा उत्पादित बिरुवाले बजार पाउँछ । अलैँचीको खेतीको क्षेत्र विस्तार हुन्छ । देशमा अलैँची उत्पादनमा पनि वृद्धि हुन्छ । 

Comment Box

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको हत्या भएको छ...

कपिलबस्तु । कपिलबस्तुमा एक लाख घुस रकमसहित विद्यालय ब्यवस्थापन समितिका...

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा रहेका टेलिफोन सेवा प्रदायक कम्पनी...

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा...

इस्लामावाद । पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको...

बुटवल: नेपाल पुलिस क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल...

महोत्तरी । महोत्तरीको औरहीस्थित जनता बचत तथा ऋण सहकारी...

आवश्यकताहरुलाई एकअर्कालाई आर्थिक रुपमा विकास गर्नका लागि वजारले महत्वपुर्ण...

सर्लाही । २ नम्बर प्रदेशका सांसद माननीय निरा...

सर्लाही । बिवाह लगायतको उत्सवमा पटाखा पडकाएर रमाइलो गरेको क्रम...

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश नम्वर २ को संसदीय दलमा...

सिरहामा दुई जनाको बलात्कारको घटना सेलाउन नपाउँदै सप्तरी जिल्लामा बोल्न...

राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको दोस्रो दिनको बैठकमा मेयरहरुले श्रीमान् उपमेयरहरुबाट...

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...