Tue, 18 Dec 2018
ताजा समाचार
लागुऔषध चरेश फेला || जनता माविमा सामाजिक परिक्षण कार्यक्रम || क्याम्पस प्रमुखलाई कालोमोसो || टिभिएस स्कुटरको रैली || गुनासो सुन्ने अधिकारीहरुको कार्यशाला गोष्ठी सम्पन्न || सर्लाहीका स्थानीय तहका कर्मचारीहरु द्वारा कर्मचारी समायोजन अध्यादेशको विरोध || भारतीय मुद्रा भारतमै फर्कन थाले || दुर्गन्धित बन्यो जनकपुर, नाक थुनेर हिँड्नुपर्ने बाध्यता || भीमसेनदासले भने- ‘घरभाडा लिएको पाइए फिर्ता गर्छु’ || लागु औषध ओसारपसारमा संलग्न एकजना पक्राउ || जापानको एक रेस्टुराँमा विस्फोट, ४२ जना घाइते || म्यान्चेस्टर यूनाईटेडमाथि लिभरपुलको जित, चेल्सी विजयी हुँदा आर्सनल पराजित || गुणस्तरी शिक्षाका लागि अभिभावक भेला || गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध ||
नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो : नेपाल च्याम्पियन

रासस असाड 32, २०७५

काठमाडौँ :  नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।

नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतल ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा तुर्किमिनिस्तानले सात स्वर्ण, दुई रजत र एक कास्य जिते । नेपालले जुनियर र सिनियर दुवै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण, ४३ रजत र ६१ कास्य प्राप्त गर्दा दोस्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण, १२ रजत र १२ कास्य पदक ल्याएको छ ।

सिनियरतर्फ नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण, १२ रजत र १९ कास्य पदक जित्दा दोस्रो स्थानमा रहेको भारतले भने नौ स्वर्ण, १७ रजत र २७ कास्य हात पारेको छ । प्रतियोगितामा तीन स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ वर्षसम्मको ब्ल्याकबेल्टको स्पाइरिङमा स्वर्ण जितिन् । सिनियर पुरुषतर्फ तुर्किमिनिस्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भए ।

नेपाल आइटिएफ तेक्वान्दोको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा महिला १० वर्षमुनिको उमेर समूहको २० केजीमुनिको स्पाइरिङमा नेपालकी सन्ध्या लामाले स्वर्ण जित्नुभयो । त्यस्तै १४ देखि १५ वर्षको कलर ब्लडको स्पाइरिङ नेपालले पाँच स्वर्ण जित्न सफल भयो । सोअनुसार ३५ केजीमुनि नेपालकी निशा पुलामी मगर, ४५ केजीमुनि अभिना राई, ५५ केजीमुनि अनिष कार्की, ६० केजीमुनि कोपीला स्याङ्ताङ र ६५ केजीमुनि डोल्मा गुरुङले स्वर्ण जिते ।

सोही प्रतियोगितामा १५ देखि १७ वर्षको रंगीन पेटीका महिला स्पाइरिङमा नेपालले तीन स्वर्ण जितेको छ । नेपालका लागि ४५ केजीमुनि रश्मि थापा मगर, ५२ केजीमुनि सचिता सुनुवार र ५८ केजीमुनि चुम्ला शेर्पाले स्वर्ण जिते । महिला १८ देखि ३९ वर्षको सिनियर रंगीन पेटीको ५२ केजीमुनि नेपालकी निश्चल राईले स्वर्ण जितिन् । महिला १५ देखि १८ वर्षको कालो पेटीमा नेपालले तीन स्वर्ण जित्न सफल भयो । सविना लामाले ५५ केजीमुनि, करिश्मा घर्ती मगरले ६४ केजीमुनि र कन्याम लिम्बूले ७० केजीमाथि स्वर्ण पदक हात पारे ।

महिला १८ देखि ३९ वर्षको कालो पेटीमा नेपाल चार स्वर्ण जित्न सफल भएको छ । नेपालका लागि ४७ केजीमुनि रुबिका, ५२ केजीमुनि रञ्जु पुलामी मगर, ५७ केजीमुनि रिना धिमाल र ७७ केजीमुनि सिर्जना राईले स्वर्ण पदक हात पार्न सफल भए ।

रंगीन पेटीमा सचिता सुनुवार, दोस्रो डान कालो पेटीमा निश्मा बस्याल, तेस्रो डान कालो पेटीमा सोनी खड्का र चौथो डान कालो पेटीमा तुलसा राजथलाले आआफ्नो खेलमा स्वर्ण जिते ।

महिला टिम प्याटन र टिम स्पाइरिङमा पनि नेपालले दुई स्वर्ण जित्यो । प्याटनमा रुबिका, रिना, निश्मा, तुलसा राजथला र हिमा खड्काको समूहले स्वर्ण जित्दा टिम स्पाइरिङमा सोनी खड्का, रुबिका, सञ्चिता लामा, शान्ति खत्री, रिना र सिर्जना राईको समूहले स्वर्ण जितेका थियो ।

पुरुष १० वर्षमुनि नेपालले दुई स्वर्ण जित्न सफल भयो । बाइस केजीमुनि अभिषेक राई र ३२ केजीमुनि लक्की राईले स्वर्ण जितेका छन् । पुरुष १० देखि १३ वर्षमुनिको रंगीन पेटीमा नेपालले छ स्वर्ण जित्न सफल भएको छ । तीस केजीमुनि किस्मत पुन, ३५ केजीमुनि शिशिर राई, ४० केजीमुनि शिवम घर्ती मगर, ४५ केजीमुनि, विनोद रखाल, ५० केजीमुनि विजय सारु र ५५ केजीमुनि निलेश थापा मगरले आआफ्नो खेलमा स्वर्ण जितेका छन् ।

पुरुष १४ देखि १५ वर्षको रंगीन पेटीमा नेपालले दुई स्वर्ण जित्यो । सुनिल गोलेले ५० केजीमुनि र अभिषेक राईले ६० केजीमुनि स्वर्ण जितेका छन् । पुरुष १६ देखि १७ वर्षमुनि रंगीन पेटीमा नेपालले तीन स्वर्ण जित्न सफल भयो । निश्चल कुर्मालीले ४५ केजीमुनि, सुजन शाही ठकुरी ५१ केजीमुनि, पूर्ण लोप्चनले ५७ केजीमुनि र सुमित खुलाल मगर ७५ केजीमाथिको खेलमा स्वर्ण जिते ।

पुरुष १८ देखि ३९ वर्षमुनिको रंगीन पेटीमा नेपालले तीन स्वर्ण जितेको थियो । किरण कुँवरले ५८ केजी, चूडामणि कुँवरले ६४ केजी र देवीकुमार थारुले ७१ केजीमुनि स्वर्ण जिते । पुरुष १५–१८ वर्षमुनि प्रथमदेखि चौथो डानको स्पाइरिङमा नेपालले सात स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४५ केजीमुनि श्याम राई, ५१ केजीमुनि विशाल बुढा मगर, ५७ केजीमुनि अनिल तामाङ, ६० केजीमुनि कृष्ण बस्नेत, ६३ केजीमुनि प्रताभ कार्की, ६९ केजीमुनि अञ्जिल कुँवर र ७५ केजीमाथि साजन बच्चमैयाले स्वर्ण दिलाए ।

पुरुष १८–३९ वर्षमुनि प्रथमदेखि चौथो डानको स्पाइरिङमा नेपाल दुई स्वर्ण जित्न सफल भयो । नेपालका लागि ५२ केजीमुनि सागरशम्शेर कुँवर र ७८ केजीमुनि चाउची डंगोलले स्वर्ण जिते । गत शुक्रबारदेखि आइतबारसम्म भएको उक्त प्रतियोगितामा पुरुष पाँचौँ डान भेट्रान प्याट्रनमा नेपालका लागि खेम क्षेत्रीले स्वर्ण जिते । त्यस्तै टिम स्पाइरिङमा नेपालले स्वर्ण जित्यो । चाउची, लीलाधर बस्नेत, दिनेश बुढा मगर र वीर कुँवरको टोलीले भारतलाई ३–२ को स्कोरमा पराजित गरेको थियो ।

Comment Box

जनकपुरधाम । वीरगंज महानगरपालिका–११ रानिघाटबाट प्रहरीले लागुऔषध चरेश फेला गरेको...

जनकपुरधाम । पुर्वी धनुषाको विदेह नगरपालिका–६ गिद्धाको ...

जनकपुरधाम । राराब क्याम्पस प्रमुख डा. विजयकुमार लाललाई विद्यार्थी ...

रौतहट : युनिसेफ यूसएआइडी तथा रेस्टलेस डेभलपमेन्टको सहयोगमा जनसेवा नेपाल...

मलंगवा । सर्लाही सहित देशभरका स्थानीय तहका कर्मचारीहरुले कर्मचारी समायोजन...

वीरगञ्ज । नेपाल सरकारले भारतीय १ सय बाहेकको नोटलाई प्रतिबन्ध...

जनकपुरधाम । रामजानकी विवाह महोत्सवका बेला निकै तामझामका साथ...

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले संसद सचिवालयबाट घरभाडा...

रुपन्देही। रुपन्देहीमा लामो समयदेखि लागु औषध ओसारपसारमा संलग्न गिरोहमध्येका एक...

काठमाडौं । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते...

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपूलले म्यानचेस्टर यूनाइटेडलाई ३–१...

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका गिद्धाबेलापटीस्थित जनता नमूना प्राविधिक माध्यमिक...

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...