Fri, 16 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
नागरिकतामा प्रदेश र संघिय सरकारबीच विवाद

टुडे समाचारदाता साउन ११, २०७५

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालयहरुले प्रदेश सरकारको निर्देशनलाई कार्यान्वयन गर्न संघिय सरकारको निर्देशन माग गरेका छन् ।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने संविधानमा उल्लेख रहेपनि कानून अभावमा त्यो कार्यान्वयन हुन सकेको छैन् ।व्यक्तिगत रुपमा कतिपयले सर्वोच्च अदालतमा गरेको मुद्दामा अनुकुल आदेश लिएर नागरिकता बनाएका छन् ।

तर सर्वोच्च अदालतले नै सरकारलाई कानून बनाएर नागरिकता दिनु भने आदेशको कारण संवैधानिक व्यवस्था कार्यान्वयन हुन सकेको छैन् ।

संघिय सरकारले यस सम्बन्धमा कानून बनाउन चासो लिएको छैन् ।प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले विहिवार संघिय सरकारको गृहमन्त्रीलाई पत्राचार गरी कानूनको प्रकृयाबारे जानकारी मागेका छन् ।

प्रदेश गृह मन्त्रीले आफ्नो दुई पृष्ठको पत्रमा जिप्रकाहरुले निर्देशन परिपालना नगरि संघिय गृह मन्त्रालयसित निर्देशन माग गरेकोमा असन्तुष्टि जनाएका छन् । ‘यस सम्बन्धमा संघीय सरकारको जिम्मेवार गृह मन्त्रालयले हालसम्म के कस्तो व्यवस्था गरेको छ, यससम्बन्धी संघीय कानुन निर्माण प्रक्रिया कुन चरणमा पुगेको छ, सोको जानकारी गराई पाउन ध्यानाकर्षण गर्दछु ’मन्त्री यादवले पत्रमा भनेका छन् ,यो समस्यााबाट मधेसी समुदाय बढी प्रभावित रहेकाले जन्मका आधारमा नागरिकता पाएकाको सन्तानले नागरिकता पाउन कठिनाइ भोग्नु नपर्ने गरी सहज व्यवस्था मिलाउन केन्द्र सरकासँग आग्रह गर्दछु ।

मन्त्री यादवले यस अघि साउन ७ गते प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिन दिएको निर्देशन कार्यान्वयन भएन् ।

जिल्ला प्रशासन कार्यालयहरुले प्रदेश सरकारको निर्देशन पत्रलाई संलग्न गरी संघिय सरकारको गृह मन्त्रालयसित निर्देशन मागेका छन् ।

जिल्ला प्रशासन कार्यालय संघिय सरकारको गृह मन्त्रालय अन्तरगत रहेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त पत्र सहित संघिय गृह मन्त्रालयमा आवश्यक निर्देशनका लागि पत्राचार गरेको बताए ।

उनले भने, गृह मन्त्रालयको निर्देशन अनुसार प्रकृया अगाडी बढाइने उनले बताए । संघिय सरकारले यस सम्बन्धमा स्पष्ट निर्देशन दिने उनको विश्वास छ ।

प्रदेशका आठवटै जिल्ला प्रशासनले केन्द्रिय गृहमन्त्रालयमा पत्राचार गरेपछि प्रदेश गृहमन्त्रालयलेपनि त्यहीँ मन्त्रालयमा पत्राचार गरेको छ ।संघिय सरकारको निर्देशनलाई प्रदेश र जिल्ला प्रशासन कार्यालयहरुले कुरेका छन् ।

संघिय सदनमा पनि तराई केन्द्रित दलका साँसदहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई संवैधानिक प्रावधान अनुरुप वंशज नागरिकता प्रदान गर्न माग गर्दै आएका छन् ।

जन्मसिद्धका कति सन्तान वंशज नागरिकता पाउने हुन् त्यसको यकिन तथ्यांक छैन् ।तर अनुमान अनुसार लाखमा नै त्यसको संख्या छ ।२०६२ सालमा नागरिकता वितरण स्थलमा नै सर्जमिनको अधारमा जन्मसिद्ध नागरिकलाई नागरिकता प्रदान गरिएको थियो ।

उनीहरुका सन्तानलाई नै अब वंशजको नागरिकता माग गरिएको छ ।संविधानले पनि उनीहरुलाई वंशजको अधारमा नागरिकता दिने व्यवस्था गरेको छ ।जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाउँदा अध्ययन लगायतका कयौं क्षेत्रमा समस्या देखिएको छ ।आमा बुवा नागरिक भएपनि सन्तान अनागरिक छन् ।

नागरिकताको विषयमा संविधान प्रष्ट रहेपनि सर्वोच्च अदालतको कानुन बनाउने निर्देशनमा टेकेर जिल्ला प्रशासन कार्यालयहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता रोकेका छन् ।गृह मन्त्रालयले पनि सर्वोच्च अदालतको आदेश अनुसार कानुन निर्माण नगरे सम्म नागरिकता दिने निर्देशन दिन सक्ने अवस्था नरहेको बताईन्छ ।

प्रदेश २ र संघिय सरकारबीच नागरिकताको विवादपनि थपिएको छ ।यस अघि प्रदेश प्रहरी लगायतका कयौं विवादहरु संघिय सरकार र प्रदेश सरकारबीच जारी रहेको बेला नागरिकताको विषयपनि थपिएको छ ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको संघिय समाजवादी फोरम संघिय सरकारमा पनि सहभागि छ ।तर प्रदेश र संघिय सरकारबीचको दुरी बढदो छ ।संघिय सरकारमा उपप्रधान एवं स्वास्थ्य मन्त्री रहेका उपेन्द्र यादव फोरमका अध्यक्ष समेत रहेकाले दुई सरकारबीचको अधिकारको विवादलाई सुल्झाउने विश्वास गरिएकोछ ।

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...