Sat, 17 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
नेपाली क्रिकेटको तीन दशकः एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

टुडे समाचारदाता साउन १६, २०७५

काठमाडु  ।  नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन ।

नेपाली क्रिकेटले जति सफलता प्राप्त गर्‍यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले रासससँग कुरा गर्दै क्रिकेटको संरचना तत्कालका लागि बनेको नदेखिए पनि विभिन्न ठाउँमा यससम्बन्धी पूर्वाधार निर्माण अगाडि बढिरहेको बताए ।

“क्रिकेट संघमा केही वर्षदेखि चलेको विवादका कारण आइसिसीले दिने अनुदान तथा खेलाडीले पाउने सुविधा कटौती भएकाले संरचना निर्माणमा ढिलाइ भयो”, उनी स्वीकार्छन् ।

यस वर्ष खेलकूदमा प्राप्त बजेटमध्ये बढी क्रिकेटमै परेकोले देशका आठ स्थानमा निर्माणाधीन क्रिकेट मैदानको कामले तीव्रता पाउने उनले बताए ।

आगामी वर्ष नेपालमा दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि कीर्तिपुर मैदानको स्तरोन्नति र प्यारापिट निर्माणको काम यसै वर्ष सम्पन्न हुने लक्ष्य रहेको बताइएको छ ।

बैतडी, दाङ, विराटनगर, इटहरी, धनगढीलगायत स्थानमा निर्माणाधीन अवस्थाका क्रिकेट मैदानको काम तीव्ररूपमा अगाडि बढाइने दावी राखेपको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का निलम्बित अध्यक्ष चतुरबहादुर चन्दले क्यान विवादपछि आइसिसीले दिने अनुदान रोकेकाले संरचना निर्माणमा समस्या परेको बताए ।

“देशभर आठ मैदान निर्माणाधीन अवस्थामा छन्, तर कुनै पनि सम्पन्न भइसकेको छैन, सबै मैदान अलपत्र अवस्थामा रहँदा खेलाडीलाई प्रशिक्षणमा अप्ठ्यारो भएकाले पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ”, उनले भने ।

भएको मैदान बिगार्ने र नयाँ नबनाउँदा समस्या भएको बताइन्छ । “राखेपमा दक्ष जनशक्तिको अभावले संरचना निर्माणमा ढिलाइ भएको हो”, उनले थपे ।

निर्माण सम्पन्न हुन लागेको मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रियस्तरका रंगशाला नेपालमा अझै बन्न सकेको छैन ।

राष्ट्रिय गौरवका आयोजनानुरूप काठमाडौँको मूलपानीमा दुई क्रिकेट मैदान निर्माण शुरू भएको १४ वर्ष भयो ।

सो मैदान बनाउन शुरु हुँदा नेपाल डिभिजन ५ मा थियो ।

नेपाली खेलाडी आज पहिलो ऐतिहासिक एक दिवसीय खेल्दैछ तर मूलपानी मैदान अझै पूर्णरूपमा तयार भएको छैन ।

मूलपानीमा निर्माणाधीन दुई रंगशालामध्ये एउटा खेल्नयोग्य बनेको छ । यसै मैदानमा केही महिनाअघि राष्ट्रियस्तरको प्रतियोगितासमेत भइसकेको छ ।

अर्कोमा भने स्थानीयवासीसँगको जग्गा विवाद कायमै छ । उक्त विवाद जग्गा सट्टापट्टा गरी समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्तावसमेत पेश भइसकेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्मा पेश भएको प्रस्तावबारे निर्णय आइनसकेको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पायो ।

गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एकदिवसीय मान्यता पायो ।

त्यसैअनुरूप नेपालले आज दिउँसो नेपाली समयानुसार २ः४५ बजे नेदरल्याण्डसस्थित भिआरए मैदान आम्सटर्डममा नेदरल्याण्डससँग एकदिवसीय खेल खेल्दैछ ।

क्रिकेट संघको समस्या समाधान गरी घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार र खेलाडीको वृत्ति विकासमा ध्यान दिँदै चार वर्षका लागि पाएको एकदिवसीय मान्यता निरन्तर टिकाउनुपर्ने चुनौती नेपालमाथि थपिएको छ ।

सरकारले मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको कामलाई प्राथमिकतासाथ अघि बढाई देशका आठ स्थानमा क्रिकेट मैदान निर्माणलाई निरन्तरता दिने चालु आवको बजेटमा उल्लेख गरेको छ । 

Comment Box

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...