Sat, 17 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
मुलुकलाई काठमा आत्मनिर्भर बनाउँछौँ : वनमन्त्री बस्नेत

रासस साउन १७, २०७५

काठमाडौँ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि र त्यसको उपयुक्त व्यवस्थापनबाट मुलुकलाई आत्मनिर्भर बनाउने बताउनुभएको छ ।

मन्त्री बस्नेतले आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै मन्त्रालयले वन व्यवस्थापन तथा उपयोगका विभिन्न कार्ययोजना अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी काठको आयात रोक्न यो वर्ष मुलुकभित्र काठको उत्पादनमा तीन गुणा बढी उत्पादन वृद्धि गर्छांै, उत्पादनमा वृद्धि मात्र होइन त्यसको आवश्यकीय व्यवस्थापन पनि गर्छौं ।” हाल मुलुकमा बर्षेनी अर्बांै मूल्य बराबरको काठ र काठजन्य सामग्री विभिन्न मुलुकबाट आयात हुने गरेको छ ।

मन्त्रालयले काठको दिगो व्यवस्थापनका लागि काठमा विभिन्न प्रविधिका उपचार गरी प्रयोग गर्ने, काठ प्रशोधनमा आधारित उद्योग स्थापना गर्ने, वैज्ञानिक वन व्यवस्थापन गरी वार्षिक ६० लाख घनफिट काठ उत्पादन गर्ने र निजी वनबाट हुने वन पैदावारको उत्पादनमा समेत अभिवृद्धि गर्ने सुधारका कार्ययोजना प्राथमिकताका साथ अघि बढाएको छ ।

त्यसका लागि उत्पादनशील वनमा वैज्ञानिक वन व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन, चक्ला वन व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता अभिवृद्धि, वनको पहुँच बाहिर रहेका तराई मधेशलगायत सबै क्षेत्रका समुदायलाई वनको पहुँचभित्र ल्याउने, सामुदायिक वनको दिगो व्यवस्थापनलगायत योजना अघि सारिएको मन्त्री बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले नीतिगत र संरचनागत तहका काम धेरै अघि बढेका छन्, यी काम चाँडै टुंगोमा पुग्छन्, मूलतः वन क्षेत्रको सुशासन प्रवद्र्धनकै लाइनमा यी काम छन् । वन क्षेत्रको सुशासन र यसमा हुने अनियमितता तथा चोरी निकासी नियन्त्रणमा हासिल भएका उपलब्धिले राजश्वमा वृद्धि हुनाका साथै हरियाली प्रवद्र्धनसमेत बढेको छ ।” मुलुकभित्र करीब ६६ लाख हेक्टर वन क्षेत्र रहेकामा सोमध्ये करीब एक लाखभन्दा बढी वन क्षेत्र विभिन्न कारणले अतिक्रमणको चपेटामा परेको छ ।

यस वर्ष हरियाली प्रवद्र्धन र वृक्षरोपण लगायतका काम अभियानका रुपमा सञ्चालन गरेको उहाँको भनाइ थियो । ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ अन्तर्गत हालसम्म कति उपलब्धि हासिल भयो भन्ने जिज्ञासामा मन्त्री बस्नेतले भन्नुभयो, “महाअभियानका प्रमुख तीन कार्य हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमध्ये अहिले बर्सातको समय भएकाले हरियाली प्रवद्र्धनमा बढी केन्द्रित छौँ ।” बर्सातपछि अन्य दुई कार्यले पनि गति लिने उहाँको भनाइ थियो ।

केही ठूला परियोजनामा वन क्षेत्रको अवरोधले जटिलता देखिएको भन्ने गुनासोका सम्बन्धमा उहाँले भन्नुभयो, “वातावरण संरक्षण गर्छु भन्नु विकास विरोधी कुरा होइन, बरु विकासलाई दिगो बनाउनकै लागि वातावरणसँग जोड्नुपर्छ भन्ने हाम्रो भनाइ हो, विकासलाई वतावरणसँग जोड्दा विकास अझ प्रभावकारी हुन्छ, यद्यपि कतिपय आयोजनालाई वन क्षेत्र उपलब्ध गराउने विषयमा उठेका जटिलता र अव्यावहारिकताका प्रश्नमा सुधार गर्ने दिशामा हामी अघि बढेका छौँ ।”

आफ्नो चीन भ्रमणका बेला नेपालमा बाँसमा आधारित उद्योग स्थापना गर्न चीनले सहयोग गर्ने सम्बन्धमा भएको सम्झौताका बारेमा जानकारी गराउँदै उहाँले बाँस खेती विस्तारले हरियाली प्रवद्र्धन, नदीनालामा कटानी नियन्त्रणदेखि, घरनिर्माण र जनताको आयआर्जनमा समेत उपलब्धि हुने बताउनुभयो । वन भन्ने बित्तिकै सामान्य अर्थमा काठ मात्रै बुझ्ने गरिएको बताउँदै मन्त्री बस्नेतले वन क्षेत्रमा रहेका काष्ठ, गैरकाष्ठ, जडीबुटीलगायत सबै क्षेत्रको व्यवस्थित र बहुआयामिक उपयोगबाट मुलुकको समृद्धिका लागि सम्भावना रहेका बारेमा आँैल्याउनुभयो ।

वन क्षेत्रभित्रका खाली स्थानमा बृहत् वृक्षरोपण गरी वन विस्तार गर्ने कामलाई प्राथमिकतामा राखेको अवगत गराउँदै उहाँले यस कार्यले वन क्षेत्रको उपयोग र सन्तुुलनलाई कायम राख्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्रालयले वन, वनस्पति, जलाधार, जैविक विविधता र वातावरणको समग्र व्यवस्थापन गरी वातावरणीय सन्तुलन कायम गर्ने, वन र वातावरण क्षेत्रका क्रियाकलाप सञ्चालन गर्दा रोजगारी सिर्जना गरी स्थानीय, प्रादेशिक र संघीय अर्थतन्त्र निर्माणमा योगदान पु¥याई जनताको जीविकोपार्जनमा उल्लेख्य टेवा पु¥याउने लक्ष्यका साथ कार्ययोजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।

जसअनुसार काष्ठ प्रविधिको विकास र विस्तार, तराई क्षेत्रका १० लाख हेक्टर भूमिमा उच्चस्तरको फर्निचर काठ उत्पादन हुने कृषि वन प्रणालीको विकास, पहाडी भूभागका स्थान विशेषमा सुहाउँदो कृषि, वन मोडलको विकास र विस्तार गरी भूमिको उत्पादन र उत्पादकत्वमा अभिवृद्धिका साथै रोजगारी सिर्जनाको विशेष कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाइएको छ ।

मन्त्री बस्नेतले वन पैदावारको प्रभावकारी बिक्रीवितरणका निमित्त एकद्वार प्रणाली कायम गर्ने, काठ दाउराको उत्पादनमा वृद्धि वन पैदावारमा मुलुकलाई आत्मनिर्भर बनाउने, निकुञ्ज र आरक्षरसंरक्षित क्षेत्रलाई खुला चिडियाखानाको अवधारणाअनुसार पूर्वाधारको विकास गरी पर्यापर्यटनको विकास गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

मन्त्रालयले सामुदायिक वनमा पर्यापर्यटन अभिवृद्धि गर्ने, सातै प्रदेशमा रोजगार सिर्जना गर्ने उद्योग, आयोजना सञ्चालन गरी एक वर्षमा एक लाख थप पूर्ण रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कार्य योजना अघि बढाएको छ । नेपालको कूल भूभागमध्ये २३.३९ प्रतिशत भाग संरक्षित क्षेत्र अवधारणाअनुरूप राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, मध्यवर्ती क्षेत्र, संरक्षण क्षेत्रजस्ता संरक्षित ढाँचामा व्यवस्थापन गरिएका छन् । यी स्थानहरु पर्यटन उद्यम प्रवद्र्धनका हिसाबले महत्वपूर्ण क्षेत्र हुन् । विदेशी पर्यटकहरुमध्ये ६० प्रतिशतले यस्ता क्षेत्रहरुको भ्रमण गर्ने गरेको पाइएको छ ।

Comment Box

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...