Thu, 20 Sep 2018
ताजा समाचार
लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण ||
एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

एएफपी साउन १८, २०७५

न्यूयोर्क : आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ ।

बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक भएलगत्तै सेयर मूल्यले नयाँ उचाई छोएको हो ।

यो ऐतिहासिक सफलता खासगरी सन् २०११ यता प्रमुख कार्यकारीका रुपमा नियुक्त भएका टीम कूकका लागि विशेष महत्वको छ । एप्पलका संस्थापक स्टीभ जब्स गम्भीर बिरामी भएपछि प्रमुख कार्यकारीको पदमा नियुक्त उनीमाथि कम्पनीलाई प्रतिस्पर्धी बनाउन चौतर्फी दबाब थियो । एप्पलका संस्थापक जब्सको अक्टोबर २०११ मा निधन भएको थियो ।

स्टीभ जब्सको निधनपछि, विश्लेषकहरु र अरु उद्योग क्षेत्रका जानकारहरुले जब्सले झैं कूकले नयाँनयाँ र विशिष्ट प्रविधि भित्र्याउने कुरामा शंका व्यक्त गरेका थिए ।

तर कूकले ठोस वित्तीय नतिजासँगै विस्तारै लगानीकर्ताबाट स्याबासी बटुल्न सफल भए र एप्पलका उत्पादनहरु उनले चीन र अरु विदेशी बजारमा विस्तार गर्न सक्षम भए । यो स्तरमा पुग्ने एप्पल नै पहिलो निजी क्षेत्रको कम्पनी हो । सन् २००७ मा राज्य सञ्चालित कम्पनी पेट्रोचाइनाले मात्र १० खर्ब डलरको बजार मूल्यको सीमारेखा पार गरेको थियो, तर त्यसयता यसको बजार मूल्य लगातार खस्केको थियो ।

“हो, मलाई एप्पलको सफलताप्रति गर्व छ, तर अङ्क मात्र पनि केही होइन भन्ने बुझ्नु आवश्यक छ,” कम्पनीका सहसंस्थापक वज्नियाकले याहू फाइनान्सलाई बताउनुभएको छ ।

अमेरिकी प्रविधि कम्पनीहरुले फैलिदो बजारमा आफ्नो प्रभावलाई राम्रैसँग स्थापित गरेका छन्, र अहिले सेयर मूल्यका आधारमा पाँच उत्कृष्ट कम्पनीमा पहिचान बनाएका छन् । एप्पलको पछिपछि एमेजोन, गुगल, माइक्रोसफ्ट र फेसबुक छन् ।

विश्व बैंकको सन् २०१६ को तथ्याङ्क अनुसार, १० खर्ब डलर भनेको इन्डोनेसियाको झण्डै वार्षिक कूल गार्हस्थ्य उत्पादन बराबर हो, र बेल्जियमको भन्दा दोब्बर हो ।

अमेरिकी सेयर बजारको मुख्य परिसूचक डाउले पनि पहिलोपटक २५,००० विन्दु पार गरेको छ । योसँगै एप्पलले पनि नयाँ उचाई छोएको हो । “१० खर्ब डलरको उचाई छुनु भनेको मनोवैज्ञानिक कुरा हो, र यसले बजारमा वृद्धि र आकार दुवैमा कम्पनीको प्रभाव बलियो रहेछ भन्ने सन्देश दिन्छ,” एस एन्ड पी डाउ जोन्सका वरिष्ट विश्लेषक होवार्ड सिल्भरब्लाटले बताउनुभयो ।

सन् २००७ मा स्टीभ जब्सले आइफोनको पहिलो मोडेल सार्वजनिक गरेयता हालसम्म एप्पलले एक अर्बभन्दा बढी मोबाइल सेट बिक्री गरिसकेको छ । सेयर पुनः खरिद गर्न एप्पलले अर्बौं डलर खर्च गरेका कारण पनि एक खर्ब डलरको बजार मूल्य कायम गर्न मद्दत पुगेको बताइन्छ ।

कम्पनीले मोबाइलको हार्डवेयर र सफ्टवेयरमा नियन्त्रण गर्ने विशिष्ट प्रविधि अपनाएको छ, र मोबाइल प्रयोगकर्ताले एप स्टोरबाट आफूलाई चाहिएका एप्सहरु डाउनलोड गर्नु पर्दछ जसका कारण राजश्वमा थप वृद्धि भएको छ ।

पछिल्लो पटक अमेरिका–चीन व्यापार विवाद, बौद्धिक अधिकार तथा प्रविधिमा आएका नयाँनयाँ चुनौतीका कारण कम्पनीले सङ्घर्ष गर्नु परेको छ ।

Comment Box

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...