Sat, 22 Sep 2018
ताजा समाचार
खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने ||
कृषिको आधुनिकीकरणमार्फत समृद्धि खोज्दै युवा

टुडे समाचारदाता भाद्र २६, २०७५

पोखरा :  कृषि क्षेत्र ओझेलमा परेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् ।

 

बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उनीहरु सक्रिय बनेका छन् । सिमसिम्ले नेपाने बहुउद्देश्यीय कृषि फार्ममार्फत युवाले उक्त योजना अघि सारेका हुन् । बाँझा जग्गामा व्यावसायिक खेती गरी बढ्दो बेरोजगारीको अन्त्य गर्ने अभियान थालिएको सो कृषि फार्मका अध्यक्ष हरिप्रसाद भुगाईंले बताउनुभयो ।

“सिमसिम्ले नेपाने क्षेत्रको तीन हजार २०० रोपनी जग्गा भाडामा लिई बहुउद्देश्यीय व्यावसायिक कृषि अभियान बढाउने सोचमा छौँ”, उहाँले भन्नुभयो, “हाल २०० रोपनी जग्गा वार्षिक प्रतिरोपनी रु एक हजार ५०० का दरले २५ वर्षका लागि भाडामा लिई काम थालेका छौँ, आवश्यकताअनुसार क्षेत्र बढाउँदै लैजाने लक्ष्य छ ।”

समाजका ज्येष्ठ नागरिकको अविभावकत्व र निर्देशन, युवाको क्रियाशीलता, साविक ढिकुपोखरी गाविस–१ भित्रका सर्वसाधारण मात्र संस्थापक शेयर सदस्य बनाई प्रतिसदस्य रु ५१ हजार शेयर रकम कायम गरिएको छ । कृषि फार्मका उपाध्यक्ष शिव अधिकारीका अनुसार संस्थामा हाल १९८ शेयर सदस्य आबद्ध छन् । पशुपालन र व्यावसायिक तरकारीखेती एकसाथ अगाडि बढाउने क्रममा आधुनिक गोठ निर्माण गरी ३८ माउ लैना भैँसी पालिएको र १५ माउ लैना भँैसी थप गर्ने तयारी गरिएको छ ।

हाल फार्ममा ३२ पाडापाडी, एउटा रागो, दुई माउ गाई र एउटा बाच्छो छ । फार्म परिसरमा १० हजार कफी, २६० किबी, पाँच सय एबोकाडो तथा पाँच सय मेकेडेनियनटको बिरुवा रोपिएको छ । आउँदो मङ्सिरभित्रमा बृहत् कृषि योजना तयार गर्दै भौगोलिक अवस्थिति, तापक्रम तथा माटो जाँच गरी कृषिको सम्भाव्यताको पहिचान गर्न लागिएको संस्थाका शेयर सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिनुभयो । समूहको पाँच वर्षे कार्ययोजनामा पाँच सय भैँसी, एक हजार बाख्रा, २० हजार कुखुरा तथा फलफूलका लागि १००÷१०० रोपनीको १० वटा क्षेत्र छुट्टाएर व्यावसायिक कृषिमा लाग्ने योजना छ । घरबास कार्यक्रम सञ्चालन र १०० अट्न सक्ने क्षमताको बहुउद्देश्यीय सभा हल निमार्ण गरी कृषिको अवलोकन तथा अध्ययन गर्न एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको कुँवरले बताउनुभयो ।

हाल रु एक करोड ५० लाखमा सञ्चालित उक्त फार्ममा शेयर सदस्यबाट रु एक करोड ९८ हजार सङ्कलन भएको छ । अन्नपूर्ण गाउँपालिकाबाट पूर्वाधार निर्माणका लागि रु ४० लाख अनुदान तथा हरियो वनको सहयोगमा माछापुच्छ«े उत्तम कफी उत्पादन सहकारी सस्ंथाबाट रु सात लाख ८० हजार सहयोग प्राप्त भएको छ । सो फार्ममा आठ जनाले रोजगारी पाएका छन् । युवा स्वरोजगार अभिवृद्धिका लागि अन्नपूर्ण गाउँपालिकाले अनुदान सहयोग गरेको अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

युवाको सक्रियता बढेपछि पछिल्लो समय जग्गा बाँझिने क्रम घट्दै गएको र प्रत्येक टोल र बस्तीका जग्गा उर्बर बनी आयआर्जनमा उपयोगी बन्दै गएको शेयर सदस्य एवं प्रतिनिधिसभा सदस्य दुर्गा विक बताउनुहुन्छ । “युवा पलायनलाई रोक्न यस्तो कार्यक्रम आवश्यक छ,” उहाँले भन्नुभयो । देशका अधिकांश स्थानमा जग्गा बाँझिने क्रम बढिरहेका अवस्थामा ढिकुरपोखरीमा सञ्चालित सो अभियानले अन्य स्थानमा पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको शेयर सदस्य एवं पत्रकार टंकराज अधिकारी बताउनुहुन्छ ।

Comment Box

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...