Tue, 11 Dec 2018
ताजा समाचार
तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या ||
भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ

टुडे समाचारदाता आश्वीन ७, २०७५

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थित हुलाकी सडक कार्यालयले जनाएको हो ।


नेपाल सरकार र निर्माण कम्पनीबीच २०७३ साल भदौ २३ भएको सम्झौतामा १८दशमलव ५६ किमी लम्बाइको यो सडक निर्माण थालिएको तीन वर्ष भित्रै सम्पन्न गरिसक्नु पर्नेमा दुई वर्ष नाघिसक्दासम्म ४५ प्रतिशत मात्र काम भएकाले निर्धारित समयमा काम सकिने सम्भावना नरहेको उक्त कार्यालयका प्रमुख सन्तोष कर्णले बताउनुभयो ।

“सडक निर्माणका लागि आवश्यक पर्ने बालुवा र ढुङ्गाको अभाव हुने गरेको छ”, उहाँले भन्नुभयो, “आवश्यक सामग्री नै पर्याप्त नपाइएपछि निर्माण कम्पनीलाई निर्धारित समयमा काम सक्न सकस परेको छ । अब अहिलेसम्मको कामको गति हेर्दा बाँकी अवधि एक बर्षभित्र सम्पन्न गर्न सकिने अवस्था देखिँदैन, बाँकी ५५ प्रतिशत काम गर्न थप छ महीना लाग्ने देखिन्छ । ”

चार लेनको उक्त सडक निर्माणमा प्रतिभा वाई.पी.जे.भी र आशिष पप्पु रोशन जेभी संलग्न छन् । गत जेठदेखि नै जिल्लाका स्थानीय तहहरुले नदीबाट बालुवा र ढुङ्गासहित नदीजन्य वस्तु उत्खनन तथा ओसारपसारमा बन्देज लगाएकाले यसको असर सडक निर्माणमा परेको निर्माण कम्पनी बताउँछन् । सडक निर्माण कार्यलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालयले बालुवा, ढुङ्गा आपूर्तिमा सहजता ल्याउन परिपत्र गरे पनि स्थानीय तहसँग समन्वय हुन नसक्दा अहिले काम ठप्पजस्तै बनेको छ ।

जम्मा १८.५६ किमी लम्बाइको यो सडक निर्माणका लागि जनकपुरको दूधमतीदेखि महोत्तरीको कुटमेश्वरी नदीसम्म करीब नौ किलोमिटर रू ४३ करोड ५४ लाख ७२ हजार ८७४ को लागतमा प्रतिभा वाई.पी.जे.भीले र कुटमेश्वरीदेखि भिठ्ठामोडसम्म आशिष पप्पु रोशन जेभीले ४९ करोड ८९ लाख २० हजार ७०७ लागतमा सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । सम्झौतानुसार कामले गति लिन नसक्दा निर्माणाधीन सडक क्षेत्रमा पानी पर्दा र हिलो घाम लाग्दा धुलोले सडक क्षेत्र नजीकका बासिन्दा आजित भएका छन् ।

सो सडक छेउकै महोत्तरीको सहोडवा बस्तीका राजनीतिक कार्यकर्ता कालीचन्द्र साहले भन्नुभयो, “खै यो सडक निर्माणको काम सकिएर हिलो र धुलोबाट वञ्चित होइएला भन्ने लाग्न नै छाडिसक्यो ।” भारतको सीतामढी जिल्लालाई जोड्ने यो सडक प्रदेश नं २ कै भारतसँगको आवतजावत गर्ने मुख्य सडकमध्येको मानिन्छ । आजभन्दा ४४ वर्ष पहिले दुई लेन कालोपत्र बनेको सडक निर्माण भएयता आवश्यक रेखदेख र मर्मत नहुँदा पछिल्लो एक दशकयता दयनीय अवस्थामा पुगेको यहाँका बासिन्दा बताउँछन् ।

Comment Box

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...