मनोज यादव
आश्वीन २६, २०७५
मलगंवा । एक कुशल बालिका शक्ति, उनको साथ भन्ने नाराका साथ सर्लाहीको कौडेना गाउँपालिकामा बिहीबार सातौ अन्तराष्ट्रिय बालिका दिवस २०१८ विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ ।मोप्प नेपाल ,वातावरणीय कृषि तथा विकास केन्द्र (ऋब्म्भ्) र ग्रामीण विकास समाजको आयोजना तथा जनता मावि कौडेना,देवधारी मावि लक्ष्मीपुर सुखचैना,जनता मावि औरही,वेणीभोला नमुना मावि गोडैता र नारायण हरि जनता मावि सिसौटियाको समन्वय एव कौडेना गाउँपालिकाको सहयोगमा यो दिवस मनाइएको हो । सुमेश भट्टराइको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष रामप्रसाद यादवको प्रमुख आतिथ्यतामा कौडेना वडा नं. ३ स्थित बजारमा एक भब्य कार्यक्रमको आयोजना गरि मनाइएको दिवसमा किशोर किशोरीहरु द्वारा जनचेतनामूलक नाटक र साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै ऋब्म्भ्संस्थाको सहयोगमा उनीहरूलेनै आयोजना गरेको लघु मेलामा प्रजनन स्वास्थ्य सम्बन्धि स्टलहरु राखेर प्रदर्शन गरेको मोप्प नेपालका कार्यक्रम संयोजक संजय मंडलले जानकारी दिनुभयो । प्रारम्भमा कार्यक्रममा सहभागी हुनका लागि कौडेना सहित लक्ष्मीपुर सुखचैना,औरही,गोडैता र सिसौटियाका सामुदायिक विधालयहरुबाट आएका छात्रछात्रा, अविभावक, स्थानीयबासी, जनप्रतिनिधि , कर्मचारी लगायतहरु द्वारा बालिका अधिकारको विषयमा लेखिएका विभिन्न नाराहरु सहितको प्लेकार्ड र ब्यानरको साथमा वडा नं. ३ को परिक्रमा समेत गरेको कार्यक्रम संयोजक मंडलले जनाउनु भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्षको अक्टोबर ११ तारिखका दिन बालिका दिवस मनाउने गरिएको हो ।बालक र बालिकाबिच हुने विभेदलाई अन्त गरेर बालिकाको विकास लागि पहल गर्ने उद्देश्यले दिवस मनाउने गरिएको ऋब्म्भ् का कार्यक्रम तथा प्रशासनीक सहायक निर्मल साहले बताउनुभयो ।केडकी प्रतिभा पंडितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कौडेना गापाकी उपप्रमुख सुनिता देवी जयसवाल,वडा नं. १ का वडा अध्यक्ष मनोज साह,वडा नं. ३ का वडा अध्यक्ष प्रभु चौधरी,कार्यपालिका सदस्य जोगेन्द्र ठाकुर,सचिव अनुप श्रीवास्तव, मावि कौडेनाका प्राधानाध्यापक नागेन्द्र यादव लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । यसै गरि सेभ द चिल्ड्रेनले र च्च्एप् नामक संस्थाले पनि मलंगवामा सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाएको छ ।जिल्ला समन्वय समिति सर्लाहीको सहयोहमा मलंगवा वडा नं.२ स्थित कवर्ड हलमा मनाइएको सो दिवसमा किशोरी छात्राहरु बिच २ सय मिटर दौड र जनकपुरबाट आएका कलाकारहरु द्वारा घरेलु हिंसा तथा बालविवाह सम्बन्धी जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ ।