Tue, 23 Jan 2018
ताजा समाचार
छ महिनामा ५९ अर्ब राजश्व संकलन || सरस्वति माताको मन्दिर शिलान्यास || खुल्ला स्थानमा निःशुल्क इन्टरनेट राख्ने काम अन्योलमा || तिम्ल्याहा छोरी जन्माएकी अञ्जु रहिनन्, परिवार भन्छ, अस्पतालको लापरवाही ! || राष्ट्रियसभा निर्वाचनको मत परिणाम छिट्टै आउने || जयनगरमा फर्निचर मेला || स्वान्सी सिटीले लिभरपूललाई हरायो, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै || सान्चेज आर्सनलबाट म्यान्चेस्टर युनाईटेड प्रवेश, म्यान्चेस्टरका मख्तरियान आर्सनलमा || कैदीबन्दीले नै आक्रमण गर्न थालेपछि कारागारका सुरक्षाकर्मी आन्दोलित || ईश्वरीगंगा धाममा कुम्भमेलाको तयारी || म्याग्दी साक्षर जिल्ला घोषित || राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम || बिहानी कला केन्द्रद्वारा झापाली सम्मानित || तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा || मिर्गौला उपचारमा आयुर्वेद उपयोगी || चरा गणना ः छ प्रजातिका चरा घटे || मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर || पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु || करोडौंको कारोबार गर्दै म्याग्दी महोत्सव सम्पन्न || अमेरिकामा नेपालीको हत्या || बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु || खुकुरी टी–ट्वान्टी क्रिकेट माघ १० देखि || प्रदेश नं २ मा शपथ सम्पन्न || खुकुरी प्रहार गरी श्रीमतीको हत्या || गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार || काबुलको होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त, दुईको मृत्यु, पाँच जना || प्रदेशसभा सदस्यहरुको शपथ आज हुँदै, यस्तो छ तयारी || लमजुङमा पुनःनिर्माणले गति लिँदै || पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर || म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सी विजयी, सिटी शिर्ष || चार सयभन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना || आमा सेतुली माया स्मृति वृत्तिबाट आनन्दित गृह सम्मानित || प्रदेश सभा सदस्यको शपथ ग्रहण व्यापार संघमा || ‘मैथिली भाषाको पाठ्यपुस्तक उपलब्ध छैन्’ || कवि उदयको कृति प्रर्दशनी हुने || समानुपातिकमा मुस्लिम, दलितलाई नराखेकोमा गठबन्धनको आपति || इङ्गलिस प्रियिमर लिगमा आज आठ खेल हुँदै || जनकपुरधामलाई राजधानी तोकिएपछि नगरमा दीपावली || जब श्रद्धाले भनिन्–‘म पनि अब ध्यान गर्छु !’ || राष्ट्र बैंकले गेष्टहाउस दिएन् ||
आयुर्वेद उपचारमा धेरैको विश्वास छ

रासस पौष २४, २०७४

काठमाडौं :  आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् । 

नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताउनुहुन्छ । 

“जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर पनि गर्दैन, मैले एकपल्ट मुटुमा समस्या भएर एलोपेथिक औषधि खाएको थिएँ, त्यसबाहेक अरु बेला त आयुर्वेद डाक्टर कहाँ नै देखाउछु, आयुर्वेदिक औषधि खान्छु”– उहाँले भन्नुभयो । थापाले घरमा अरुलाई पनि बिरामी हँुदा आयुर्वेद उपचार नै गर्ने गरेको बताउनुभयो । 

नेपालमा आयुर्वेदको प्रचारप्रसार जतिमात्रामा हुनुपर्ने हो त्यो हुन नसकेको भए पनि धेरै मानिस आयुर्वेद उपचारमा विश्वास गर्ने आयुर्वेदका चिकित्सक बताउँछन् । सीतापाइला बस्ने आनी डोमा शेर्पाले हातखुट्टाको जोर्नी दुख्ने समस्याको लामो समय उपचार गर्दा निको नभए पछि आयुर्वेद उपचारमा लागेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “जोर्नी दुखेर सहनै नसकिने हुन्छ, कति अस्पताल गएँ, हजारौँ खर्च भयो तर दुख्ने समस्या निको भएन, अहिले आयुर्वेद उपचार शुरु गरेको छु, रोग पुरानो भइसक्यो निको हुन्छ कि हुन्न थाहा छैन ।” 

उहाँले काठमाडौँ आउनुभन्दा पहिले नुवाकोटमा छँदा बिरामी भएका समयमा आयुर्वेद औषधि नै प्रयोग गर्ने गरेको सम्झँदै भन्नुभयो, “पहिले त गाउँमा वैद्यले दिएको औषधिले निको हुन्थ्यो, काठमाडौँ आएपछि भने वैद्यको औषधि छुट्यो, डाक्टरको औषधि चल्न थाल्यो, रुघाखोकी लाग्दा पनि डाक्टर कहाँ गएर औषधि ल्यायो, छिटै निको हुन्न, खै के भएको ?” 

मानिस अस्पताल धाएर अनि निको नभएपछि बल्ल आयुर्वेदतिर लाग्छन् तर रोगको सुरुआती अवस्थामा नै उपचार गर्नसके छिटो निको हुने बताउनुहुन्छ, बलराम न्यापाने । उहाँलाई ग्याष्ट्रिक छ । उहाँले त्यसका लागि आयुर्वेद औषधिमात्र प्रयोग गरिरहेको बताउनुहुन्छ । 

“एलोपेथिक औषधि धेरै प्रयोग गर्दा अन्य असर धेरै हुन्छन्, धेरै एन्टिबायोटिक खाँदा पनि पछि काम नगर्ने डाक्टरले अन्तरवार्तामा भनेको सुनेको छु, हामीले सकेसम्म आयुर्वेद उपचार गर्दा नै उत्तम हुन्छ भन्ने लाग्छ”– उहाँले भन्नुभयो । 

सरकारले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राखेर सहजरुपमा चिकित्सक भेटिने र उपचार पाउने व्यवस्था गर्नुपर्छ उहाँले भन्नुभयो । 

स्वस्थ रहनका लागि योगाभ्यास गर्ने, सन्तुलित आहार खानेजस्ता दैनिक जीवनका क्रियाकलाप स्वस्थ राख्न आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिबाट जनचेनता दिन सकिने भएकाले सरकारले प्राथमिकतामा राख्नुपर्ने माग पनि बढ्न थालेको छ । 

आयुर्वेद चिकित्सक डा प्रकाश ज्ञवाली सरकारले आयुर्वेदलाई महत्व नदिएकाले आयुर्वेद उपचार पद्धतिका सकारात्मक जानकारी नभएको बताउनुहुन्छ । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्षसमेत रहनुभएका चिकित्सक ज्ञवालीले आयुर्वेदको विकास गर्न सरकारले स्थानीय गाउँपालिकादेखि आयुर्वेद चिकित्सकसहितको सेवा दिने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । 

आयुर्वेद चिकित्सक डा रामआधार यादवले मानिसलाई अझै पनि आयुर्वेद उपचारमा ठूला शल्यक्रिया हुन्छन् भन्ने थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्छ, जनतालाई आयुर्वेदबारे जानकारी गराउनुपर्छ ।” 

मानिसको आहारविहार, जीवनशैलीमा आएको परिवर्तनले शारीरिक, मानसिक र सामाजिक तनावपूर्ण जीवन बिताउने मानिसको संख्या बढ्दै गएकाले यसबाट मुक्त हुने एउटै विकल्प योग अभ्यास भएको बताइन्छ भने आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिलाई पनि प्राथमिकतामा राख्न थालिएको चिकित्सक ज्ञवालीको भनाइ छ । 

Comment Box

वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष...

रौतहट । क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य...

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था...

विराटनगर । माघे संक्रान्तिको दिन सबै आफ्नै घरमा संक्रान्ति मनाउने...

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही...

रौतहट : गौर चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग जयनगर चोकमा फर्निचर...

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा स्वान्सी सिटीले लिभरपुललाई...

काठमाडौं । चिलीका फुटबल खेलाडी अलेक्सीस सान्चेज इङ्गलिस प्रिमियर क्लब...

काठमाडौं । कारागारमा रहेका कैदीबन्दीले आक्रमण गर्न थालेपछि फ्रान्सेली कारागार...

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा...

म्याग्दी : म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ ।...

विराटनगर : विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा...

दमक : श्रीपञ्चमीको अवसर पारेर बिहानी कला केन्द्रले सोमबार आफ्नो...

ललितपुर : कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको...

काठमाडौँ : मिर्गौला समस्याका कारण धेरै मानिसले आफ्नो अमूल्य जीवन...

रत्ननगर, चितवन : चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा...

नुवाकोट: पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना...

इलाम : इलाम नगरपालिकाको साँखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा...

बेनी, म्याग्दी : छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ्क्राान्ति मेला एवं...

वाशिङटन डिसी : अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका...

जितपुर, कपिलवस्तु : यहाँको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार...

काठमाडौँ : खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप...

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्यहरुलाई जनकपुर...

सुरुङ्गा, झापा : झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको...

गुल्मी : गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक...

काठमाडौं । अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त...

काठमाडौं । प्रदेशसभा सदस्यहरुको शपथ आज हुँदै छ । सातै...

बेसीशहर, लमजुङ : सरकारी राहत पाएसँगै जिल्लामा पुनःनिर्माणले गति लिएको...

चितवन : नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित...

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर सिटी,...

जितपुर, कपिलवस्तु : दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले...

पोखरा : सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले यस वर्षको आमा सेतुली...

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्यहरुलाई जनकपुर...

जनकपुरधाम । धनुषाको सामुदायिक विद्यालयहरुमा स्थानीय भाषाको पाठ्यक्रम उपलब्ध गराउनुपर्ने...

जनकपुरधाम । कवि उदय राजको अमरकृति सत्यमेव जयते प्रर्दशनी हुने...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिक कोटामा मुस्लिम दलितलाई...

काठमाडौ । इङ्गलिस प्रियिमर लिगअन्तर्गत आज आठ खेल हुँदै छन्...

जनकपुरधाम : जनकपुरधामलाई प्रदेश न. २ को अस्थायि राजधानी वनाउने...

काठमाडौं । भारत, नयाँदिल्लीको पाँचतारे होटल ‘द ललित’को विशेष...

प्रदेश प्रमुख होटेलमा रहने, जचुकालि बंगलाको मर्मत सुरु टुडे समाचारदाता जनकपुरधाम ।प्रदेश...