Tue, 24 Apr 2018
ताजा समाचार
हात्तीको आक्रमणबाट मृत्यु || टाटा सुमोको ठक्करबाट मृत्यु || किमले अस्पताल पुगेर घाइते चिनियाँ भेटे || निर्माण नहुँदै भत्कियो नाला || रामायण मेला प्रारम्भ, पर्यटन प्रबद्र्धनमा जोड || दिल्लीको खराब लय जारी, पञ्जावसँग ४ रनले पराजित || प्रसुती गृह हस्तान्तरण || जन्मदर्ताविहीन बालबालिका पनि विद्यालयमा भर्ना || युरोपमा तहल्का पिट्दै काफ्ले र शिवाकोटि || टिकोला झारेपछि किसान चिन्तित || भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते आउने || गर्भमा छोरी देखिएपछि हत्या || आईपिएल क्रिकेट : राजस्थान र चेन्नई विजयी || फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या || प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट || नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारजनाको मृत्यु || रोयल च्यालेन्जर्स बैंङ्लोर र किङ्स ईलेभेन पञ्जाव विजयी, आज दुई || काबुलमा आत्मघाती आक्रमण, ३१ जनाको मृत्यु, ५४ जना घाइते || चीनमा डुङ्गा दुर्घटनामा १७ जनाको मृत्यु || डोटी जीप दुर्घटनाः मृतक पाँच || छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली || बन्दूकधारी समूहको आक्रमणमबाट नाइजेरियामा कम्तिमा ३० गाउँलेको मृत्यु || विभिन्न सिन्डिकेट खारेज गर्न महासंघको माग || युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने ः मन्त्री तामाङ || जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते || सरकारको देश विकास अभियानलाई कसैले रोक्न सक्दैन ः डा भट्टराई || रु एक करोड भन्दा बढी राजश्व संकलन || उत्तर कोरियाले थप परमाणु मिसाइल परीक्षण नगर्ने || चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ६४ रनले || राजपाले वार्षिकोत्सव मनाउँदै || हवाहुरी प्रभावित परिवारलाई राहत || बाम गठबन्धन संघीयता विरोधी || देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री || भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए || प्रदेश २ को नीति आयोगमा बृद्ध झा || फेसबुकबाट सुरु भएको प्रेमको विश्वासमा पर्दा... || दक्षिणी जापानमा ज्वालामुखी विस्फोट || क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित || आँप र लिच्चीको उत्पादन बढने || राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु ||
पर्यटन क्षेत्रमा उत्साह

रासस पौष २५, २०७४

 

काठमाडौँ  : राजनीतिक संक्रमणकालको अन्त्यसँगै मुलुकको पर्यटन क्षेत्रमा उत्साहको सञ्चार भएको छ । सन् २०१८ को शुरुवातमै पर्यटन क्षेत्रले उत्साहको अनुभूत गरेको छ । अघिल्लो वर्ष पनि पर्यटक आगमन झण्डै दुई दशक यताकै सबैभन्दा बढी रह्यो । स्थायित्व र आर्थिक समृद्धि हासिल गर्ने आम जनताको चाहना अनुरुप स्थिर सरकार बन्ने भएर पर्यटन क्षेत्रमा आशा पलाएको हो । 
पर्यटनसँग आवद्ध संघ–संस्था र सरकार स्वयम्ले आगामी वर्ष ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेका छन् । यो लक्ष्य भेटाउन धेरै चुनौतीको सामना गर्नुपर्नेछ । यद्यपि मुलुकको अन्तर्राष्ट्रिय स्तरको एकमात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम र भैरहवा तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएकाले आशा गर्ने धेरै ठाउँ छ । 
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन र नेपाली काँग्रेसले आफ्नो चुनावी घोषणापत्रमा पर्यटन प्रवद्र्धनका महत्वाकाँंक्षी योजना अघि सारेका थिए । 
वाम गठबन्धनले आगामी १० वर्षमा ५० लाख र काँग्रेसले १० वर्षमा ३२ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेका छन् । विजयी दलले प्रतिवद्धता जनाएअनुरुपको पर्यटन क्षेत्रलाई प्राथमिकता दिनेमा सन्देह छैन । प्रतिपक्षमा रहने दलले पनि जिम्मेवार भूमिका निर्बाह गरी हातेमालो गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा डो¥याउनुपर्छ । 
आगामी पाँच वर्र्षिभत्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरिने जनाइएको छ । दुई वर्र्षिभत्र भैरहवा र तीन वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 
प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा नेपाल च्याप्टर), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) र होटल एशोसिएशन अफ नेपाल (हान) ले ५० लाख पर्यटक पु¥याउने अभियान नै घोषणा गरिसकेका छन् । त्यस्तै, नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)लगायतका संस्थाले आगामी दिन प्रवद्र्धनात्मक अभियानलाई थप तीव्रता दिने जनाएका छन् । 
नेपालको पर्वतीय र पदयात्रा पर्यटनलाई अन्तर्राष्ट्रिय जगत्मा फैलाउन सक्रिय रहिआएको पाटा नेपाल ‘भिजन फाइभ मिलियन’ भन्ने नाराका साथ प्रवद्र्धनात्मक अभियानमा जुटिरहेको छ । नाट्टाले पनि आगामी सन् २०३० सम्म ५० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ अभियान चलाउने घोषणा गरेको छ । 
सरकारले सन् २०२० मा २० लाख पर्यटक पु¥याउने लक्ष्य लिएको छ । 
निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै नेपाल पर्यटन बोर्डले विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन गरिरहेको छ । सन् २०१७ मा बाह्य पर्यटक आगमन १० लाख भन्दा बढी पुग्ने उसको अनुमान छ । 
बोर्डले पछिल्लो समय भिजिट नेपाल युरोप–२०१७, घुमफिर वर्ष–२०१७ जस्ता अभियान सञ्चालन गरेको थियो । 
सन् १९९८ देखिको १० लाख पर्यटक पु¥याउने लक्ष्य सन् २०१७ मा सार्थक बनाउन सफल भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो । 
अध्यागमन विभागको पछिल्लो तथ्याँक अनुसार सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलव ८८ प्रतिशत बढी हो । सन् २०१६ मा ७ लाख २८ हजार ५ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसअघि सबैभन्दा बढी सन् २०१२ मा आठ लाख पर्यटक नेपाल आएका थिए । 
बोर्डका प्रवन्धक सुमन घिमिरेका अनुसार बोर्डले सन् २०१८ मा छिमेकी देश भारत र चीनका पर्यटकलाई लक्ष्य गरी ‘डिजिटल मार्र्केिटङ’ लाई तीव्रता दिनेछ । अन्तर्राष्ट्रिय मिडिया बिबिसी, सिएनएन, ट्रिप एडभाइजर जस्ता चर्चित संस्थाबाट प्रवद्र्धनात्मक गतिविधि बढाइने छ । यस्तै, बोर्डले नेपाली मौलिक खानाको अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न ‘एक्सपेरिएन्स नेपाल – क्युजिन एन्ड कल्चर’ नामक अभियानको घोषणा गरेको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता धनश्याम उपाध्यायले सन् २०२० मा २० लाख पर्यटक पु¥याउने लक्ष्यलाई साकार पार्न मन्त्रालयले पूर्वाधार विकास, बजारीकरण, सेवाको गुणस्तर वृद्धि र पर्यटन गन्तब्य विविधीकरणका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो । 
हानका अनुसार अहिले होटल क्षेत्रमा मात्रै पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । सरकारी विवरणअनुसार अहिले ४५ हजार शय्या पुगेको छ । नेपाल राष्ट्र बैंकबाट हालै सार्वजनिक एक प्रतिवेदन अनुसार आव २०७३÷७४ अनुसार मुलुकभरका साना, ठूला होटलमा गरी ६७ हजार ४८९ शय्या पुगेका छन् । यसबाट वार्षिक २५ लाख पर्यटकलाई धान्न सकिन्छ । 
हानका महासचिव विनायक शाह अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गरी ठूला विदेशी वायुसेवा कम्पनी भित्र्याउनु पर्नेमा जोड दिनुहुन्छ । छिमेकी मुलुक भारत र चीनका नाकाबाट भित्रिने पर्यटकको व्यवस्थापनका लागि नाकालाई पर्यटकमैत्री बनाउनुका साथै सडक यातायातलाई प्रभावकारी बनाउनुपर्ने उहाँको सुझाव छ । 
अहिलेसम्मकै ठूलो र अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय कार्यक्रम ‘हिमालय ट्राभल मार्ट–२०१७’ को आयोजनाबाट हौसिनुभएका पाटाका अध्यक्ष सुनिल शाक्यले राज्यका तर्फबाट पर्यटकीय पूर्वाधार निर्माण, विमानस्थल र सडक सञ्जाल थप विस्तार गर्ने काम भइदिए निजी क्षेत्र लगानी बढाउन तयार रहेको बताउनुहुन्छ । 
अरु संस्थासँग समन्वय गरेर प्रचारात्मक अभियान चलाउने घोषणा गर्नुभएको नाट्टाका अध्यक्ष मधुसूदन आचार्यले भन्नुभयो – “हामीले ५० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य घोषणा गरिसकेका छौं । अभियानलाई कसरी अघि बढाउने भन्नेबारेमा पर्यटन बोर्डलगायत सरोकारवाला संस्थासँग छलफल गरी अघि बढ्छौं ।” 
चाँडै दुई वाइड बडी विमान भित्र्याउने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको योजनाले बढी पर्यटक भित्र्याउने मुलुकको अभियानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

Comment Box

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट...

सिमरा, बारा : जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको...

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ...

लहान : सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब...

गौशाला । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौ...

नेपालि गीत संगीतको क्षेत्रका तथा नेपाली चलचित्र गायनमा एकदमै...

बर्दिवास । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी...

जनकपुरधाम । भारतीय प्रधानमन्त्री ...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स...

निकारागुवा । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक...

काठमाडौँ : ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद...

वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना...

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती रोयल च्यालेन्जर्स...

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा...

चीन । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा...

डोटी : डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय...

लागोस, नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको...

काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा...

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...

डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो...

भक्तपुर : नेकपा ९एमाले०का केन्द्रीय सदस्य डा राजन भट्टराईले...

नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक...

काठमाडौं । उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने...

काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...

कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...

प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...

काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...

टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...

मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...