शुभ नारायण यादव
पौष २७, २०७४
सप्तरी । पछिल्लो पटक सप्तरी सहित तराई मधेशका जिल्लाहरुमा एकाएक बढेको अत्यधिक चिसोबाट जोगिन सप्तरीको शम्भुनाथ नपाको बार्ड नं. ६, ७ र ८ का शितलहरबाट प्रभावित परिवारलाई बल्यांकेट बितरण गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बुधवार स्विस सरकार बिकास नियोग तथा सामी हेल्भेटासको सहयोगमा ब्लयांकेट बितरण गरेको हो ।
सप्तरी सामुदायीक बिकास केन्द्र सप्तरीको आयोजित बल्यांकेट बितरण कार्यक्रममा शम्भुनाथ नगरपालीकाका प्रमुख योगेन्द्र चौधरी, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी रामाधर यादव , वडा अध्यक्षद्वय गोपाल प्रसाद चौधरी , मो. याकुव अलि ,नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्याम सुन्दर यादव , नेपाल प्रहरीका ईन्सपेक्टर रमेश बस्नेत, सामि हेल्भेटास नेपालका बिजय ठाकुर र देव नारायण चौधरी,गैससका अध्यक्ष शंभुन्नदन चौधरी,सप्तरी युथका कोषाध्यक्ष बिष्णु कुमार यादव लगायतका सहभागिता रहेको थियो ।...
विगत डेढ हप्तादेखि चलेको शितलहरका कारण सप्तरीमा १८ जनाको मृत्यु भईसकेको छ ।भने जाडो बढेसंगै स्थानिय प्रशासन तथा बिभिन्न संघ सस्थाहरूको सहयोगमा असहाय, गरिब, बिपन्न, दलित बस्तीका घरपरिवारलाई कम्बल, बल्यांकेट, जस्ता राहतका समानहरू बितरण गर्दै आएको छ ।